आइतबार, मंसिर १८, २०७९

बेलायती रानीको अन्त्येष्टि हेर्न किन गए यति धेरै मानिस ?

नेपालप्लस संवाददाता / बेलायत२०७९ असोज ७ गते १६:५३

Image Credit- HRH Prince william via twitter

रानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सबैभन्दा व्यापक रूपमा हेरिएको टेलिभिजन घटनाहरू मध्ये एक थियो । धेरै मानिसहरूका लागि, यो ब्रिटिश राजपरिवारको पहिलो अन्त्येष्टि थियो जुन उनीहरूले देखेका थिए। यस अघि सन् १९५२ मा थियो। तर अहिलेको र अघिल्लो पुस्ताकापनि धेरैले यो देख्न पाएका थिएनन् । त्यो बेला सामाजिक सन्जाल नभएकाले र मेडियापनि कम भएकाले झनै कमले हेर्न र बुझ्न पाएका थिए ।

किन यति धेरैलाइ चासो राख्ने, आफैं सरिक हुने वा मेडियामा हेरेरपनि सरिक हुने, बुझ्ने आकर्षण भयो ? किन कुनै न कुनै रुपमा सहभागि हुन महत्वपूर्ण माने ?

रानीको अन्त्यष्टीको चार अर्ब १० करोडले बेलायती मेडियामा पढे, हेरे, बुझे । तैपनि वास्तविक दर्शकहरू धेरै कम भएको बताइन्छ । ति मध्ये बेलायतीको संख्या उपस्थित हुनेमा प्रभावशाली थियो ।

उक्त समारोहलाई बेलायतका २ करोड ९० लाख मानिसले प्रत्यक्ष हेरे । तिनले आफ्नै घर, पबहरू, क्लबहरू, सिनेमाघरहरू वा देश भरका ठूला पर्दाहरूमा अन्त्येष्टिको क्रियाकलाप अवलोकन गरे । राजकुमारी डायनाको अन्त्येष्टि भन्दा केहि कमले हेरेका थिए । डायनाको अन्त्यष्टी तीन करोड २० लाखले हेरेका थिए । छ करोड ७० लाख जनसंख्या भएको बेलायमा यहि संख्यापनि निकै बढी हो ।

राजकुमार विलियमले आफ्नो ट्विटरमा पाँच अर्ब १० करोडले रानीको अन्त्यस्टि अवलोकन गरेको र यो विश्वको कूल जनसंख्याको ६३ प्रतिशत रहेको उल्लेख गरेका छन् ।

धेरै बेलायतीले अन्तिम संस्कार व्यक्तिगत रूपमा प्रत्यक्ष देख्ने उत्तम अवशरका रुपमापनि लिए । लन्डनका सडकहरूमा कमिलाको ताँती जस्तै थियो । त्यस ताँतीमा नेपालका परराष्ट्र मन्त्रीसमेत एक थिए । मानिसहरूले युकेको झण्डा फहराउँदै लाईन लागेका थिए । वरिपरिबाट अन्त्येष्टिको जुलुस गएको हेरिरहेका थिए ।

वेस्टमिन्स्टर एबेदेखि विन्डसर क्यासलसम्मको बाटोमा अन्त्येष्टिको यात्रालाई हेर्न करिब १० लाख मानिसहरू सडकमा उत्रिएका थिए ।

थप दुई लाख ५० हजार मानिसहरू सोमबारको अन्त्येष्टिमा रानीलाई सुतिरहेको अवस्थामा हेर्न पाइन्छ, रानीको घुम्टो खोलिन्छ भन्ने विश्वाशले लाइनमा पर्खिरहेको विश्वास गरिन्छ।

केहि मानिसहरु काम छोडेर, बिदा लिएर भएपनि अन्त्येष्टिको लागि शहरको केन्द्रमा पुगेका थिए । उपस्थित हुनुको सबैभन्दा महत्वपूर्ण कारण के भने यो इतिहासको एक हिस्सा थियो । यसको सानो अंश पनि धेरैले छुटाउन चाहेका थिएनन् ।

“अर्को महत्वपूर्ण कारण के भने रानी धेरै ब्यक्तिको इतिहासको हिस्सा थिईन् । दोस्रो विश्वयुद्दमा ट्रकसम्म चलाएकि युवती । अनेक राजनितिक कालखण्ड देखिन्, भोगिन । धेरै देशमा पटक पटक ब्यवस्था परिवर्तन भए । थुप्रै देशको राजतन्त्र गयो । नेपालबाटै राजतन्त्र मासियो । तर जस्तोसुकै राजनीतिक अवस्था वा संसारको अवस्था जतिसुकै भयानक भए पनि बेलायती रानी परिवर्तन भईनन् ।

राजतन्त्र आफैंमा जस्तोसुकै होस् । अन्य देशमा जसरि हेरियोस्, बेलायतमा भने सबै राम्रो कुराको प्रतीकका रुपमा रहिन् । उनलाई स्थिरता, शान्त, दृढता र साहसको निरन्तर प्रतीक माने । दरबारका केहि घटनाबाहेक उनले त्यो छबी कायम राखिन् । राजकुमारी डायनाको घटना, ह्यारी दम्पत्तीले शाहि परिवार त्यागेको घटना आदिमा रानीको कहिं न कतै भूमीका, कमजोरि रह्यो होला । तर रानी एक्ली कारक र दोषी पक्कै थिईनन् ।

