शुक्रबार, चैत १६, २०८०

रसिया र जर्मनी विश्वव्यापी आर्थिक अन्धकारमा फस्ने : रिपोर्ट

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असोज १० गते १९:४४

युक्रेनमा रुसको आक्रमण, बढ्दो ऊर्जा बिल र अहिलेसम्मकै उच्च मुद्रास्फीतिले विश्वव्यापी अर्थतन्त्रलाई अस्तव्यस्त तुल्याएको बेला रुस र जर्मनी आर्थिक अन्धकारमा फस्ने एक रिपोर्टले जनाएको छ ।

आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) को पछिल्लो पूर्वानुमान अनुसार युरुपेली युनियन (ईयु) को शक्ति देश जर्मनी अर्को वर्ष आर्थिक मन्दीमा फस्ने अनुमान गरेको हो ।

ओईसीडीले निम्न आर्थिक वृद्धिको विस्तारित अवधि खुम्चिंदै जाने अनुमानसमेत गरेको छ।

ओईसीडीले सोमबार बिहान जारी गरेको ‘पेइङ द प्राइस अफ वार’ शीर्षकको प्रतिवेदनमा भनेको छ ‘विश्व वृद्धिको दृष्टिकोण अँध्यारो भएको छ ।’

अध्ययनले विश्व अर्थतन्त्रको अन्धकार चित्र चित्रण गरेको छ : व्यवसायिक आत्मविश्वास, डिस्पोजेबल इन्कम (उपभोग र बचतको लागि घरपरिवारलाई उपलब्ध आय) र घरायसी खर्च सबै घटेको छ । तर इन्धन, खाद्यान्न र यातायातको लागत बढेको छ ।

मुद्रास्फीति यि सबै कारणको व्यापक-आधार भएको छ । सन् २०२३ मा बिस्तारै कम हुनेछ । तर अझै पनि असाधारण रूपमा उच्च रहन्छ । किनभने ब्याज दरहरूमा तीव्र वृद्धिको परिणामस्वरूप कडा वित्तीय अवस्थाहरूले परिणामहरू बिस्तारै दिन्छन् ।

यदि युरोपमा जाडोयाम सामान्य भन्दा बढी भएमा खराब स्थिति हुनसक्छ । त्यस्तो अवस्थामा भूमिगत ग्यास भण्डार समाप्त हुनेछ र ऊर्जाको मूल्यहरू बढ्नेछ । अभाव र औद्योगिक पक्षघातलाई बढावा दिनेछ।

“यसले धेरै देशहरूलाई सन् २०२३ मा पूर्ण-वर्षभरि मन्दीमा धकेल्नेछ” ओईसिडीले भनेको छ ।

यस संस्थाले मस्कोको शीर्ष राजस्वको स्रोत मध्ये एक, रूसी तेल विरुद्ध प्रतिबन्ध हुनाले प्रत्याशित भन्दा बढी विघटनकारी साबित हुनसक्ने सम्भावनाको चेतावनी पनि दिएको छ ।

ईयु-व्यापी प्रतिबन्ध वर्षको अन्त्यमा लागू हुनेछ । त्यसपछि रसियाली कच्चा र परिष्कृत उत्पादनहरू बजारबाट प्रति दिन करिब २० लाख ब्यारेल बाहिरिने छ ।

यदि रूस यी आपूर्तिहरू अन्य क्षेत्रहरूमा पुन आपूर्ति गर्न असमर्थ भएमा अन्तर्राष्ट्रिय मूल्यहरू माथि उठ्नेछ र पहिले नै अस्थिर रहेको ऊर्जा आपूर्ति श्रृंखलाहरूमा थप दबाब थप्नेछ ।

“यस वर्ष विश्वव्यापी अर्थतन्त्रले गति गुमाएको छ” प्रतिवेदनमा उल्लेख छ।

रुस र जर्मनी मन्दीतर्फ अग्रसर

प्रतिवेदनमा विश्लेषण गरिएका सबै देशहरूमध्ये, रूस सबैभन्दा बढी प्रभावित छ । पश्चिमी प्रतिबन्धहरूबाट अभूतपूर्वरुपमा प्रभावित रुस सन् २०२२ मा ५ दशमलव ५ प्रतिशत र सन् २०२३ मा ४ दशमलव ५ प्रतिशतले संकुचन हुने अनुमान गरिएको छ ।

