बिहीबार, वैशाख १३, २०८१

पटाक्षेप

ईशा शाह२०७९ असोज २२ गते ९:०९

(अघिल्लो अर्थात् चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्)

ईशा शाह

परिवेशले स्कुटर समी बस्दै आएको घरको चोकमा रोकेपछि अविजितले स्कुटरबाट ओर्लिंदै भने,
“तिमी स्कुटर सुरक्षित ठाउँमा राखेर आउ, म भित्रको अवस्था के रहेछ हेर्दै गर्छु ।”
“हस्” भन्दै परिवेशले स्कुटर अघि बढाए ।
अविजित घर भित्र पसे । कोठामा सामान लठिबद्र थियो ।
“विक्रम !” मटानमा उभिएर अविजितले समीको बुवालाई बोलाए ।
“हजुर काजी म यता छु ।”
“कता, ए ! अनि यो डोरी कसले काट्यो ?” भूईंमा लम्पतार परेको समीको लाश हेर्दै अविजितले विक्रमसँग सोधे ।
“छोरीले बिहान समयमा ढोका नखोलेपछि सुमित्राले दुईचारचोटी कराई । खुलेन त्यसपछि झ्यालबाट हेर्दा झुण्डिएको देखेपछि कोकोहोलो मच्चाई, उ रोईकराई गरेको सुनेर सबै जम्मा भए र ढोका फोडेर…… !”

“अनि सुमित्रा र अरु बच्चाहरु …….. !”
“भित्र होलान् ।”
“आत्मा हत्या नै हो त ?”
“हो काजी, पत्रमा सबै कुरा लेखेको छ” विक्रमले भने ।
“के लेखेको छ पत्रमा ?” परिवेशले कोठा भित्र पस्दै सोधे ।
“ए, काजी पनि आउनु भएको रहेछ, आयाम भन्ने केटोसँग त्यसको उठबस रहेछ, हजुरहरुको घर जाने क्रममा …… ! हजुर आफैं पढ्नुहोस् पत्र, म त कुरा पनि बुझ्दिनँ ।”
“कहाँ छ पत्र ?”
“ए सुमित्रा, काजीहरु आउनु भएको छ” विक्रमले भित्र हेर्दै कराए ।
“अब के गर्ने बुवा ? पुलिस केस गर्ने कि यिनलाई लगेर घाटमा सेलाउने हो ?” परिवेशले सोधे ।
कुन्नी विक्रम के भन्छ ?”
“के भन्नु ? छिमेकीले डोरी काटेर छोरीको लाश भूईंमा लडाएको आफ्नै आँखा अगाडी हो, तब के भनेर पुलिस केस गर्नु काजीसाहब ?” विक्रमले निरीह अनुहार लगाउँदै भने ।

“त्यसो भए यसरी राखेर भएन म शव वाहन बोलाउँछु ।” अविजितले ज्याकेटको खल्तिबाट मोवाईल निकाल्न खोज्दै भने ।
“एकछिन बुवा, पहिला समीको पत्र पढौं अनि त्यसपछि के गर्ने भन्ने निर्णय गरौंला ।” परिवेशले भने ।
“सुमित्रा बाहिर आईन, उसलाई गाह्रो भएको छ त्यसैले हजुरहरु नै भित्र जाउँ काजी” भन्दै विक्रम सकपकाए ।

“होईन दाई तपाईं बस्नु होस् म जान्छु” भन्दै परिवेश भित्र पसे ।
दुईवटा साना भूराहरुलाई काखमा च्यापेर सुमित्रा रोईरहेकी थिईन् । परिवेशलाई देखेर सुमित्राले धोतीको फेरले आँसु पुछिन् ।
“भाउजू, समीले लेखेको पत्र बुवाले हेर्न खोज्दै हुनुहुन्छ, कहाँ छ ?” परिवेशले सोधे ।
“उ त्यहिं छ, बुद्धि पुगेन र गाली गरें, यस्तो भयो, म त सबैतिर अँध्यारो देख्दैछु काजी” भन्दै सुमित्रा रुन थालिन् ।

“हुने हार दैब नटार भन्छन् । तब मन बलियो नबनाई सुखै छैन त्यसैले नरुनु भाउजू” भन्दै परिवेश बाक्सा माथि भएको पत्र बोकेर बाहिर निस्किए । परिवेशको हातबाट पत्र लिएर अविजितले पढिसकेपछि विक्रमसँग सोधे, “को हो यो आयाम भन्ने मान्छे ? यसले त प्रमेशलाई …. ! आत्माहत्याको कारण मोवाईल हराएको भन्दा पनि …..! को हो विक्रम यो आयाम भन्ने मान्छे ?”