तीर्थयात्रामा जस्तै लाइन

मानिसहरु सडकमै टेन्ट लिएर गएका थिए । टेन्टमै बस्ने र सुत्ने गरे, श्रद्दान्जलीमा सहभागि हुन । ब्राजिलबाट एक युवती करिब ७००० किमीको यात्रा पुरा गरेर आएको मेडियाहरुले रिपोर्ट गरे । तीन दिनसम्म सडकमै बिताए मानिसहरुले । ३० घण्टासम्म लाइन लागेर कुर्नेहरु धेरै थिए । फूलका पसलहरु लगभग खालि हुनै अलगेका थिए । रानीको फोटो अंकित थाल, चचौरा, मग, लुगाहरुको बजारमा अभाव भैसकेको थियो । तिनको बिक्रि र मूल्य त्यसबेला दश गुणाले बढेको थियो ।

मानिसहरूमा रानीप्रतिको समर्थन र एक प्रकारको सकारात्मक ऊर्जा देखियो । मानिसहरुले त्यहाँ रानीले दिएको उपलब्धिको भावना पनि देखाए । मानिस कति लामो समयसम्म लाईन लागेर, कुरेर बस्न सक्छ भन्ने दूर्लभ उदाहरण रानीको अन्त्यष्टीले देखायो ।

मानिसहरुले लाइनमा सामेल हुने प्रयासलाई धार्मिक तीर्थयात्रासँग तुलना गरे। तीर्थयात्राहरू जस्तै तिनीहरू विरलै एक्लै गएका थिए । किनकि दुखको बेला समुह, साथी वा परिवारसँग गएमा दुखको अनुभूति कम हुन्छ । बढी संवेदनशिलता र दुखको क्षणलाई घटाउन सकिन्छ । भुल्न सकिन्छ ।

साम्प्रदायिक भावनालाई कम गर्न खोजेको आभासपनि यो अन्त्यस्टिले दिएको देखिन्छ । किनकि यसमा छ वटै माहदेशका, धेरै भाषा, धर्म, सम्प्रदाय र समुदायका मानिस थिए । साम्प्रदायिक भावनाबाट माथि उठेर सामुहिक समर्थन बढाउने क्षमता पनि देखिन्थ्यो । रानीको अन्त्येष्टिको छविहरूले यति प्रभाव पारेको थियो।

मानिसहरूले एकअर्काको उपस्थितिलाई लाममा लगाए र अन्त्येष्टिमा भाग लिन पाए । रानीलाई यसको स्थिरतामा उत्थान गर्ने संस्थाको रूपमा भेट्टाए ।

अन्त्यस्टीले यस्तो क्षण ल्यायो यी सबै फरक-फरक व्यक्तिहरू एकसाथ उभिए । एकजुट भए। यस देशका जनता एक हौं भन्ने देखाए ।

तर लाममा सामेल हुन वा अन्त्येष्टि हेर्नको लागि सामूहिक सामाजिक आवश्यकता भन्दा बाहिर किन गए ? किन बेलायतीहरू रानी र शाही परिवारको बारेमा यति भावुक महसुस गर्छन् ? प्रश्न तेर्सिन्छ ।

मानिसहरूले उनीहरूको लागि के महत्त्वपूर्ण छ भनेर कसरी निर्णय गर्छन् भन्ने सिद्धान्तहरूमा काम गरेको देखाउँछ ।

नैतिक निर्णय गर्ने यी अन्य माध्यमहरू मध्ये एक समूहमा रहेको वफादारी हो । अर्को अधिकार हो । पदानुक्रमको समझदारी र निर्णय लिने अर्को आयाम पवित्रता हो । यसले के अर्थलाई वर्णन गर्दछ भने केहि चीजहरू सामान्य मात्र हुन् । अन्यथा ति अप्राकृतिक हुन् ।

“यी तीन आधारहरू-वफादारी, अख्तियार र पवित्रता, हानिबाट जोगिन र निष्पक्षता सुनिश्चित गर्नको लागि एक धेरै तर्कसंगत आधार हुन् । त्यसैले यो चिजसित बहस गर्न धेरै गाह्रो पर्छ।

उदाहरणका लागि, एक व्यक्ति जो जन्मको संयोगवश आधारले शक्ति र धनको ठूलो स्थानमा पुग्यो भन्ने तर्क गर्नु पूर्णतया अनुचित माने धेरैले । किनकि रानी त्यहि आधारमा सिंहासन र धनदौलतको उचाईमा पुगेकि थिईन् । बरु धेरै मानिसहरूले समुहकालागि, देशकालागि त्यहाँ कोही हुनु महत्त्वपूर्ण छ भनेर धेरै दृढतापूर्वक महसुस गरे ।

मानिसहरूले सबै प्रकारका नैतिक आधारहरू वा अन्तर्दृष्टिहरू प्रयोग गरे । सही र गलत के हो, तिनीहरूका लागि के महत्त्वपूर्ण छ, उनीहरूलाई जीवनमा के अर्थ दिन्छ वा जीवनमा के गर्न चाहनुपर्छ भन्ने उदाहरण पेश गरे । उनीहरुले विश्वका अन्य देशमा राजतन्त्रले के दियो, के दिएन वा कस्तो भूमिका ख्ल्यो भनेर हेरेनन् । आफ्नै देशकोलागि मात्रै सोचेर हेरे ।

तपाइँको प्रतिक्रिया