शुक्रबार, वैशाख ७, २०८१

एनआरएनए बेल्जियमद्वारा १६ जनाको भिसा माग्दै जर्मन दुतावासमा गुपचुप आबेदन

सन्तोष न्यौपाने / बेल्जियम२०७९ असोज ६ गते १०:४४

गैर आवासिय नेपाली संघ (एनआरएनए) बेल्जियमले आफ्नो कार्यक्रमको लागि भन्दै निमन्त्रणा गरेर नेपाल स्थित जर्मन दूतावासलाई गुपचुप पठाएको पत्र बाहिरिएपछि बेल्जियमका नेपालीबिच विवाद मच्चिएको छ ।

यही सेप्टेम्बर १४ तारिखका दिन सम्पन्न संघको वार्षिक साधारण सभालाई लक्षित गरेर संघले दूतावासलाई पठाएको पत्रमा देखिन्छ। ५ सेप्टेम्बर मिति राखिएको पत्रमा भिषाको लागि आग्रह गर्दै आवस्यक कागजपत्र साथमा पठाएको लेखिएको छ।

एनआरएन बेल्जियमको बैठकमा यो पत्रबारे कुरै नभएको पदाधिकारीहरुले प्रस्ट पारेका छन् । उनीहरूले आफूहरु पूर्ण रूपमा अनविज्ञ रहेको बताए । स्रोतले पठाएको पत्रमा अध्यक्ष खड्ग के सी र महासचिव रमेश कँडेलको हस्ताक्षर रहेको छ। तर दुबैले यो निमन्त्रणा किन् कसरी गरिँदैछ भन्ने कमिटीमा नबताएको पदाधिकारी बताउँछन्।

स्वीडेनमा हुन लागिरहेको एनआरएनए युरोप सम्मेलनमा भिषा लिन ढिलो हुने भएपछि बेल्जियमको साधरण सभामा आएर स्वीडेन जाने योजना रहेको सहभागी मध्ये एकले बताए। स्रोतका अनुसार एनआरएनए बेल्जियमले सबै १६ जना सहभागिहरुको पत्र सिधै काठमाडौं स्थित दूतावासमा पठाएको तर दुतावासले भिषा स्वीकृत गर्न नसकिने भन्दै जवाफ पठाएको थियो।

यस बारेमा बुझ्न खोज्दा अध्यक्ष खड्ग केसी र महासचिव रमेश कँडेल दुवै सँग संपर्क हुन सकेन । उपाध्यक्ष तीर्थ धमलाले नेपाल देखि ल्याउन कसैलाई पनि निमन्त्रणा पत्र नपठाएको बताए। त्यस्तै, आईसीसी सदस्य गंगा शर्माले निमन्त्रणा पत्र पठाएको तर कमिटीमा जानकारी नदिएको प्रस्ट पारे।

भिसाका लागि जर्मन दुतावासलाई लेखेको पत्र हेर्नुस् मुन्तिर

“कुरा अती गम्भिर देखियो । कुनै पनि संस्थाले आफ्नो संस्थाको लोगो प्रयोग गरेर दुरुपयोग गर्नु १०० प्रतिशत गलत हो । आवस्यक भएपनि संस्थाका पदाधिकारी तथा समितीका सम्पुर्ण साथीहरुसँग सरसल्लाह र सुझावमा काम गर्नु आवस्यक हुन्छ । यदि कसैलाई थाहै नदिई सिमित ब्यक्तिले पत्रचार गरेको भरमा यतिका ब्यक्तीलाई निमन्त्रणा गरिएको हो भने बुझ्नु पर्दछ की दालमा कुछ काला है । तर सत्य तथ्य पत्तानलगाई कसैलाई पनि आरोप लगाउनु पनि फेरी गलत हुने छ है साथीहरु । त्यसैले यथार्थमा जाउँ र कोही दोषी भेटे खबरदारी पक्कै गरौँ।” यस बारेमा लेख्दै कांग्रेस नेतृ सीता सापकोटाले प्रस्ट पारिन्।

त्यस्तै गरेर देव पौडेल लेख्छन् ” यो नारन हो कि एनआरएनए के हो दलाली गर्ने संस्था बन्न पुग्यो । दलाली गर्न नपाउने भए किन एउटा अधिबेशनमा दशौं लाख (हाम्रो सपनामा पनि कमाउन नसकिने रकम) खर्च गर्थे र ? यसका अभियन्ता हु भन्नेले यस्तै सभा सम्मेलनलाई प्रयोग गरेर नेपाली बेचेर नेपालीका नेता हुने संगठनलाई ग़ैर आवासीय नेपाली संघको संज्ञा दिए र हामीहरु त्यसैका पछाडी हली भएर दौडेको अवस्था, हग्ने लाई लाजै छैन देख्नेले लाज मान्ने कि नाई ?”

यस पत्रका बारेमा एनआरएनए बेल्जियम र हस्ताक्षरकर्ताले आधिकारिक भनाई अझै बाहिर ल्याइसकेका छैनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक