बिहीबार, चैत १५, २०८०

ढुकुरको चुम्बन

फोटो- ददि सापकोटा२०७९ असोज २२ गते २०:०५

फ्रान्सको राजधानी पेरिसबाट करिब आठ सय कि.मी. दक्षिणमा पर्छ निस शहर । यहाँको एक अस्पत्तालमा एक जना नेपाली बिरामीलाई भेट्न जाँदा केहिबेर अस्पत्ताल बाहिरै कुर्नुपर्ने भयो । केहिबेरमा एउटा कुर्ली ढुकुर भुर्र उडेर साईनबोर्डमाथि बस्यो । अर्को कुर्ले ढुकुरपनि साथ लाग्न आयो । सँगै बस्यो । केहिबेरमा पोथीको नजिक नजिक, नजिक नजिक जान थाल्यो । पहिले घाँटी, गर्धनतिर हल्का हल्का ठुँग्यो । पोथीले सन्चो माने झैं गर्न लागेपछि घाँटी, त्यसपछि घाँटीबाट अलि माथि अलि अझै माथि चुम्बन गर्दै गयो । पोथीले जति स्विकारोक्ति गर्दै गई उति भालेले मुखतिर चुम्बन सार्दै लग्यो । बिस्तारै मुखमा चुम्बन दिन थाल्यो । केहिबेरमा पोथीलेपनि चुम्बन दिन थाली । अब भाले र पोथी दुबैका कुरा मिले सायद । दुबैले पालै पालो चुम्बन दिने, अँगालोमा बेरिन थाले । छिनछिनमा आँखा चिम्म गरेर चुम्बन दिए । यो चर्तिकला निकैबेर जारि राखे ।

तपाइँको प्रतिक्रिया

फेसबुक