शनिबार, वैशाख ८, २०८१

नेपाली खेलाडी समावेश गराएकाले एनआरएनएले जितेको खेल उल्टियो

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असोज २९ गते १९:३३

फोटो साभार- नेपालसिटीन्युज

नवौं राष्ट्रिय खेकुद प्रतियोगितामा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली खेलाडी समावेश गराएकाले प्रदेश एकसित जितेको खेल बदर हुँदै एनआरएनए पराजित हुनुपरेको छ ।

गत विहिवार नवौं राष्ट्रिय खेलकुद औपचारिकरुपमा शुरु नहुँदै खेलिएको खेलमा एनआरएनएको नाममा नेपाली खेलाडीहरु खेलाएको भन्दै बिरोध भएको थियो । गैर आवासीय नेपालीका नाममा नेपाली खेलाडी समावेश गराएको भन्दै प्रदेश एकले एन्फामा उजुरि हालेको थियो । सोहि उजुरीको शनिवार सुनुवाई प्रदेश एक का पक्षमा भएपछि एनआरएनएले प्रदेश एकलाइ जितेको नतिजा उल्टिएर एनआरएनएको हार र प्रदेश एकको जित भएको घोषणा गरिएको हो ।

संवन्धित : नेपालका खेलाडी लिएर एनआरएनए फूटबल, शुरुमै विवाद

विमल घर्तिमगर, संजोग राईसहित अनन्त तामाङ, सुजल श्रेष्ठ, पुजन उपरकोटी, निशान खड्का, अशोक खवास लगायत खेलाडी एनआरएनएबाट खेलाएपछि प्रदेश एकले अखिल नेपाल फुट बल संघ (एन्फा) मा प्रोस्टेट अर्थात् आधिकारिक उजुरि दर्ता गराएको हो । नेपाली खेलाडी समावेश गराएर खेलाएपछि प्रदेश एकको बिरोधका कारण विवाद भएको थियो । सोहि विवादका कारण खेल समय घटाएर खेलाईएको थियो ।

उक्त खेलमा बिमल घर्तिमगर र संजोग राईले एक एक गोल गरि प्रदेश एकलाई पराजित गरेका थिए । तर उनीहरुको उजुरि सुनुवाई भएपछि एनआरएनएको जित उल्टिएर पराजित भएको हो ।

राष्ट्रिय खेलको समुह एमा रहेको एनआरएनएले अब गण्डकी प्रदेश बिरुद्द खेल्ने छ । तर उसले अब नेपाली खेलाडीबिना खेल्नुपर्ने छ ।

एनआरएनएको परिभाषा र एन्फाको नियमबिरुद्द गएर खेलाडी छनौट गरिएको, जितेको खेल उल्टिएको र एनआरएनएको बेइज्जत गरिएको भन्दै एनआरएभित्रै केहिले बिरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक