शनिबार, वैशाख ८, २०८१

फ्रान्सले पूर्वी युरोपमा सैन्य उपस्थिति बढाउने, रुसमा २,००० मानिस बिजुलीबाट बञ्चित

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज २५ गते २२:२२

Image Credit-wikipédia.com

फ्रान्सले लिथु आनिया, रोमानिया, इस्टोनिया लगायतका पूर्वी युरोपमा सैन्य उपस्थिति बढाउने भएको छ ।

फ्रान्सले पूर्वी युरोपको लिथुआनियामा थप राफेल लडाकु विमानहरू र रोमानियामा थप सशस्त्र सवारी साधन र ट्याङ्कहरू तैनाथ गर्ने योजना बनाएको फ्रान्सको रक्षा मन्त्रालयले मंगलवार सार्वजनिक गरेको हो । युक्रेनमा युद्ध तीव्र हुँदै गएको बेला फ्रान्सको रक्षा मन्त्रीको कार्यालयले मंगलबार पूर्वी युरोपमा सैन्य उपस्थिति बढाउने भएको हो ।

फ्रान्सले पूर्वी युरोपको इस्टोनियामा थप स्थल सेना तैनाथ गर्ने योजना पनि बनाएको छ । रक्षा मन्त्री सेबास्टियन लेकोर्नुले सेनाको मस्यौदा बजेट सांसदहरूलाई प्रस्तुत गरेपछि रक्षा मन्त्रालयको एक विज्ञप्तिमा उल्लेख गरिएको हो ।

यसैबिच युक्रेनसँगको सिमानामा रहेको बेलगोरोडको दक्षिणी क्षेत्रका एक रुसी अधिकारीले मंगलबार कीभका सेनाले गरेको हमलाका कारण २,००० मानिस बिजुलीबाट बञ्चित भएको बताएको युरोन्युजले उल्लेख गरेको छ ।

“युक्रेनी सशस्त्र सेनाले शेबेकिनोको सबस्टेसनमा गोली चलाएको छ। अहिले २,००० भन्दा बढी बासिन्दाहरू बिजुलीबाट काटिएका छन्। त्यहाँ कुनै पनि पीडित वा घाइते छैनन्,” क्षेत्रका गभर्नर भियाचेस्लाभ ग्लाडकोभले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक