बुधबार, वैशाख १२, २०८१

नुनिलो पानीको समुद्री ताललाई स्पेनद्वारा व्यक्तिको दर्जा !

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज ६ गते १७:१३

नुनिलो पानीको ताल वा झिल (लगुन) लाई व्यक्तित्वको दर्जा दिएर स्पेनले इतिहास त रच्यो नै, प्रकृति संरक्षणको क्षेत्रमा सारा विश्वलाईनै चकितसमेत पारेको छ । यस्तो ताललाई संरक्षण गर्ने हेतुले ब्यक्तित्वको दर्जा दिएको हो । त्यसमा छ लाख नागरिक, विशेषज्ञ, अभियन्ता, प्रकृतिप्रेमीले साथ दिएको भन्दै स्पेनको सरकारले नागरिकलाई धन्यावाद दिएको छ ।

स्पेनले युरोपेली महाद्वीपकै लागि पहिलो पटक युरोपको सबैभन्दा ठूलो नुन-पानीको झिल (लगुन) लाई व्यक्तित्वको हैशियत प्रदान गरेको हो ।

मार मेनोर लगुनमा तटीय विकास र स्थानीय खेतीका कारण यसको अस्तित्वमा ह्रास आएको छ । सामुद्रिक जीवनको ठूलो मृत्यु भएको छ ।

त्यसैले यो झिललाई जोगाउनकालागि मानव ब्यक्तित्वको हैशियत दिएर कडा कानुन बनाउन त्यसो गरिएको हो । अर्को तर्फ ताल वा झिललाई मानव ब्यक्तित्वको हैशियत दिएपछि संरक्षण, बचाउ र विश्वको ध्यान्न तान्न सहज हुने, संरक्षण प्रयासकालागि सहज हुने विश्वाश गरिएको छ ।

नयाँ कानून बुधवारबाट लागू भएको छ । नागरिकको नेतृत्वमा निकै दबाबपूर्वक यो क्षेत्र संरक्षण र जिवपरिब्रित्ती प्रणाली (इकोसिस्टम) लाई राम्रो सुरक्षा प्रदान गर्नको लागि यस्तो हैशियत दिईएको हो ।

यो अभियानलाई छ लाख भन्दा बढी नागरिकहरूले समर्थन गरेपछि राजधानी म्याड्रिडको तल्लो संसदले मतदान गरेको थियो ।

ताललाई व्यक्तित्वको दर्जा दिनुको अर्थ के ?

अब मार मेनोर लगुनलाई व्यक्तित्वको हशियत बन्ने छ । यसको अर्थ मानिसलाई जस्तै महत्व र चासो दिएर यसलाई विशेष सुरक्षा प्रदान गरिनेछ ।

कुल १,६०० वर्ग किलोमिटरमा फैलिएको लगुन र नजिकैको भूमध्यसागरीय तटरेखालाई अब सुरक्षाप्रदानकर्ता, संरक्षण र निगरानीकर्ताहरूको समूहद्वारा कानुनी रूपमा प्रतिनिधित्व गरिने छ। यो क्षेत्रमा काम गर्ने स्थानीय अधिकारी, नागरिक र वैज्ञानिकहरू मिलेर बनेको छ समुह ।

मार मेनोर लगूनलाई किन सुरक्षा ?

विश्व वन्यजन्तु कोषले मार मेनोरलाई युरोपको सबैभन्दा ठूलो नुन-पानीको लगुन भनेको छ । यो माछा, सिहोर्स (घोडा आकारको समुद्री माछा, जिव) हरू र लोपोन्मुख युरोपेली वाम माछा (इल) का धेरै प्रजातिहरूको घर हो ।

१३५ वर्ग किलोमिटरमा फैलिएको लगुन समुद्रबाट पातलो जमिन धोति जस्तै भएर गएको छ । अर्थात् समुद्रको पानीको भागमा २२ किलोमिटर जमिन अलग गरिएको छ जुन होटेलनै होटेलहरूले भरिएको एक लोकप्रिय बिदा मनाउने ठाउँ हो।

वर्षौंदेखि, वातावरणवादी, प्रक्रितिस् संरक्षणबादी र नागरिकहरूले नजिकैका खेतहरूबाट मलहरू बग्ने र त्यसको कारण लगुनमा रहेका समुद्री जीवको मृत्यु हुने गरेको भनी निन्दा गर्दै आएका छन् ।

२०१९ मा ५० हजार भन्दा बढी मानिसहरूले स्पेनको दक्षिणपूर्वी तटमा रहेको लगुनको पतनको निन्दा गर्न नजिकैको शहर कार्टाजेनामा जुलुस निकालेका थिए ।

यो संरक्षण समुहले झिलको अस्तित्वलाई खतरामा पार्ने, धक्का दिने क्रियाकलाप बिरुद्द काम गर्ने छ । कानूनले लगूनको “इकोसिस्टमको रूपमा अवस्थित र प्राकृतिक रूपमा विकसित हुने” अधिकारलाई लिपिबद्द गर्दछ र यसको संरक्षण र पुनर्स्थापनाको अधिकारलाई मान्यता दिन्छ ।

यहि महिना स्पेनको सरकारले लगुनको लागि पुनर्उत्थान र पूनर्जिवन योजनाको एक भागको रूपमा मार मेनोर नजिकका शहरहरूमा पानीको गुण सुधार र सफाई गर्न दुई करोड युरो सहायता स्वीकृत गर्‍यो।

सन् २०१७ मा न्यूजील्याण्डले वाङ्गानुई नदीलाई संरक्षण गर्न व्यक्तित्वको स्थिति प्रदान गर्ने एउटा एकदमै बलियो कानून पारित गरेको थियो ।

तपाइँको प्रतिक्रिया