सोमबार, मंसिर १९, २०७९

प्रवासी सेतो गरुडसँग प्रेम बन्धनमा गाउँले

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज ११ गते ५:३१

११ वर्षको मित्रता भएका मछुवार र युरोपका गरुड गाउँहरूका अन्य प्रेम कथाहरू । Copyright -Alper Tüydeş

“सिमाना मानिसहरूले बनाउँछन्, चराहरूको लागि फरक पर्दैन” इल्का बिरम्यानका शब्दहरू हुन् । एक भावुक पक्षीविद् जसले एक विशेष प्रजातिको संरक्षणका लागि समर्थन जुटाउन सन्जाल बनाउन मद्दत गर्छन् ।

उनी युरोपेली स्टर्क गाउँहरूको नेटवर्क (ई एस भि एन) को निरीक्षण गर्छन् । १५ विभिन्न युरोपेली देशहरूका १५ गाउँहरूको सन्जाल बनेको छ । सबैको हृदयमा सेतो गरुडको उत्कृष्ट चासो छ । माया छ । संरक्षणको भोक छ ।

पछिल्लो शताब्दीमा युरोपमा सेतो गरुडको संख्यामा ठूलो गिरावट आएको थियो। ईएसभिएन गाउँहरू मिलेर राष्ट्रिय स्तरमा सेतो गरुड संरक्षणको लागि नमूनाको रूपमा सेवा गर्ने समुह बन्यो । युरोनातुर परोपकारी संस्थाका परियोजना प्रबन्धक बियरम्यान बताउँछन् “यसले चराहरूको संख्या बढाउन मद्दत गरेको छ।”

तर सेतो गरुडको पनि प्राकृतिक फाइदा छ । तिनीहरू कालोगरुडहरू जस्ता होइनन् जसले गोपनीयता खोज्छन् र मानव सम्पर्कबाट टाढा रहन्छन्। बरु, यी मिलनसार चराहरूले सधैं मानिसहरूको नजिक हुने तरिकाहरू खोज्ने प्रयास गर्छन् ।

गरुडहरू मानवसँग निकटता खोज्छन् । foTo- Andras Marton

तिनीहरू छतहरूमा गुँडहरू बनाउँछन् । मन्दिर र चर्चहरुमा बचेरा हुर्काउँछन् । मानिसहरूको बगैंचामा जान्छन् । र त्यो अन्ततः तिनीहरूको दैनिक जीवनको हिस्सा बन्छ ।

सेतो गरुड मार्च वा फेब्रुअरीको अन्त्यमा आफ्नो अघिल्लो वर्षको गुँड भएकै ठाउँमा फर्कन्छ। तिनीहरू छ महिनासम्म बस्छन् र सेप्टेम्बरको वरिपरि अफ्रिकामा बसाइँ सर्छन् जहाँ तिनीहरू जाडो बिताउँछन् । यि सेतो गरुडहरु बसाई सरेर भारत, नेपालसम्मपनि पुग्छन् ।

युरोपेली गरुड गाउँका धेरै बासिन्दाहरू गरुडहरू फर्कने समय आउँदा उत्साहित हुन्छन्। तिनीहरूका लागि गरुडहरू चरा मात्र होइन, तिनीहरूका साथीहरू हुन् ।

टर्किको एस्किकारागाक गाउँ जुन युरोपेली स्टर्क गाउँमा अंकित छ । यहाँ माछा मार्ने आडेम युल्माजको कथा हो। ११ वर्ष पहिले एउटा गरुड उनको डुङ्गामा बस्यो । उनको पछि लाग्थ्यो । हरेक दिन ऊ फर्केर आउँथ्यो ।

आडेम यिल्माज, एक मछुवार हुन् । उनको एउटा गरुडसँग एक अद्वितीय बन्धन बनेको थियो जुन वर्षौं पहिलेदेखि उनको डुङ्गामा पछि लागेको थियो । Alper Tüydeş

गरुड आएम युल्माजको लागि एक साथी बन्यो, जसलाई गाउँले र टर्की मिडियाले ‘अंकल अडेम’ भनेर चिन्छन् ।

अंकल अडेमले गरुडलाई यारेन नाम दिए, जसको अर्थ टर्कीमा नजिकको साथी हो। जब यारेन आफ्नो डुङ्गामा अवतरण गरे, अंकल एडेमलाई थाहा थिएन त्यो चरो फेरि फर्केर आउँछ कि आउँदैन, फेरि देख्न पाइन्छ कि पाइन्न ।

तर, उनको ११ वर्ष यसरी बित्यो : यारेनसँग छ महिना सँगै माछा मार्ने र वर्षको बाँकी छ महिना आफ्नो गरुड साथी फिर्ता आउने प्रतीक्षा गर्दै बिताउने ।

सबै एस्किकारागाकका मानिसहरु गरुडसँग संलग्न छन् । जवान र वृद्धलेपनि चासो राखेका छन् । सानो टर्की गाउँमा गरुडको प्रत्येक गुँड नजिकको परिवारलाई यो तिम्रो भागमा पर्ने हो, तिमीले रेखदेख गर्ने हो भनेर तोकिएको छ।

प्रत्येक परिवारको कान्छो ब्यक्ति गुँडको प्रतीकात्मक सहयोगि, निगरानीकर्ता हुन्छ। यसरी बच्चाहरूले आफ्नो सम्बन्धको भावना पाउन् भनेर हो । उमेर बढ्दै जाँदा थप जिम्मेवार बन्छन् । एस्किकारागाकमा केटाकेटीहरूको लागि मार्चमा कुन पहिले आउँछ भनेर हेर्नको ब्यवस्था गरिएको छ । बच्चाका लागि गरुडहरू भएतिर दौडनु सामान्य गतिविधि हो ।

तर सर्बियाको तारासको युरोपेली गरुड गाउँको लागि भने कुन गरुड पहिले आउँछ भन्नेमा कुनै शंका छैन। यहाँ सधैं प्रभोजे नाम राखिएको गरुड सबैभन्दा पहिले आइपुग्छ । “प्रभोजे भनेको पहिलो हो” द एसोसिएसन अफ सिटिजन्स तारास स्टर्क्सका अध्यक्ष एलेक्सान्ड्रा मारोभाक कुसिक बताउँछिन् ।

“उसको नाम यसरी राखिएको हो – उनी विगत दस वर्षदेखि तारासमा फर्किरहने पहिलो गरुड हुन् । उनी सधैं बच्चा कोरल्ने पहिलो हुन्। उनी सर्बियाको सुपरस्टार हुन् । स्थानीय मिडियाले सधैं उनको आगमनको घोषणा गर्दछन् ।

एस्किकारागाकमा जस्तै तारासका बासिन्दाहरू गरुड संरक्षणमा धेरै संलग्न छन्। सिटिजन्स तारास स्टर्क्स संघले आयोजना गरेको सबैभन्दा पछिल्लो उत्सवमा भर्खरै गाउँ छाडेर हिंडेका गरुडहरूको बिदाई कार्यक्रम हेर्नको लागि मानिस जम्मा भएका थिए ।

बालबालिकाले यस वर्ष तारासमा आएका प्रत्येक गरुड जोडीका लागि एउटा एउटाका दरले ३१ बेलुन उडाएर पठाए।

गरुड गाउँहरू रोमान्सको दृश्य

हंगेरीमा मार्कस र सोफीको गुँड। एन्ड्रास मार्टन । photo- Andras Marton

“हरेक देशको आफ्नै आडेम् र यारेन छ” टर्कीका फोटोग्राफर आल्पेर तुईदेसले ट्विटरमा उल्लेख गरेका छन् । उनी अंकल एडेम र यारेनका पनि असल साथी हुन्।

र उनि सहि छन् । यो एसभिएन गाउँहरू भन्दा बाहिर युरोपका धेरै ठाउँहरूको लागि सत्य हो । क्रोएशियामा, पूर्व विद्यालय चौकीदार स्टेपेन भोकिकले मालेना स्टर्कलाई बचाए र धेरै वर्षसम्म उनको हेरचाह गरे । मालेना उड्न नसक्ने भएपछि उनी स्थायी रूपमा भोकिकसँग क्रोएसियाको घरमा बसिन् ।

मालेनालाई बचाएर भोकिकले पनि उनलाई माया खोज्न मद्दत गरे । यदि उनलाई नबचाइएको भए उनले क्लेपेटनलाई कहिल्यै भेट्ने थिएनन् । मलेनाको साथी, क्लेपेटन, एक जंगली गरुड थियो र उसलाई आफूसितै फर्काउनको लागि हरेक वर्ष हजारौं माइल उड्थ्यो ।

दुर्भाग्यवश मालेनाको एक वर्ष पहिले मृत्यु भयो । तर यो जोडीको विरासत क्रोएशियाको सबैभन्दा असामान्य प्रेम कथाको रूपमा जीवित छ ।

“हामीसँग यहाँ हंगेरीमा मालेना र क्लेपेटनको भर्सन छ” पशु उद्धारकर्ता एन्ड्रेस मार्टन भन्छन् “एउटै चिज फरक छ, म्याकस भाले गरुड हो, ऊ स्थायी रूपमा घाइते छ । ऊ हाम्रो बगैंचामा बस्छ । सोफी, उनको ‘पत्नी’ जंगली गरुड हो जो अफ्रिकामा बसाइँ सर्छिन् र प्रत्येक वर्ष माकस भए ठाउँ फर्कन्छन् ।

