सोमबार, मंसिर १९, २०७९

‘चार वर्ष सँगै बस्न पाईन, मृत्युपछि भएपनि एक घण्टा सँगै बस्न चाहन्छु’

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज १३ गते ३:२८

स्वर्गिय सानुमाया मोक्तान

अघिल्लो सोमवार फ्रान्समा नेपालको संविधान दिवश मनाईरहेका बेला एउटा दुखद घटना फैलियो- ‘नेपाली एक चेलीले आत्महत्या गरिन्’ भन्दै । पोर्चुगलबाट पेरिसको लाकुर्नवमा आएको २८ औं दिनमा सर्लाहीकी सानुमाया मोक्तानले आत्महत्या गरेको सार्वजनिक भयो । सानुमायाले टिकटक र फेसबुक लगायतका समाजिक सन्जालमा आफ्नो परिचय सुमी तामाङ लेख्ने गरेकि थिइन् । उनको शब अहिलेसम्म नगरपालिकाको शवग्गृहमा राखिएको छ ।

मृतकका आफन्तको परिचय खुल्न नसकेको र सम्पर्क ब्यक्ति नभएकालेपनि शव शवगृहमा राखिएको हो । तर अहिले मोक्तानका पती र उनको परिवारसँग सम्पर्क भएको छ । उनका पती केशव श्रेष्ठ हाल दुबाइमा छन् । उनले त्यहिंबाट आफ्नी पत्नीको शव नेपाल ल्याइदिन सहयोगको लागि नेपाली दुतावास, फ्रान्सका संघसंस्थासित आग्रह गरेका छन् ।

नेपालप्लससितको सम्पर्कमा निकै दुखित र भावुक बनेका केशव श्रेष्ठले भने “मैले चार वर्ष भयो मेरी पत्नीलाई नभेटेको, नदेखेको । यतिका समय सँगै बस्न पाइन । मैले उनीसित धित मर्नेगरि बोल्नपनि पाइन । मृत्युपछि भएपनि एक घण्टा मात्रै होस् म सँगै बस्न चाहन्छु । कृपया उनको शब नेपाल पठाइदिनुहुन मेरो आग्रह छ ।”

यस्तो छ घटना

हेटौंडा नगरपालिकाका केशव श्रेष्ठ र सानुमाया मोक्तानबिच करिब नौ वर्ष अघि विवाह भएको थियो । शुरुमा उनीहरुले हेटौंडामा काम गर्दै थिए । न्युन परिवारका उनीहरु आर्थिक अभावले काठमाडौं गएका थिए । परिवार धान्न मुस्किल भएपछि दम्पत्तीकै सल्लाहमा सानुमायाले आफ्नी छोरी घरमा छोडेर गलैंचा कारखानामा काम गर्थिन् । पती छोरीको हेरचाह गर्थे ।

आफ्नी पत्नीलाई काम गर्न कठिन भएको र छोरीलाई हेरचाह नपुगेको, पतीपनि बेरोजगार हुनुपरेकाले घर धान्न मुस्किल भयो । त्यसपछि दम्पत्तीकै सल्लाहमा पती दुबाई गएका थिए । उनका पती दुबाईमै कार्यरत छन् । मासिक तलब ३० हजार भएपनि कोठाभाडा, फोन र खानपानमा १० हजार लाग्ने र २० हजार मात्रै बचत हुने शिव श्रेष्ठले सुनाए ।

पती बिदेश गएपनि मासिक २० हजारले परिवार धान्न गाह्रो भएपछि उनकी पत्नी सानुमाया ऋणधन गरेर ओमान गईन् । तर ओमानमा धेरै घण्टा काम गर्नुपर्ने र धेरै श्रम शोषण भएको गुनासो गरेपछि सानुमाया तीन महिनामै नेपाल फर्किएकि थिईन् । तोकिएको समय भन्दा अगाडिनै नेपाल फर्किएकाले सानुमाया मोक्तानसित कम्पनीले दुई लाख क्षतिपूर्ति गराएको थियो । सल्लाहमै ऋणधन गरेर उक्त क्षतिपूर्ति गरेका थिए । ओमान जाँदा उनले आफ्नी छोरी माईतमा छोडेकि थिईन् ।

तर नेपाल फर्किएपछि सानुमाया आफैंले युरोप जाने बारे सोचिन् । छ वर्षिया छोरीलाइ उनले फेरि आफ्नो माईतमा छोडेकि थिईन् । कुनै एजेन्ट, दाललमार्फत् एक वर्ष अघि उनी पोर्चुगल गएकि थिईन् । करिब एक वर्ष पोर्चुगलमा काम गर्ने र आवाशीय भिसाकालागि आबेदन दिने काम फत्ते गरेकि थीईन् ।

