शनिबार, वैशाख ८, २०८१

इटालीको दक्षिणपन्थी पार्टीले चुनाव जितेको सर्वेक्षणको दाबी, पहिलो महिला प्रधानमन्त्री बन्ने संभावना

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज ९ गते २३:५७

इटालीमा जर्जिया मेलोनीको ब्रदर्स अफ ईटालीको नेतृत्वमा रहेको दक्षिणपन्थी गठबन्धनले अर्को संसदमा स्पष्ट बहुमत ल्याउने तयारी गरेको देखिएको छ । इटालीको राष्ट्रिय चुनावमा मतदान सकिएपछि आइतवार भएको सर्वेक्षण (एक्जिट पोल) ले देखाएको छ।

राज्य प्रसारक आरएआईका लागि एक्जिट पोलका अनुसार कन्जरभेटिभ पार्टीहरूको ब्लक, जसमा माटियो साल्भिनीको लिग र सिल्भियो बर्लुस्कोनीको फोर्जा इटालिया पार्टी पनि समावेश छ त्यसले ४१ देखि ४५ प्रतिशत मतको बीचमा जितेको छ । यो मत संसदको दुबै सदनको नियन्त्रण सुनिश्चित गर्न पर्याप्त हुन्छ।

सोमबार विहानै मतदानको पूर्ण नतिजा अपेक्षा गरिएको छ ।

सर्वेक्षणले दाबी गरे अनुसारको मत आएको हो भने मेलोनीको लागि यो ठूलो मौका हो । उनलाई ईटालीको ईतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्ने अवशर दिलाउने तिब्र संभावना छ । उनको पार्टीले सन् २०१८ मा पछिल्लो राष्ट्रिय चुनावमा मात्र ४ प्रतिशतमत ल्याएको थियो । तर यस पटक २२ दशमलव ५ देखि २६ दशमलव ५ प्रतिशत मत ल्याएर इटालीको सबैभन्दा ठूलो समूहको रूपमा देखापर्ने पूर्वानुमान गरिएको थियो ।

विजयी गठबन्धनको सबैभन्दा ठूलो पार्टीको नेताको हैशियतले मेलानी इटालीको पहिलो महिला प्रधानमन्त्री बन्ने स्पष्ट विकल्प छ । सत्ता हस्तान्तरण परम्परागत रूपमा ढिलो हुने गर्छ । र नयाँ सरकारको शपथ लिन केही हप्ता लाग्न सक्छ ।

४५ वर्षीया मेलोनीले आफ्नो पार्टीको पोस्ट-फासिस्ट प्रभावलाई कमजोर बनाउन र यसलाई मूलधारको रूढीवादी समूहको रूपमा चित्रण गर्दै आएकि छन् । उनले युक्रेनमा पश्चिमी नीतिलाई समर्थन गर्ने र यूरोपेली युनियनका प्रभावशाली देश जर्मनी, फ्रान्ससित अनुचित जोखिम नलिने वाचा गरेकी छिन् ।

इटालीको एक शताब्दी भन्दा लामो समयमा पहिलो पटक शरद यामको राष्ट्रिय चुनाव पार्टीको आन्तरिक कलहबाट सुरु भएको थियो जसले जुलाईमा प्रधानमन्त्री मारियो ड्राघीको व्यापक राष्ट्रिय एकताको सरकारलाई ढालिदियो ।

इटालीको राजनीतिक ईतिहास अस्थिरताको छ । अबको प्रधानमन्त्रीले सन् १९४६ पछि देशको ६८ औं सरकारको नेतृत्व गर्नेछन् । भाबी प्रधानमन्त्रीले धेरै चुनौतीहरूको सामना गर्नुपर्ने छ । विशेष गरी ऊर्जा लागत, महँगी, मुद्रास्फिति र बेरोजगारीमा ठूलो चुनौति छ ।

नयाँ पार्टीले बिजय हासिल गरेपनि र नयाँ सरकार बन्ने अवस्थामापनि नयाँ संसदको बैठक अक्टोबर १३ सम्म बस्ने छैन, जहाँ राज्य प्रमुखले पार्टीका नेताहरूलाई बोलाएर नयाँ सरकारको स्वरूप बारे निर्णय गर्नेछन् ।

(स्रोत-रोयटर्स)

तपाइँको प्रतिक्रिया

फेसबुक