शुक्रबार, वैशाख १४, २०८१

एनआरएनएको शुल्क नतिर्ने केन्द्रिय उपाध्यक्ष, सचिव, प्रवक्तासहित तीन दर्जन बढी, उमेदवारी दस्तुर नतिर्ने १४ जना (सूचीसहित)

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असोज १३ गते २०:४९

गैर आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन भएको छ महिना पुग्दापनि केन्द्रिय सदस्य दस्तुर नतिर्नेमा एनआरएनए केन्द्रिय उपाध्यक्ष, उपमहासचिव, सचिव र प्रवक्तासहित २८ जना छन् भने १४ जनाले निर्वाचनको मनोनयन दस्तुर समेत तिरेका छैनन् ।

एनआरएनएको आन्तरिक रिपोर्टका अनुसार रकम नतिर्नेमा केन्द्रिय उपाध्यक्ष जयप्रकाश गुरुङ, युवा उपाध्यक्ष हिमाल गुरुङ, उपमहासचिवहरु डा देवी गुरुङ, गणेश केसी, नारायण काफ्ले र ओम गुरुङ छन् । त्यस्तै आठ् जना सचिव अभिमानसिं बस्नेत, चिरन्जिवी घिमिरे, गंगाधर गौतम, गोबिन्द गौतम, खगेन्द्र नेउपाने, प्रमोद सिटौला, राजन् त्रीपाठी र शंकर खड्कालेपनि तिरेका छैनन् ।

हेर्नुस् २८ जना केन्द्रिय, आई एस पदाधिकारीको सूची

त्यसैगरि सहकोषाध्यक्षहरु दिपक शर्मा, होमनाथ शर्मा, कृष्ण तिम्सिना, मिलन छन्त्याल र यज्ञ सुबेदीलेपनि केन्द्रिय सदस्य बापतको दस्तुर नबुझाएका हुन् ।

रिपोर्टका अनुसार महिला सहसंयोजक यमुना भट्टराई र योगिता थापालेपनि दस्तुर तिर्न बाँकि छ । तर योगिता थापाले भने यस अघिनै आफू हालको कार्यकारी समितिमा नबस्ने जानकारि गराइसकेको बताइएको छ ।

रिपोर्टमा केन्द्रिय प्रवक्ता शिव कुमार बरुवाललेपनि रकम नतिरेको उल्लेख छ । एनआरएनएका नियम र बिधानको पालना गर्नुपर्ने लगायतका सूचना र खासगरि प्रेस बिज्ञप्तीहरुमा दुबै प्रवक्ताले दस्तखद गर्दै प्रचार सार्वजनिक गर्नेगरेका छन् ।

संवन्धित : एनआरएनएकै पदाधिकारीहरुले तिरेनन् दुई करोड २८ लाख, विधानत ५० प्रतिशत भन्दा बढी पदधारी अवैधानिक

युवा संयोजक रबीन खड्का, महिला संयोजकद्वय बिमला सापकोटा र संगिता मरहट्टा, तीन जना क्षेत्रीय संयोजक कृष्णदत्त भट्ट, राज कुमार थापा र दण्डपाणी कँडेललेपनि हालसम्म दस्तुर नतिरी बसेका छन् ।

केन्द्रिय सदस्य बनेबापतको दस्तुर माथि उल्लेखित सबै ब्यक्तिले जनहि डेढ लाख रुपैयाँका दरले नतिरेका हुन् । यि २८ जनाले रकम नतिर्दा एनआरएनएको थिति, पद्दती र आर्थिक पारदर्शितामा धक्का लागेको छ भने संस्थालाई ४२ लाख रुपैयाँ घाटा परेको छ ।