तर पोर्चुगल बसाईकै क्रममा उनको एक जना पेरिस निवासीसित सम्पर्क भएको र ति ब्यक्तिले पेरिसमा काम लगाइदिने आस्वाशन दिएपछि उनी पोर्चुगलबाट पेरिस जहाजमै आएकि थिईन् । एक जना नेपालीको घरमा बस्दै आएकि थिईन् । उनले सानोतिनो काम पनि गरिरहेकि थिईन् ।

उनका पती केशव श्रेष्ठले आत्नी पत्नीसित गत सेप्टेम्बर १८ तारिख आइतवारपनि सानुमाया सित कुराकानी भएको बताए। कुराकानीको क्रममा सानुमायाले आफ्नो पतीलाई “बुढा, मैले फ्रान्समा कागज पाउनकोलागि निबेदन दिएकि छु । तपाईको र छोरीको नामपनि लेखेकि छु । कागज दियो भने तपाई र छोरीपनि अौन पाउनुहुन्छ, अनि सबै परिवार यतै सँगै बस्न पाइन्छ” भनेर सुनाएको केशब श्रेष्ठले स्मरण गरे ।

कुराकानीका क्रममा केशव श्रेष्ठ आफूलाइ अर्काको शव जलाएको देख्दा सधैं दुख र डर लाग्ने गरेको तर अब आफ्नै पत्नीको शव जलाएको कसरि हेर्ने होला भन्दै भक्कानिए ।

उनले सुनाए ‘मैले अरुको लास जल्दा हेर्न सक्थिन । डर र दुख लाग्थ्यो । अब आफ्नै पत्नीको शव जलाएको हेर्नुपर्ने भयो । कसरि हेर्ने ?”

प्राथमिक शिक्षा मात्रै लिएकि उनकी पत्नीले एक्कासी सबै आफैंले सोधखोज गरेर पोर्चुगल पुगेको सुनाउँदा पती श्रेष्ठ चकित परेका थिए ।

“मेरो बुढीले खासै पढेको थिएन । तर कसरि युरोप जस्तो ठाउँमा जान सबै मिलाई भनेर म चकित परेको थिएँ । नपढेपनि उनी एकदमै मेहनति र चलाख थिईन्” उनले स्मरण गरे ।

घटना शंकाको घेरमा

यो घटनालाई आत्महत्या भनिएपनि उनका पतीले यसमा शंका गरेका छन् । उनको भनाईमा उनकी पत्नी एकदमै बलियो मानसिकता भएकि, दुखमा कत्ति नडराउने र संघर्ष गर्दै आएकाले युरोप आइसकेपछि आत्महत्या गरेको भन्ने विश्वाश गर्न गाह्रो भएको बताए ।

आत्महत्या गरेको भनिएको अघिल्लो दिनपनि आफ्नो पतीसित सामाजिक सन्जालमा कुरा गर्दै उनले युरोपमा सपरिवार भेट्ने प्रसंग सुनाएकि थिईन् ।

उनले भने ‘ढाकाको खादा लगाएर सानो रुखमा झुण्डिएको भनिन्छ । त्यस्तो अप्रिय निर्णय गर्ने मनमा भए पोर्चुगलमा गर्न सक्थिन । पोर्चुगलमा एक्लै संघर्ष गरेर एक वर्ष बसेको मान्छेले पेरिस पुगेको २८ दिनमा किन ? अघिल्लो दिन मात्रै मसित छोरी र तपाईपनि अौन पाउनुहुन्छ, सँगै भईन्छ किन भनिन् ? खुशिसाथ कुरा गरेको भोलिपल्टै त्यस्तो निर्णय गरिन् भनेर मलाई पत्याउन गाह्रो भएको छ ।”

त्यसो त, पेरिसका बिभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक ब्यक्तित्व र सर्वसाधारण नेपालीपनि उनको आत्महत्या हो वा होइन भन्नेमा बिभाजित धारणा राखेका छन् ।

कतिपयले आत्म हत्यानै हो भनेका छन् भने कतिपयको धारणा आत्महत्या हुननसक्ने भन्ने छ । विहान तीन बजेसम्मपनि सानुमाया मोक्तान जागै भएको, विहान सात बजे मात्रै घटना भएको भनिएको, ढाकाको सल प्रयोग गरिएको आदि कारणले यो आत्महत्या हुन नसक्ने तर्क केहि नेपालीले गरेका छन् ।

शब पठाइदिन बिन्ति

स्वर्गिय सानुमाया मोक्ताङका पती केशव श्रेष्ठले आफू न्युन परिवारको भएको, दुबाईमा न्युन कमाईको पेशा गर्दै आएको, नेपालमा सात वर्षिय छोरी रहेको र अझै ऋण तिर्नुपर्ने भएकाले पत्नीको शव नेपाल झिकाउन आफ्नो आर्थिक हैशियत नभए बताए ।