यसैबीच, जर्मनीमा यस वर्ष एक दशमलव दुई प्रतिशतले बढ्ने तर अर्को वर्ष शुन्य दशमलव सात प्रतिशतले घट्नेछ। मन्दीको डर ठूलो छ । जर्मनी यस वर्षको सुरुसम्म रूसी ग्यासको ठूलो उपभोक्ता थियो र अब वैकल्पिक आपूर्तिकर्ताहरू खोज्न चर्को मूल्य चुकाउनुपर्ने छ ।

“जर्मन अर्थतन्त्रको लागि मन्दीको संकेत बढ्दै गएको छ” जर्मनीको केन्द्रीय बैंक बुन्डेसबैंकले गत हप्ता भनेको छ ।

मन्दीलाई कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) मा लगातार दुई चौथाई गिरावटको रूपमा परिभाषित गरिएको छ ।

ओईसिडीको अध्ययन अनुसार अन्य युरोपेली अर्थतन्त्रहरू तुलनात्मकरुपमा सकारात्मक छन् । फ्रान्स, इटाली र स्पेनले २०२३ मा क्रमशः शुन्य दशमलव छ प्रतिशत, शुन्य दशमलव चार प्रतिशत र एक दशमलव पाँच प्रतिशतले सामान्य वृद्धि दर बनाउने छन् । त्यसको मतलब तिनीहरू पनि एक बिन्दुमा मन्दीमा पर्न सक्छन् तर अझै पनि मध्यम खालको सकारात्मक वृद्धिसहित वर्षको अन्त्य हुनेछ।

यूरोजोनमा सन् २०२२ मा ३ दशमलव १ प्रतिशत र सन् २०२३ मा शुन्य दशमलव ३ प्रतिशतले आर्थिक विस्तार हुनेछ। मुद्रास्फीति अर्को वर्ष औसत ६ दशमलव २ प्रतिशतले हुनेछ । यो युरोपेली केन्द्रीय बैंकले तोकेको २ प्रतिशत लक्ष्यभन्दा तीन गुणा बढी हो ।

यदि ऊर्जा संकटले अझ खराब मोड लिएमा यी निराशावादी अनुमानहरू बिग्रन सक्ने उल्लेख गरिएको छ ।

“महत्वपूर्ण अनिश्चितताले अनुमानलाई सहि बनाउन भूमिका खेलेका छन् । विशेष गरी ग्यासको कारण थप गम्भीर इन्धन अभावले २०२३ मा युरोपको वृद्धिलाई थप १ दशमलव २५ प्रतिशत अंकले घटाउन सक्छ” ओईसिडीले भनेको छ ।

सोमबार दिउँसो युरोपेली संसदको अगाडि बोल्दै युरोपेली केन्द्रिय बैंककी अध्यक्ष क्रिस्टिन लागार्डले पनि चेतावनी दिईन् “अनिश्चितता उच्च छ । दृष्टिकोण अँध्यारो हुँदैछ । हामीले आगामी त्रैमासिकहरुमा गतिविधि पर्याप्त ढिलो हुने अपेक्षा गरेकाछौं ।”

युरोपेली युनियन भन्दा बाहिर ओईसिडीले अमेरिकामा अर्को वर्ष शुन्य दशमलव ५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको जनाएको छ । तर बेलायतमा शुन्य प्रतिशत रहने छ । जसको मतलब न त विस्तार हुनेछ न संकुचन हुनेछ।

जापान, क्यानडा, अर्जेन्टिना, ब्राजिल, दक्षिण अफ्रिका र मेक्सिको सबैमा २ प्रतिशत भन्दा कम हुने छ ।

विश्व अर्थतन्त्रको चालक मानिने चीनले कडा शून्य-कोविड नीति अपनाइरहेको छ । सन् २०२२ मा ३ दशमलव २ प्रतिशतले विस्तार गर्ने छ र त्यसपछि २०२३ मा ४ दशमलव ७ प्रतिशतले गति लिनेछ।

अर्कोतर्फ, साउदी अरेबियाले आर्थिक उतारचढावको फाईदा उठाएको देखिन्छ । किनभने यो देश ऊर्जाको उच्च मूल्यले उत्साहित छ । तेलको धनी यो मुलुकमा यो वर्ष झण्डै १० प्रतिशत र अर्को वर्ष ६ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

समग्रमा विश्व अर्थतन्त्र सन् २०२२ मा ३ प्रतिशत र २०२३ मा २ दशमलव २ प्रतिशतले वृद्धि हुने ओईसीडीले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक