बिहीबार, वैशाख १३, २०८१

आर्थिक समस्याले बहुमूल्य वस्तु धरौटी राखेर ऋण लिंदै जर्मनहरु

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज २७ गते १९:४८

रुस-युक्रेन युद्ध पछि जर्मनीमा मुद्रास्फिति ज्यादै बढेपछि जर्मन नागरिकहरुले आफ्ना बहुमूल्य वस्तुहरु धरौटीमा राखेर नगद उधारो लिन थालेका छन् ।

सेप्टेम्बर महिनामा जर्मनीमा मुद्रास्फिति १० प्रतिशतले बढेको थियो । मुद्रास्फितिसँगै बस्तुहरुको मूल्य तिब्र बढेपछि आफ्ना बहुमूल्य वस्तुहरु धरौटीमा राखेर जर्मनहरुले नगद रकम लिन थालेका हुन् । बहुमूल्य वस्तुहरु धरौटीमा राखेर नगद उधारो दिनेहरु (प्यान ब्रोकर) हरु हाल जर्मनीमा मालामाल हुन लागेको रिपोर्टहरुमा उल्लेख छ ।

जर्मनीमा मुद्रास्फीति उच्च भएपछि प्यान ब्रोकरहरूले त्यहाँ अभूतपूर्व माग देखिरहेका छन्।

युक्रेनमा भएको युद्धले ऊर्जाको मूल्यलाई उच्च स्तरमा पुर्‍याएको छ । सेप्टेम्बरमा जर्मनीको वार्षिक मुद्रास्फीति दर १० प्रतिशत पुग्यो।

लामो समयदेखि जर्मनीको प्राकृतिक ग्यासको मुख्य आपूर्तिकर्ता रहेको रुसले जुनमा मुख्य नर्ड स्ट्रिम १ पाइपलाइनबाट आपूर्ति घटाउन थाल्यो । र अगस्टको अन्त्यमा आपूर्ति पूर्ण रूपमा बन्द गरिदियो ।

प्यानब्रोकर निकोलस बोडेले जर्मनहरूको बढ्दो संख्याले नगद ऋणको लागि बहुमूल्य सामानहरू आदानप्रदान गरिरहेको बताएका छन् ।

“बैंक जस्तै, प्यानशप देशको आर्थिक अवस्थाको सूचक हो” उनले मेडियाहरुसित भने।

कर्जाको पूर्ण भुक्तान भइसकेपछि मात्र ब्याज र भण्डारण शुल्क सहित ग्राहकले आफ्नो सम्पत्ति फिर्ता लिन सक्छन्।

यदि ऋण फिर्ता गरिएन भने प्यान ब्रोकरले वस्तु बेच्नसक्छ र बिक्रीबाट आएको पैसा राख्न सक्छ । तर जोखिम उच्च हुँदाहुँदैपनि व्यापार फस्टाउँदै गएको छ ।

“हामीले यस्तो वृद्धि कहिल्यै देखेका थिएनौं” बोडेले भने “हामीसँग प्रायः वित्तीय संकटको समयमा धेरै ग्राहकहरू थिए । तर अहिले जस्तो धेरै होइन । यो वास्तवमै कठिन आर्थिक समय हो ।”

तपाइँको प्रतिक्रिया