मंगलबार, चैत ६, २०८०

डेनमार्कको रारा यस वर्षको सिजन च्याम्पियन

नेपालप्लस संवाददाता / डेनमार्क२०७९ असोज ९ गते १४:२२

डेनमार्कमा भैरहेको बिभिन्न चरणको खेलमा डेनमार्कको रारा यस वर्षको सिजन च्याम्पियन भएको छ । विभिन्न चरणको फुटबल खेल पछि डेनमार्कका भेट्रान्स नेपाली खेलाडीहरुको यस वर्षको सिजन च्याम्पियनको उपाधि रारा भेट्रान्सले हात पारेको छ ।

डेनमार्कको राजधानी कोपनहेगनमा आइतबार भएको खेलमा राराका भेट्रान्स खेलाडी शशि ढकालले ह्याट्रिक गरे । यस पटक राराको तर्फबाट डेब्यु गरेका डिफेन्स खेलाडी विजय अधिकारीले फेवाका स्टाइकरहरुको गतिमा राम्रै रुकावट गरेका थिए ।

५ गोलको विरुद्ध ४ गरेको फेवा भेट्रान्स सिजन भरिनै फर्ममा रहेपनि उपाधि हासिल गर्न पछि पर्यो । राराको लागि शशि ढकालको तिन गोल सहित दुइ गोल कृष्ण पराजुलीले गरेका थिए । त्यस्तै फेवाको पक्षमा यसै सिजनमा डेब्यु गरेका खेलाडी विजयले खाता खोल्दै १ गोल गरेका थिए भने चर्चित स्टाइकर सालिकरामले २ गोल गरेका थिए । १ गोल अर्जुन रानाभाटले गरेका थिए ।

अन्त्यन्तै प्रतिस्पर्धापूर्ण रहेको ११ ए साइड खेलिएको उक्त प्रतियोगितामा रारा भेट्रानका अतिरिक्त खेलाडी शशि ढकाल ३० मिनेट पछि मैदानमा प्रवेश गरेपछि खेलमा रोमान्चकता आएको थियो । उनी मैदानमा प्रवेश गरेको एक मिनेटमानै कृष्ण पराजुलीले दिएको सुन्दर पासमा करिब २० यार्डबाट ढकालले गरेको कडा प्रहारले जाली चुमेको थियो ।

उनले गरेको दुइ गोलमा कृष्णले सहयोग गरेका थिए भने कृष्णले गरेकॊ गोलमा चाहि राराका अमृतले सहयोग गरेका थिए । शशिको तेस्रो गोल चाहि पेनाल्टी किक मा भएको थियो । फेवा भेट्रान्सका डिफेन्स खेलाडी मनोज दर्शनधारीले रारा भेट्रान्सका कृष्ण पराजुलीलाइ डीएरिया भित्र लडाए पछि राराले पेनाल्टी किक पाएको थियो । यस बर्षको सिजन च्याम्पियनमा आशिर्बाद सिम्खडाले रेफ्रीको भूमिका निभाएका थिए ।

त्यस्तै, डेनमार्कको राजधानी कोपनहेगनमा बस्ने नेपालीबिच भैरहेको ‘भेट्रान्स प्रिमियर लिग’ को होम तर्फको खेल आज समापन भइ अर्को हप्ता बाट अवे सुरु हुने जानकारी ‘भेट्रान्स प्रिमियर लिग’का आयोजकले दिएका छन् ।

डेनमार्कमा नेपालीहरुबीच सुरु गारिएको यो पहिलो लिग हो । करिब दुई महिना चल्ने उक्त लिगमा प्रतिस्पर्धा गरिरहेका टिमहरु मध्ये अंक तालिकामा धौलागिरि ५ अंक सहित तालिकाको सबैभन्दा माथि रहेको छ । उसलाई ४ अंक सहित बागमतीले कडा टक्कर दिईरहेको छ ।

अब सुरुहुने अवे खेल ले लिगको नतिजा निर्धारण गर्ने छ । होम र अवे गरि प्रत्येक टिमले प्रत्येकसँग २–२ प्रतियोगिता खेल्ने छन् । अंकको आधारमा खेलाइने यस फुटबल प्रतियोगितामा बिजयी टिमलाई ३ अंक दिइने छ भने बराबरी खेल खेले दुवै टिमले एक-एक अंक प्राप्त गर्ने छन् ।

अहिलेसम्म खेलाइएको खेलमा धौलागिरीका क्याप्टेन बिष्णु श्रेष्ठ ३ गोल सहित गोल तालिकामा माथि छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक