शनिबार, वैशाख ८, २०८१

विश्वकै सर्वाधिक ठूलो पार्टीको २० औं महाधिवेशन शुरु : चीनको भविष्य र विश्व अर्थतन्त्रको संकेत कोरिंदै

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असोज ३० गते २१:३९

Photo-Xinhua News Agency

चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को महाधिवेशन आइतबार बेइजिङमा सुरु भएको छ । माओ त्सेतुङपछि लगातार तीन कार्यकाल सेवा गर्ने सी जिनपिङलाई यस महाधिवेशनले चीनको पहिलो नेताको रूपमा पुष्टि गर्ने कार्यक्रमको अपेक्षा गरिएको थियो।

अक्टोबर १६ मा सुरु भएको २० औँ चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को महाधिवेशन विश्वको सबैभन्दा ठूलो राजनीतिक पार्टीको महाधिवेशन मात्रै होइन कि उत्सवपनि हो । यो पार्टीमा चीनभर ९ करोड ६० लाख सदस्यहरू छन् । यद्यपि, सबैको नजर एउटै व्यक्तिमा छ: चिनियाँ नेता सी जिनपिङ ।

महाधिवेशनमा पारित गरिने निर्णयहरूले विशेष गरी प्रधानमन्त्री ली कियाङको भाग्य कता जाने वा कुन हैसियत दिने भन्ने प्रस्ट्याउने छ । सीले शक्तिको केन्द्रीकरण र चीनको आर्थिक नीतिहरूको दिशालाई जारी राख्ने योजना बनाएका छन् कि छैन भनेर संकेत समेत गर्ने छ।

चीनिया राष्ट्रपती सि जिनपिङले यति धेरै जिम्मेवारी लिने र शक्ति केन्द्रित गरेका छन् कि यि दर्जनौं नीतिहरू मध्ये कुनै आगोको तप्कामा परेमा जिम्मेवारीबाट बच्न उनलाई सहज हुनेछैन । त्यसैले त्यो शक्तिको सहि उपयोग र आफ्ना जिम्मेवारी पुरा गर्नपनि सिले धेरै अधिकार आफ्नो हातमा पार्ने अनुमान गर्न सकिन्छ ।

ठूलो अनिकाल र सांस्कृतिक क्रान्ति दुवैको अध्यक्षता गर्ने माओ त्सेतुङको मृत्युको भयावहता पछि देङ सियाओपिङको नेतृत्वमा सिसीपीले सन् १९८२ मा आफ्ना नेताहरूका लागि दुई कार्यकालको सीमा तोकेको थियो। सीले सन् २०१८ मा यो नियमलाई खारेज गरेर आफ्ना लागि बाटो खोले । उनको दोस्रो कार्यकाल २०२३ मा समाप्त हुँदैछ । त्यसपछि अनिश्चितकालका लागि शासन गर्न यस्तो प्रावधान गरिएको भनिंदै छ । उनले के गर्छन् भन्ने हेर्न बाँकिनै छ ।

महाधिवेशनमा कडा सुरक्षा

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनका नेताले महाधिवेशन सुचारु रूपमा चल्ने सुनिश्चित गर्न सम्भव भएका सबै प्रयास गरेका छन्। महाधिवेशनको सुरक्षाकालागि लक्षित गर्दै बेइजिङमा जुन महिनादेखिनै सबै विशेष सुरक्षा उपायहरू अपनाईएको थियो ।

चीनको राजधानीको सार्वजनिक सुरक्षा उल्लंघन गरेको आरोपमा एक लाख भन्दा बढी मानिसहरू पक्राउ परेका छन्। यो प्रचारमा निकै कम आएको छ । पस्चिमी मेडियाहरुले भने उल्लेख गरेका छन् । पस्चिमी मेडियाहरु यसैपनि चीन, चिनिया राजनिति र नेताप्रति सधैं आलोचनात्मक द्रिष्टी राख्छन् ।

चीनको राजधानी बेइजिङमा रहेका ठूला कम्पनीका कर्मचारीहरूलाई चिनीया कम्युनिस्ट पार्टीको महाधिवेशन अवधिभर सहर छाड्न अनुमति छैन। पानीको बोतल बोकेका आगन्तुकहरूले खतरनाक तरल पदार्थ बोकेका छैनन् भनेर प्रमाणित गर्न प्रहरी अधिकारीहरूको अगाडि चुस्की लिनुपर्छ।

चिनियाँ इन्टरनेट सेन्सरहरूले अक्टोबर १३ मा बेइजिङमा भएको दुर्लभ विरोधबारे सबै लुकाए, हटाए । त्यस दिन “तानाशाह र देशद्रोही सी जिनपिङ सत्ता छोड्” भन्ने लेखिएको ब्यानर पुलबाट देखाइएको थियो । त्यस ब्यानर कुनैपनि सार्वजनिक सन्जालमा राखिएको भएपनि हटाईयो ।

सीले महाधिवेशनमा हुने घोषणाहरूको अन्तिम रिहर्सलका लागि केन्द्रीय समितिका सबै सदस्यहरूलाई अक्टोबर ९ मा भेला गरेका थिए । महाधिवेशनमा के पारिद गर्ने भन्ने पहिलेनै तय गरिएको र महाधिवेशनमा सिको रबर स्ट्याम्बका रुपमा उनका प्रस्तावलाई मान्यता दिईनेछ भनेर आलोचना गर्नेहरुपनि छन् ।

तर समर्थकहरुको भनाई अलग छ । महाधिवेशनमा बिभिन्न एजेण्डामाथि ब्यापक छलफल हुने छ । अक्टोवर नौ मा केन्द्रिय समितिका सबैलाई सिले बोलाएर बैठक गर्नु गलत भन्न मिल्दैन । किनभने एजेण्डाहरुका विषयमा पूर्व तयारि र छलफल हुनु सामान्य हो ।

सिसीपीको महाधिवेशन चीनको लागि चट्टानी अवधि पछि आएको भनिएको छ । त्यसका धेरै उदाहरण छन्- विगत वर्षमा चीनले कोरोना महामारीको बेला धेरै महँगो शून्य-कोविड नीति ल्यायो । त्यसपछि चीन-अमेरिकी तनाव, फेरि बेइजिंग र मस्को बीचको सम्बन्धले चीनको महत्वपूर्ण समय बित्यो । फेरि भ्लादिर पुटीनले युक्रेनमा आक्रमण गरेपछि रूसको चौतर्फी निन्दा भैरहेका बेला चीनले सकेसम्म तटस्थत निति वा युक्रेन र रुस युद्दका बारेमा नबोल्ने निति देखाएको छ । र यसमाथिपनि आलोचना भैरहेको छ । ताईवानमाथिको समस्याले चीनलाई धेरैनै गम्भिर र सचेत बनाएको छ । किनभने ताईवानको समस्यासँगै चीन-अमेरिकी संवन्धमा फेरि तनाव देखापरेको छ । त्यसैले यो चीनकालागि महत्वपूर्ण समय हो ।

चीनिया राष्ट्रपती सि जिनपिङले यति धेरै जिम्मेवारी लिने र शक्ति केन्द्रित गरेका छन् कि यि दर्जनौं नीतिहरू मध्ये कुनै आगोको तप्कामा परेमा जिम्मेवारीबाट बच्न उनलाई सहज हुनेछैन । त्यसैले त्यो शक्तिको सहि उपयोग र आफ्ना जिम्मेवारी पुरा गर्नपनि सिले धेरै अधिकार आफ्नो हातमा पार्ने अनुमान गर्न सकिन्छ । समग्रमा हेर्दा महाधिवेशनले सिसीपीमा सीको पकडलाई बलियो बनाउनेछ । यो महाधिवेशनले देखाउने छ- सबै समस्या, जोखिम र जिम्मेवारीका बावजुद सी अझै पनि धेरै शक्तिशाली छन् ।

त्यसो त, त्यो एक खाले अनुमान र आँकलन हो । खासमा यो महाधिवेशनबाट के निस्कन्छ भनेर भविष्यवाणी गर्न धेरै गाह्रो छ । किनकि सीपीपी पार्टी उति पारदर्शी छैन । पार्टीमा सीको नेतृत्व एकाधिकारी जस्तो छ । कम्युनिस्ट पार्टी न हो, यति अपारदर्शी छ कि यत्रो महाधिवेशनमा खास के भैरहेको छ, एजेण्डा के हुन्, के विषयमा छलफल र बहस हुँदै छ भनेर मेसो पाउनपनि गाह्रो छ । अर्थात् पारदर्शी तरिकाले सार्वजनिक गरिएको छैन ।

अघिल्लो सीसीपी महाधिवेशन अघि चिनियाँ विशेषज्ञहरू पार्टी भित्र कसको प्रवेश हुनेछ र को बाहिर हुनेछ भविष्यवाणी गर्न रमाइलो गर्थे। सत्ताका लागि विभिन्न दलका गुटहरू झडप हुँदा अक्सर कोही माथि पर्थे । कोहि तल पर्थे, कोहि थोरै ओरालो लाग्थे । त्यो बेला ओरालोमा रहेको सङ्केत गर्ने कार्यपत्रहरू चुहिन्थ्यो। अहिले त्यस्तो छैन ।

सीले महाधिवेशनमा हुने घोषणाहरूको अन्तिम रिहर्सलका लागि केन्द्रीय समितिका सबै सदस्यहरूलाई अक्टोबर ९ मा भेला गरेका थिए । महाधिवेशनमा के पारिद गर्ने भन्ने पहिलेनै तय गरिएको र महाधिवेशनमा सिको रबर स्ट्याम्बका रुपमा उनका प्रस्तावलाई मान्यता दिईनेछ भनेर आलोचना गर्नेहरुपनि छन् ।

Photo source- China Daily

महाधिवेशन सकिएपछि भने चीनको भावी दिशाका बारेमा केही संकेतहरू सतहमा देखापर्ने छन् । महाधिवेशनको कार्यतालिकाको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको २५ पोलिटब्युरो सदस्यहरू प्रस्तुत हुँदापनि चीनको सर्वोच्च निर्णय गर्ने निकायकै निर्णय लागु हुनु हो । यसले देशको निर्णय कसले गर्छ, देश कता कसको नेत्रित्वमा चल्छ भन्ने संकेत गर्छ ।

यसको अर्थ पोलिटब्य्रुरोहरुलाई छलफल गर्नै दिईएन भन्ने लगाउनपनि सकिंदैन । तिनले चाहेकै सिकै नेत्रित्व, सिकै कार्यपत्रको समर्थन पनि त हुनसक्छ । किनभने ति २५ पोलिटब्युरोको असन्तुस्टि र फरक मत बाहिरिएको छैन ।

यस महाधिवेशनमा लगभग आधा सिटहरू परिवर्तनको लागि छन् । पदाधिकारीहरू ६८ वर्षको उमेर सीमामा पुगेका छन्। त्यसपछि सीले समितिमा कति बफादारहरुलाई प्रवेश गराउन सफल हुन्चन् भन्ने देखिने छ ।

पोलिटब्युरोको संरचनाले सीसँग युद्धाभ्यासको लागि कति ठाउँ छ, सिसित कतिले टक्कर दिन सक्छन्, टक्कर दिने हैशियत राख्छन् वा खोज्छन् भनेरपनि देखिने छ ।

