शनिबार, वैशाख १५, २०८१

सिरियाको आप्रवासी डुङ्गा दुर्घटना हुँदा ९० भन्दा बढीको मृत्यु

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज ९ गते ८:०४

Image Credit-oacoree.com

लेबनानका आप्रवासीहरू बोकेको डुङ्गा सिरियाको तटमा डुबेपछि शनिबार १७ जनाको शव फेला परेको छ । पछिल्लो आँकडा अनुसार मृतकको कुल सङ्ख्या ९४ पुगेको छ । सिरियाली राज्यद्वारा सन्चालित टेलिभिजनले पूर्वी भूमध्यसागरको सबैभन्दा घातक घटनाहरू मध्ये एकमा भनेको छ ।

लेबनानको त्रिपोलीबाट करिब ५० किलोमिटर उत्तरमा रहेको सिरियाली बन्दरगाह टार्टसबाट डुबेको सानो डुङ्गामा १५० जना सवार थिए, जहाँबाट आप्रवासीहरू यात्रा गरिरहेका थिए।

बिहीबार पहिलो शव फेला परेपछि संख्या एकपछि अर्को गरि बारम्बार बढेको छ। शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यु एन एच सि आर) फिलिपो ग्रान्डीले जहाज दुर्घटनालाई “हृदयविदारक त्रासदी” भनेका छन् । बेपत्ता भएकाहरूको खोजी कार्य शनिवार रातको समयमा पनि जारी गरिएको छ।

दूर्घटनामा बाँचेका १४ जनाको सिरियाका अस्पतालहरूमा उपचार भैरहेको छ । ति मध्ये ६ जना डिस्चार्ज भएका छन् ।

“टार्टसको तटमा डुबेको डुङ्गामा मृत्यु हुनेको संख्या ९४ पुगेको छ” सरकारी टेलिभिजनले जनाएको छ ।

लेबनानी सेनाले मानव तस्करी गरेको आरोपमा एक लेबनानी नागरिकलाई गिरफ्तार गरेको जनाएको छ जसले हालसालै केहि मानिस लेबनानको समुद्री मार्गबाट इटालीमा तस्करी अभियान चलाएको स्वीकार गरेको थियो ।

सिरियाको गृहयुद्धबाट दश लाख भन्दा बढी शरणार्थीहरूलाई होस्ट गर्ने देश लेबनानलाई विश्व बैंकले आधुनिक समयमा सबैभन्दा खराब मध्ये एकको रूपमा ब्रान्ड गरेको छ । लेबनान वित्तीय संकटमा फसेको छ ।

करीव तीन वर्षको आर्थिक पतनले देशलाई आप्रवासीहरूका लागि भाग्ने मार्गमा परिणत गरेको छ । यसका आफ्नै नागरिकहरू सिरियाली र प्यालेस्टाइनी शरणार्थीहरूसँग खतरनाक समुद्री मार्गहरूबाट बाहिर निस्कने गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघअक अनुसार जहाजमा अधिकांश लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरू थिए र यसमा बालबालिका र वृद्धहरू दुवै रहेका थिए ।

संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफले आफ्नो ज्यान गुमाउनेमा १० जना बालबालिका रहेको बताएको छ ।

लेबनानका परिवारहरूले शनिबार राति आफन्तहरूको शवलाई एरिडा सीमा नाकाबाट हस्तान्तरण गरेपछि दोस्रो दिन शनिबार अन्त्येष्टि गरेका थिए । अन्य केहिले अझै पनि आफन्तको शव पर्खिरहेका छन् ।

“लेबनानमा वर्षौंको राजनीतिक अस्थिरता र आर्थिक संकटले धेरै बालबालिका र परिवारहरूलाई गरिबीमा धकेलिदिएको छ, जसले उनीहरूको स्वास्थ्य, कल्याण र शिक्षालाई असर गरेको छ,” युनिसेफले भनेको छ ।

धेरै जसो डुङ्गाहरू लेबनानबाट युरोपेली संघको सदस्य साइप्रसको लागि प्रस्थान गर्छन् । त्यहाँबाट आप्रवाशीहरु युरोपका अन्य मुलुकतिर लाग्छन् । लेबनानबाट पश्चिममा लगभग १७५ किलोमिटर टाढाको टापु हो साईप्रस ।

(स्रोत-फ्रंस २४ र एएफपी)

तपाइँको प्रतिक्रिया