शनिबार, वैशाख ८, २०८१

युरोपको भिसा गुपचुप सिफारिस गरिएको एनआरएनए युरोपद्वारा स्विकार

सन्तोष न्यौपाने / बेल्जियम२०७९ असोज १३ गते १:०५

 

“अनलाईन पोर्टल बनायो, जे मन लाग्छ लेख्दियो । समाजलाई कस्तो असर गर्छ हेक्का पनि छैन । न कुनै सेन्सर गर्ने निकाय, न कसैको रोकतोक। स्वार्थी झुण्ड त्यसकै पछिपछि…। वा रे दुनियाँ ।”

एनआरएन बेल्जियमका उपाध्यक्ष तीर्थ धमलाले फेसबुकमा व्यक्त गरेको यो विचारले एनआरएन सम्बन्धि समाचार प्रकाशित पछि पदाधिकारीमा परेको असरलाई प्रस्ट पार्छ । एउटा उपाध्यक्षले आफ्नै संस्थाको गतिविधि माथि पारदर्शिता देखाउनुको साटो अनलाईनमा प्रकाशित समाचार विरुद्ध सामाजिक सञ्जालमा यसरी विचार व्यक्त गरेका हुन्।

एनआरएनए युरोप संयोजकद्वयको बिज्ञप्ति

केही दिन अगाडि नेपाल प्लसमा “एनआरएनए बेल्जियमद्वारा १६ जनाको भिसा माग्दै जर्मन दुतावासमा गुपचुप आबेदन” प्रकाशित समाचार पछि एनआरएन बेल्जियममा हंगामा मच्चिएको थियो । त्यसपछि बेल्जियम शाखाका कम्जोरीलाई ढाक्ने उद्देश्यले एनआरएनए युरोप संयोजकद्वय चिन्तामणि सापकोटा र सन्तोष भट्टराईले संयुक्त विज्ञप्ति निकालेर समाचारको पुष्टि गरे । बिज्ञप्ती अघि त्यसलाई ढाकछोप गर्न खोजिएको थियो । विज्ञप्तिमा केन्द्रको अनुरोधमा बेल्जियमले निमन्त्रणा पत्र पठाएको उल्लेख छ । तर निमन्त्रणालाई समाचार प्रकाशित हुनु अघि गुपचुप राखिएएको थियो । निमन्त्रणाका लागि भिसा माग गरिएका ब्यक्तिहरु बारे एन आर एन ए बेल्जियमको कार्य समितिमा छलफलनै नबहेको यस अघि कार्य समितिकै पदाधिकारीहौर्ले बताएका थिए ।

विज्ञप्तिमा समाचारले जनमानसमा भ्रम छरेको तथा सत्यता नभएको उल्लेख छ। तर युरोपका लागि भिसाको आबेदन दिएर किन गोप्य राखिएको थियो भन्ने चाहिं बिज्ञप्तीमा खुलाइएको छैन । कार्यसमितिका लागि थाहा नै नदिइकन एनआरएन बेल्जियमले निमन्त्रणा पत्र किन पठाएको हो र युरोप संयोजकद्वयले किन त्यसको ढाकछोप गर्न खोजेका हुन् ? यसले झनै शंका उत्पन्न गराइदिएको छ । मानव तस्करीको सन्जाल फिंजिएको र पटक पटक यस्ता विषय चर्चामा आइरहेकै बेला किन युरोप संयोजकहरुले एनआरएनए बेल्जियमको बचाउ गर्न बिज्ञप्ती जारि गरे ? किन एनआरएनए केन्द्रनै यसमा मुछियो ? यो गुपचुप भिसा आबेदनमा एनआरएनए युरोपनै संलग्न त थिएन ? बिज्ञप्तीले त्यहि शंका उत्पन्न गराइदिन्छ ।

विज्ञप्तिमा एनआरएनएलाई बदनाम गराउने भन्ने उल्लेख छ । तर लुकिछिपी किन भिसा आबेदन गरियो, किन कार्य समितिमा छलफल गरिएन र किन अहिलेसम्म सार्वजनिक गरिएन भन्ने चाहिं खुलाएका छैन।

यदि एनआरएन बेल्जियमको वर्तमान कार्यसमतिले साँच्चै आफूलाई अब्बल देखाउन चाहने हो भने विगत देखि अहिलेसम्म संस्थाको निमन्त्रणा वा स्पोन्सरबाट को को आए भन्ने विवरण सार्वजनिक गर्नुपर्ने बेल्जियमका धेरै नेपालीले आवाज उठाउँदै आएका छन् ।

त्यसैगरि नेपालप्लसमा समाचार प्रकाशित भएपछि एनआरएन बेल्जियमका पूर्व कार्यसमितिका एकले गत वर्ष एनआरएन बेल्जियमले ८० जनालाई निमन्त्रणा गरेको सूचना दिएका थिए । यसबारे अध्यक्ष खड्ग केसीलाई सम्पर्क गर्दा आफूहरुलाई १३ जनाको सूची उनले आएको बताए । उनले संजिव भट्टराई मार्फत कुरा आएको र पछि शंकास्पद रहेको भन्दै निमन्त्रणा नगरेको पनि प्रस्ट पारे ।

तपाइँको प्रतिक्रिया

फेसबुक