उनले चार वर्ष देखभेट हुन नपाएको र लामो समय छुट्टिएर बसेकाले शवभएपनि एक छिन हेर्ने आफ्नो ईच्क्षा रहेकाले शव नेपाल पठाइदिने ब्यवस्था गरिदिन नेपाली दुतावास, नेपाली संघसंस्था र नेपालीहरुसमक्ष बिन्ति गरेका छन् ।

“मेरो आफ्नै ऋण छ । उता नेपालमा छोरी छन् । म दुबाईमा ३० हजार रुपैयाँको जागिर गर्छु । मेरो पत्नीको शब नेपाल झिकाउने मेरो आर्थिक हैशियत छैन । दुतावास र नेपाली दाजुभाई दिदीबहिनीलाई मेरो बिन्ति छ, कृपया मेरो पत्नीको शव नेपाल पठाइदिनुस् । म शव सित होस् एक घटामात्रै भएपनि सँगै बस्न चाहन्छु, सँगै रुन चाहन्छु । मेरो सबैभन्दा दुख लागेको मैले धित मर्नेगरि बोल्नपनि पाइन ।”

दुबाईमा रहेका उनले आफ्नो पत्नीको शव नेपाल गएमा बिदा लिएर केहि दिनकालागि नेपाल पुग्ने बताए । उनलाई पेरिसस्थित गैर आवाशीय नेपाली संघ (एनआरएनए) फ्रान्स र अन्य संस्थाका नेपालीले सम्पर्क गरेको बताए । उनले आफ्नी पत्नीको शब नेपाल पठाइदिन आग्रह गर्दै पेरिसस्थित नेपाली दुतावसमा बुधवार निबेदनसमेत दिएका छन् ।

सत्यतथ्य बुझ्न यस कारण अप्ठेरो

सानुमाया मोक्तान पेरिस आएको जम्मा २८ दिन भएको थियो । त्यसबिचमा उनका कागजपत्रहरु अन्य नेपालीको पहुँचमा पुगेको थिएन । घटना हुनासाथ आएका प्रहरीले त्यहाँ भएका सबै कागजपत्र लगेका थिए । नेपालीहरुसित कागजपत्र नहुनाले उनको परिवार वा उनको जिम्मेवारी लिनसक्ने आफन्त कोहि नभेटिएपछि घटनाको सत्य तथ्यबारे बुझ्न नसकिएको भनाई नेपालीहरुको छ । अनुसन्धानका लागि सोधखोजमा जान प्रहरी समक्ष आधिकारिक ब्यक्तिका रुपमा कोहिपनि नभएकाले घटना बारे थप जाँचबुझ नभएको नेपालीहरुले बताएका छन् ।

दिदीबहिनी समुहलाई सम्पर्क गर्न आग्रह

बिभिन्न मुलुक, परिवेश, दुख सुख र कठिनाईका साथ फ्रान्स आइपुगेका नेपाली दिदीबहिनीहरुले पेरिस स्थित नेपाली दिदी बहिनी समुहलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

फ्रान्समा आएपछि धेरै कस्ट हुने, आफ्ना कठिनाई सुनाउने, बिभिन्न समस्याका बारेमा जानकारि नहुनाले त्यस्ता दिदीबहिनीहरुलाई सहयोग गर्न पेरिसका नेपाली महिलाले दिदीबहिनी समुह खोलेका हुन् । उनीहरुले आफूलाई परेका समस्या बताउने, मनको दुख पोख्ने, सम्पर्क गर्ने, दिदीबहिनीका साझा समस्या मिलेर समाधान र समस्यामा परेकालाई सहयोग गर्ने उद्देश्यले अनौपचारिक रुपमा दिदीबहिनी समुह खोलेको समुहकी जिता कटुवालले बताईन् ।

“कोहिपनि नयाँ दिदी बहिनी पेरिस आउनुभयो भने हामीलाई सम्पर्क गर्नुस् । मनमा लागेका कुरा, दुख र पीडा, समस्या नहिच्किचाइकन भनुन्, हामी सबै मिलेर सकेको मद्दत गर्छौं” उनले भनिन् “दुख पर्‍यो भन्दैमा कसैलेपनि हतारमा अप्रिय निर्णय नगरुन्, हामी ति दुखका कुरा सुन्ने र सकेसम्म सहयोग गर्ने छौं ।”

बेलैमा जानकारि पाउन नसक्दा, आफ्नै दिदीबहिनीहरुसित सम्पर्क नगर्दा र आफ्ना समस्या नसुनाउँदा अप्रिय घटना सुन्नुपरेको र त्यसले सबै दिदीबहिनीहरुको मन पोलेको भनाई उनको छ ।

तपाइँको प्रतिक्रिया