आन्ड्रास मार्टोन आफ्नो गरुड साथी जोक्नीसँग । photo- Andras Marton

माकसले फेसबुक पेज बर्डमेनिया चलाउँछन् । अहिलेसम्म धेरै जनावरहरूलाई बचाएको छ यस पेजको संरक्षण अभियानमार्फत् । उसले उद्धार गरेका सबै गरुडहरू मध्ये एउटाले उसलाई विशेष रूपमा सम्झिने बनायो । उनको नाम जोक्नि थियो जसको अर्थ हंगेरीमा मोजा हो। जोक्नी एक स्वतन्त्र उड्ने गरुड थिइन् र हरेक चोटि जब उसले मार्टनलाई आकाशबाट देख्थीन् उनी माकसको काँधमा अवतरण गर्थिन् ।

नेदरल्यान्ड्सको द हेगका सहरी सारसहरूबारे अनुसन्धान गरिरहेकी क्यारोलिन वाल्टा भन्छिन् “सेतो गरुडहरू मिलनसार हुन्छन् र खुल्ला ठाउँमा पाइन्छ। धेरै चराहरू गोप्य जीवन बिताउँछन् तर गरुडहरु त्यसो गर्दैनन्। तपाईंले तिनीहरूका बच्चाहरूलाई गुँडमा बस्दा पनि देख्न सक्नुहुन्छ। जब म बच्चा थिएँ, तिनीहरू व्यावहारिक रूपमा अवस्थित थिएनन् । ”

मैले धेरै वर्षहरूमा संसारभरका धेरै गरुड प्रेमीहरूलाई भेटेको छु र हामी फेसबुक समूहहरू मार्फत सम्पर्कमा रहन्छौं। हामी एउटा ठूलो गरुड परिवार हौं।”

जर्मनीको प्रकृति तथा जैविक विविधता संरक्षण संघ (एनएबियु) का अनुसार सन् १९९४ देखि २००४ सम्म पश्चिम युरोपमा प्रजनन गर्ने जोडीको संख्या ८५ प्रतिशत र पूर्वमा ३१ प्रतिशतले बढेको छ ।

सर्बियामा सेतो गरुडको गुँड। photo- Ilka Beermann

तर गरुड हरेक वर्ष आफ्नो गुँडमा फर्किने तथ्य कुनै सानो उपलब्धि होइन। तिनीहरूको यात्रामा धेरै अवरोधहरू हुन्छन्- बिजुलीका तारहरू, हावाका मिल (बिजुली निकाल्ने हावाका ठूला खम्बा भएक मिल), गगनचुम्बी भवनहरू, शिकारीहरू र चरम मौसमी अवस्थाहरूले जोखिम उत्पन्न गराइरहन्छन् । बिजुलीका तारहरु विशेष गरी सबैभन्दा ठूलो समस्या मध्ये एक हो ।

बर्डलाइफ हंगेरी (एमएमई) ले गरुडको बारेमा चिन्तित व्यक्तिहरूबाट हरेक वर्ष धेरै इमेल र कलहरू प्राप्त गर्दछ ।

एमएमईका निर्देशक पिटर लोभास्जीका अनुसार ९० प्रतिशत गरुडले बिजुलीको पोलमा गुँड बनाउँछन् र यसका लागि अझै धेरै काम गर्न बाँकी छ। बिजुलीकै तारमा ठोक्किएर दुर्भाग्यवश जोकनी गरुडको मृत्यु भयो।

गरुडहरू बिदा लिन्छन्

आडेम र यारेन, आन्द्रास र जोक्नि, स्तजेपान र मालेना – यी युरोपको “ठूलो गरुड परिवार” भित्रका केही सुन्दर गरुड-मानव सम्बन्धहरू मात्र हुन् ।

यारेन नामको गरुड र एडेम यिलमाज । उनी आफ्नो साथी फर्कन अर्को छ महिना पर्खिरहेका हुनेछन् । Photo- Alper Tüydeş

संसारभरका मानिसहरूले सबै कठिनाइहरूको बाबजुद गरुडलाई बचाउन समुदायहरू गठन गर्छन्। यस बीचमा, तिनीहरू साथीहरू बनाउँछन् । गरुड र एकअर्कासँग अद्वितीय संवन्ध, सम्पर्क बनाउँछन्।

रोचक कुरो के छ भने त्यहाँ यस्ता एक जोडी मानिस पनि छन् जो एन्ड्रिडको युरोपेली स्टर्क गाउँमा एक स्टर्क फेस्टिवलमा भेटेका थिए र तिनले विवाह गरे।

अब सेतो सारसहरू हिंड्ने समय हो। यारेनले केही साताअघि नै छाडेर गएका थिए । आडेम युल्माज बाहेक संसारभरका धेरै गरुड साथीहरूले छ महिनासम्म आफ्नो सास रोक्नेछन् । आशा छ, उनी २०२३ मा फर्कने छन् र यो उनको बाह्रौं पटक हुने छ ।

(यारेन फादिलोग्लुलारीका नाममा फ्रंस २४ डट कममा प्रकाशित आलेखलाई नेपालप्लसद्वारा नेपालीमा भावानुवाद गरिएको-सं)

तपाइँको प्रतिक्रिया