“खोई काजी म पनि राम्ररी चिन्दिनँ, समीको कलेज बसको सहचालक रे भन्नेसम्म सुनें, अरु त …..! “
“कतिसम्मको रहेछ त ! त्यसले त प्रमेशलाई षड्यन्त्रको शिकार पो बनाउन खोजेको रहेछ । यसलाई त यहि पत्रको आधारमा प्रहरीमा जाहेरी दिएर कार्यवाही अघि बढाउँ कि के हो म ?” अविजितले भने ।

“खोई त बुवा म पनि ……!” भन्दै परिवेशले अविजितको हातबाट पत्र लिए ।
“अब जे गरे पनि आफ्नी छोरी फर्किएर आउन्न त्यसैले म त ….!”
“ही कुरा खुलेर भन्न नसकेको कारण समीले आत्मा हत्या गरिछ, त्यसलाई त्यसै छोडे त्यसले फेरि अरुलाई पनि आफ्नो षड्यन्त्रको शिकार बनाउन सक्छ त्यसैले ….!” परिवेशले विक्रम र अविजित दुवैलाई हेर्दै भने ।

“खोई काजी कसो गर्ने हो हजुरहरुले जान्नु म त केही पनि जान्दिनँ” विक्रमले भने ।
“यो त सोझै आपराधिक गतिविधि देखियो विक्रम, कार्यवाही नभए पनि आयाम उपनामधारी खलासीले कसैलाई प्रयोग गर्दाको परिणाम कस्तो हुन्छ थाहा पाओस् ।”
“पोस्टमार्टम लगायत अन्य लफडामा परिन्छ भन्ने पिरलो हो नत्र त …..! “
“त्यो त हुन्छ नै, त्यसैले पहिला हामी दुबैले आज अफिस नआउने कुराको जानकारी गराऔं अनि त्यसपछि म प्रहरीलाई खबर गर्छु । प्रहरीले भने अनुसार गरौंला ।”
“खबरले के होला र जाहेरी नदिई त्यसै त …… !”

“होईन म साथीलाई फोन गर्छु उसले के भन्छ त्यही अनुसार गरौं” भन्दै परिवेश मोवाईलमा नम्बर सर्च गर्दै चौरतिर लागे ।
केहिबेरपछि उनी फर्किएर अविजित भए ठाउँमा आए ।
“कुरा भयो ?” अविजितले सोधे ।
“भयो, आउँदै छन् ।”
“सकेसम्म यतैबाट टुंग्याउनु पर्छ है ।”
“म नि त्यही सोच्दैछु । तर निवेश भन्दै थियो पोष्टमार्टम लगायत अन्य परिक्षण भयो भने आरोपीलाई कार्यवाही गर्न सजिलो हुन्छ ।”
“तर काजी ….. !”
“के काजी ? तिमी चुप लागेर बस, नघट्नु पर्ने घटना घटिसक्यो अब पिडकलाई खुलेआम हिंड्न दिंदा अरु घटना पनि घटाउन मद्दत पुग्छ त्यसैले….. !” अविजितले विक्रमको अनुहार हेर्दै भने ।

“नहुनु भईहाल्यो अब यो सब गरेर फाईदा के हुन्छ काजी ?”
“तिमी जस्तो अरु बरबाद हुन्नन्” अविजितले भने ।
उनीहरु यस्तै कुरा गर्दै थिए । प्रहरीको भ्यान उनीहरु नजिकै आएर रोकियो ।

क्रमश :

तपाइँको प्रतिक्रिया