शुक्रबार, वैशाख १४, २०८१

रोमानियामा मृत्युभएका दहालको शव नेपाल पठाउन आर्थिक सहयोगको अपिल

नेपालप्लस प्रतिनिधि / बुखारेस, रोमानिया२०७९ असोज २३ गते ८:२०

मृतक यम प्रसाद दहाल

रोमानियामा मृत्यु भएका झापा निवासी यम प्रसाद दहालको पार्थिव शरिर नेपाल पठाउन आर्थिक समस्या भएपछि रोमानिया बस्ने नेपालीहरुले आर्थिक संकलन अभियान शुरु गरेका छन् ।

गत अक्टोबर ३ तारिखका दिन झापा जिल्लाको दमक घर भएका ४५ बर्षिय यम प्रसाद दहालको हृदयाघातको कारणले मृत्यु भएपछि उनको शव नेपाल पठाउनलागि रोमानियाका नेपालीहरुले आर्थिक सहयोग अभियान शुरु गरेका हुन् ।

उनलाई हृदयाघात भएपछि तत्कालै अस्पताल भर्ना गरिएको थियो । एक हप्ता सम्म उपचार गर्दापनि नभएपछि अक्टोबर ३ तारिख सोमबारका दिन उपचार कै क्रममा मृत्यु भएको थियो ।

रोमानियामा नेपालीहरुको संख्या बढ्दै जाँदा नेपाली समुदाय माझ एक पछि अर्को दु:खद खबर आइरहेको छ । यस्ता दु:खद घटना र खबरले नेपालीहरुलाई स्तब्ध बनाइरहेको छ । यस अघि पनि यहाँ विविध घटनामा परी केही नेपाली युवाहरुले अकालमा ज्यान गुमाएका थिए ।

यसरी ज्यान गुमाएका नेपालीहरुको शव नेपाल पठाउन पनि आर्थिक समस्या पर्ने गरेको छ । यस्तो अवस्थामा रोमानियामै कार्यरत नेपालीहरुकै पहलमा आर्थिक सहयोग संकलन गरि शवलाई नेपालमा रहेका मृतकका परिवारसम्म पुर्‍याउने ब्यवस्था गर्दै आएका छन् ।

संकलन भएको रकमलाई मृतकको शव पठाउँदासम्म लाग्ने खर्च कटाएर बचेको रकम मृतकका परिवारलाई आर्थिक सहयोगका रुपमा पठाउने गरिएको छ ।

रोमानियाका नेपालीहरुले दिएको जानकारि अनुसार यम प्रसाद दाहाल विगत १३-१४ महिना अगाडि रोजगारका लागि रोमानिया आएका थिए । आएको केही महिना पछि आफू कार्यरत रहेको कम्पनी छाडेर अर्को कामको खोजीमा रहँदारहँदै उनी अबैधानिक समेत भैसकेको भनाई नेपालीहरुको छ ।

मृतक यम प्रसाद दहालको परिवारिक अवस्था नाजुक रहेको भन्ने खबर प्राप्त भएकाले रोमानियामा रहेका नेपाली दाजुभाइ दिदिबहिनी, संघ संस्थाहरु समक्ष उनको शवलाई नेपाल पठाउन आर्थिक सहयोगको अपिल गरिएको हो ।

यस दु:खद घडीमा मृतकका परिवारलाई थोरै भए पनि आर्थिक सहयोग होस भन्ने उद्देश्यले शनिबारदेखि केही दिनका लागि आर्थिक सहयोग संकलन अभियान शुरु गरिएको छ ।

रोमानिया वा अन्य देशमा रहेको भएपनि आफ्नो तर्फबाट सकेको आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । यो आर्थिक सहयोग अभियानकालागि त्यहाँका नेपालीले रोमानियामै रहेका केहि व्यक्तिहौर्को नाम र सम्पर्कका लागि फोन नंबरसमेत दिएका छन् ।

सहयोगका लागि तल रहेका व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नुहुन्छ

• रोमानियाका लागि अवैतनिक वाणिज्य दूत-नवराज पोखरेल : 0 730 071 950

• खगेन्द्र अधिकारी (एनआरएनए रोमानिया) : 0 730 176 925
• ल्हाक्पा तेन्जी लामा ( पत्रकार ) : 0771026870
• युवराज लामिछाने (तपाईहरुकै मान्छे) : 0 721 158 475
• फुर्साङ लामा (नेपाली समाज रोमानिया ) : 0 754 706 618
• आलोक साह (नेपाली समाज रोमानिया) : 0 761 146 064
• शोभा मानन्धर (नेपाली समाज रोमानिया ): 0 799 395 884
• तेन्जी शेर्पा ( पि.के. टिभी ) : 40 735 142 674
• बिजय कुवर ( मोना रोमानिया ) : 0 753 522 412

तपाइँको प्रतिक्रिया