उम्मेदवारीको मनोनयन दस्तुर नतिर्ने १४ जना

मनोनयन दस्तुर नतिर्नेको सूची

गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन भएको छ महिना बित्दापनि महाधिवेशनमा उम्मेदवारीबापतको दस्तुर १४ जनाले तिरेका छैनन् । त्यसरि मनोनयन दस्तुरसमेत नतिर्नेमा अफ्रिका क्षेत्रीय संयोजक कृष्णदत्त भट्टको रु तीन लाख पचास हजार छ । क्षेत्रीय उपसंयोजक (बोत्स्वाना), युवराज नेउपाने (कोरिया) रमेश भट्ट (कतार), सन्तोस कुँवर (अष्ट्रेलिया), घनश्याम सापकोटा (न्युजिल्याण्ड) को रु साँढे दुई लाखका दरले साँढे १२ लाख रुपैयाँ उठ्न बाँकि छ ।

त्यसैगरि तीन जना क्षेत्रीय महिला संयोजक बन्दना कोइराला (अमेरिका), वर्षा खड्का (नेदरल्याण्ड्स) र सरिता भण्डारी (कतार) ले जनहि साँढे दुई लाखका दरले साँढे सात लाख तिरेका छैनन् ।

त्यस्तै, क्षेत्रीय युवा सहसंयोजक बालकृष्ण मरासिनी (युएई) ले साँढे दुई लाख तिर्न बाँकि छ । दुई क्षेत्रीय महिला सहसंयोजक खुस्बु घिमिरे (नाईजेरिया) र सुनिता थापा (जर्मनी) को जनही दुई लाखका दरले रु चार लाख चुक्ता भएको छैन ।

क्षेत्रीय युवा सहसंयोजक एर्साद अहमेद (अष्ट्रेलिया) ले तिर्नुपर्ने रु दुई लाख दस्तुरपनि बाँकिनै छ ।

आन्तरिक सूची अनुसार महिला सह कोषाध्यक्ष योगिता थापा (बेल्जियम) लेपनि रु चार लाख तिर्न बाँकि छ । तर थापाले भने आफू हालको कार्य समितिमा नबस्ने भन्दै पत्राचार गरिसकेको केन्द्रिय पदाधिकारीहरुले बताएका छन् ।

पटक पटक ताकेता, हात लाग्यो शुन्य

यसरि उम्मेदवारी बापत र केन्द्रिय सदस्य बनेबापतको दस्तुर तिर्न एनआरएनएका तीन कोषाध्यक्षहरुले पटक पटक लिखित जानकारि मार्फत् आग्रह गर्दै आएका छन् । हरेक अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आई एस) र केन्द्रिय बैठकमापनि उक्त रकम तिर्नुपर्ने बारे आग्रह गरिंदै आएको छ । तरपनि केन्द्रिय पदाधिकारी, आइएस पदाधिकारी, केन्द्रिय सदस्य, क्षेत्रीय शाखाका पदाधिकारीहरुले रकम नतिरेका हुन् ।

मुलत यो आन्तरिक रिपोर्ट एनआरएनएको केन्द्रिय सचिवालयले तयार पर्छ र केन्द्रिय कोषाध्यक्षहरुसमक्ष प्रतुत गर्ने गर्छन् । त्यसलाई केकसरि सार्वजनिक गर्ने भन्ने काम केन्द्रिय कोषाध्यक्षहरुको हो ।

केन्द्रिय कोषाध्यक्षहरुले उक्त रिपोर्ट केन्द्रिय, आइ एस र संवन्धित ब्यक्तिहरुसमक्ष पठाउने गरेका छन् । बैमनस्यता होला, साथीहरुको बेईजत होला र चर्को दबाब पर्ला भनेर रिपोर्ट सर्वसाधारणकालागि सार्वजनिक हुन्न । तर केन्द्रिय पदाधिकारी, अन्तर्राष्ट्रिय सचिवालयका करिब ५० जनाकहाँ मंगलवार पुगेको यो रिपोर्ट नेपालप्लसले अन्तर्राष्ट्रिय सचिवालयका पदाधिकारीमार्फत् फेला पारेको हो ।

तपाइँको प्रतिक्रिया