बिहीबार, चैत १५, २०८०

प्रशिक्षकसँगको विवादले १५ खेलाडीले स्पेनको महिला फुटबल टोली छोडे

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज ७ गते १४:४०

Image Credit-B/R Football via Twitter

१५ खेलाडी र राष्ट्रिय टोलीका प्रशिक्षक जर्ज भिल्डाबीचको विवादपछि स्पेनको महिला फुटबल टोली अभूतपूर्व संकटमा परेको छ ।

खेलाडीहरूको समूहले भिल्डालाई स्पेनिस फुटबल महासंघ (आरएफईएफ) द्वारा बर्खास्त नगरेसम्म टोली छोड्ने धम्की दिएका छन् ।

आरएफईएफको बिज्ञप्ती अनुसार १५ महिला खेलाडीहरूले समान खालको इमेल पठाउँदै भनेका छन् “टोलीको वातावरणले हाम्रो भावनात्मक अवस्था र स्वास्थ्यलाई गम्भीर रूपमा असर गरिरहेको छ ।”

तर महासंघले बिहीबार विल्डालाई समर्थन गर्ने वाचा गरेको थियो । महिला फुटबल टोलीका गुनासोहरू खारेज गरेको थियो।

“आरएफईएफले खेलाडीहरूलाई राष्ट्रिय कोच र उनको कोचिंग स्टाफको निरन्तरतामा प्रश्न उठाउन अनुमति दिँदैन, किनकि त्यस्ता निर्णयहरू लिनु तिनीहरूको अधिकारमा पर्दैन” महासंघले भनेको छ ।

“खेलकुद उपायहरू अपनाउने क्रममा महासंघले कुनै पनि खेलाडीलाई कुनै पनि किसिमको दबाब दिन दिने छैन। यस प्रकारको चालचलन अनुकरणीय मानिंदैन । फुटबल र खेलकुदको मूल्यभन्दा बाहिरको मानिन्छ र त्यो हानिकारक छ” बिज्ञप्तीमा छ ।

स्पेनको नियम अनुसार खेलाडीलाई खेल्न बोलाएका बेला अस्वीकार गरेमा दुई देखि पाँच वर्षसम्म राष्ट्रिय फुटबल टोलीबाट अयोग्य ठहर गराउन सकिन्छ ।

महासंघले यो कदम नचाल्ने तर १५ खेलाडीले आफ्नो गल्ती स्वीकार गरी माफी मागेमा मात्रै पुन: चयन गर्ने बताएको छ।

“हामी स्पेनको जर्सी लगाउन नचाहने खेलाडीहरूलाई बोलाउने छैनौं” आरएफईएफले भनेको छ “संघले युवा खेलाडीहरूसँग खेल्नु परेपनि प्रतिबद्ध खेलाडीमा मात्रै भर पर्नेछ ।”

“यो खेलकुदको मुद्दाबाट गरिमाको प्रश्नमा गएको छ। राष्ट्रिय टोली असंगत छ। यो स्पेन र विश्वव्यापी रूपमा पुरुष र महिला दुवै फुटबलको इतिहासमा अभूतपूर्व अवस्था हो ।”

यो गर्मीयाममा भएको ‘महिला युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्पेन इंग्ल्याण्डसँग पराजित भएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक