बिहीबार, वैशाख १३, २०८१

जर्मन चान्सलर मर्केलको पर्स चोरिएको एक वर्षसम्मपनि भेटिएन पकेटमार

नेपालप्लस संवाददाता / जर्मनी२०७९ असोज ३ गते २१:१३

जर्मनीको चान्सलर त हुन् नै । एनजेला मार्केल विश्वकै अति शक्तिशाली राष्ट्र प्रमुख मध्येपनि एक । त्यस्तो शक्तिशाली राज्य प्रमुखमा अझै उनी त महिला । यस्तो शक्तिशाली महिलाको पर्स बर्लिनको एउटा सुपरमार्केटमा चोरि भयो । उनको ठूलो नोक्सानी भने भएन । किनकि रिपोर्टका अनुसार पर्समा परिचयपत्र, बैंक कार्ड, चालक अनुमतिपत्र र केहि नगद थियो।

जर्मन मिडियाका अनुसार पूर्व चान्सलरसित अपराधिक कार्यालयका कम्तिमा एक सुरक्षा अधिकारी साथमा थिए । शार्लोटेनबर्ग जिल्लाको मोर्सेस्ट्रासको एक सुपरमार्केटमा सामान किन्न जाँदा ति सुरक्षाकर्मी साथमा हुँदाहुँदै मर्केलको पर्स चोरी भएको थियो ।

बर्लिन प्रहरीले चार्लोटनबर्गको मोर्सेस्ट्रासको डेलीकेटसेन सुपरमार्केटमा मर्केला एन्जेलको पर्स चोरी भएको पुष्टी गरेको छ ।

जर्मन ट्याब्लोइड बिल्डका अनुसार मर्केलले पर्स झिकेर ट्रलीमा राखेकि थिईन । त्यहि बेला पकेटमारले झ्याप्पै चोरेको थियो ।

बर्लिन प्रहरीले उक्त घटना बिहीबार (२५ फेब्रुवरी) बिहान ११:४० बजे भएको अखबारहरुलाई पुष्टि गर्‍यो । रिपोर्टका अनुसार पर्स चोरिएपनि मर्केलले स्टोरबाट प्रहरीलाई बोलाईनन् । तर घटनाको रिपोर्ट गर्न नजिकैको प्रहरी विभागमा गएकी थिइन् । मर्केलाका अंगरक्षकपनि साथैमा थिए ।

गत डिसेम्बरमा राजनीतिबाट सेवानिवृत्त भएकी छन् मर्केल । उनको आफ्नै प्रतिष्ठा छ । कोरोना भाइरसको समयमा सपिङमा जाँदा उनले वाइनका केही बोतलहरू किनेकि थिईन् । त्यो सन् २०२० को लकडाउनको बेला हो ।

प्रहरीले ६७ वर्षीया मर्केलले प्रहरी समक्ष चोरीकोन्निबेदन दिएको बताएको छ। धेरै मेडियाले प्रतिक्रिया लिन खोजेपछि पूर्व कुलपतिको कार्यालयले ‘नो कमेन्ट’ भन्दै प्रतिक्रिया दिन अस्विकार गरेको थियो । प्रहरीले उक्त चोरीको घटनालाई ‘सामान्य नागरिक सरहको चोरी’ अन्तर्गत अनुसन्धान शुरु गरेको थियो । पूर्व चान्सलरको परिचय पत्र सहित फेला पारेपछि चोरहरुले यति ठूलो ब्यक्तिको पर्स चोरिको भनेर थाह पाएको हुनसक्ने प्रहरीले उल्लेख गरेको छ ।

मर्केला एन्जेल किराना सामान किनमेलमा एक्लै जाने चान्सलरका रुपमा प्रसिद्द छन् । कहिलेकाहीँ केन्द्रीय फ्रान्सेली डिपार्टमेन्ट स्टोरको खाद्य विभागमा समेत एन्जेला फेला पर्थिन् । पहिलो पटक कोभिड विरुद्धको लकडाउनको बेला पनि उनी एटिएम कार्ड समातेर क्यास डेस्कको अगाडि ट्रली घिस्याउँदै लाइनमा उभिएको फोटो सार्वजनिक भएको थियोन

। तर उनको पर्स चोरी भएको यति लामो समय बित्दापनि प्रहरीले पाकेटमारलाई समात्न सकेको छैन ।

तपाइँको प्रतिक्रिया