विश्लेषकहरू भन्छन्, सीको भक्तिमा स्पष्ट रूपमा एकजुट भएको पार्टीको सतह मुनि दुई थोरै असहमत गुटहरू छन्। एउटा भनेको ९६ वर्षीय जियाङ जेमिन (सन् १९९३ देखि २००३ सम्मका चिनियाँ राष्ट्रपति) द्वारा समर्थित सांघाई गुट हो जसले थप आर्थिक सुधारहरू चाहन्छ। अर्को कम्युनिष्ट युवा गुट हो, जसले नेतामाथि पार्टीको अग्रताको रक्षा गर्छ । अर्थात् नेतामुखि होइन पार्टीमुखि, निजि मुखि हुनुपर्छ भन्छ ।

सिसीपीमा प्रधानमन्त्री ली क्वायाङको भूमिका महत्वपूर्ण र रोचक हुने छ । उनी हाल ६७ वर्षका छन् । सेवानिवृत्तिको उमेर पुग्न एक वर्ष बाँकि छ । र सीले आफ्नो प्रभावलाई न्यूनीकरण गर्न सबै काम गरेका छन् । यदि सीले लीलाई आफ्नो कुनै वफादार व्यक्तिबाट प्रतिस्थापन गराउन सफल भएनन् भने गाह्रो पर्नसक्छ । सिले आफ्नो पक्षमा यथास्थितिलाई हल्लाउन नसकेको सङ्केत मानिने छ ।

चिनियाँ अर्थतन्त्र विश्वव्यापी अर्थतन्त्रमा यसरी एकीकृत हुँदा, सीको गल्तीले चिनियाँ अर्थतन्त्रलाई अस्थिर बनाउन सक्छ । विश्वका धेरैजसो भागहरूमा ठूलो असर पार्न सक्छ ।

यदि महाधिवेशनपछि पनि ली अझै शक्तिको माथिल्लो श्रेणीमा राखिए भने यसको मतलब चीन सीको आर्थिक एजेन्डाबाट थोरै टाढा जानसक्छ जसले विकासमा शून्य-कोविड नीतिलाई प्राथमिकता दिएको थियो । अलिबाबा र टेन्सेन्ट जस्ता टेक्नोलोजी टाइकुनहरूलाई दबाउने छ ।

स्पष्ट रूपमा मानिसहरूले सन् २०१० को शुरुमा “लिकोनोमिक्स” को बारेमा चर्चा गरेका थिए। खासमा लीको आफ्नै आर्थिक विचारहरू छन् । यदि सीले उनलाई छुटकारा दिलाउन सकेनन् भने यसको मतलब सीसीपीले सुस्त विकासको बीचमा विभिन्न फरक आर्थिक नीतिहरू प्रयास गर्न चाहन्छ। त्यसको माध्यम ली बन्ने छन् ।

खासमा भन्ने हो भने सिका धेरै जिम्मेवारी र शक्तिको पहुँच भएकाले सीसीपी र चीनको निकट भविष्यका लागि उनले आफ्नो नेतृत्वलाई पुन: पुष्टि गर्न एकल र सबैभन्दा महत्त्वपूर्ण परिणाममा केन्द्रित छन् ।

यसको मतलब आलोचकहरुले जेसुकै भनेपनि चीनको भविष्य सीले बनाउने सहि नितिहरुमै निर्भर हुने छ । सिका नितिहरु अहिलेसम्म सकारात्मक देखिएका छन् । सिका नितिलाई तर्क र युक्तिसंगत टक्कर दिन सकेको पनि देखिंदैन । त्यसैले सिको नितिमाथि बिरोध गरिहाल्न सहजपनि देखिन्न ।

चिनियाँ अर्थतन्त्र विश्वव्यापी अर्थतन्त्रमा यसरी एकीकृत हुँदा, सीको गल्तीले चिनियाँ अर्थतन्त्रलाई अस्थिर बनाउन सक्छ । विश्वका धेरैजसो भागहरूमा ठूलो असर पार्न सक्छ । र चीन बाहिर कसैले पनि सिलेजति धेरै अहिलेको अवस्थामा गर्न सक्नेपनि देखिंदैन । त्यसकाबारेमा सि सचेत देखिन्छन् । चिनीया जनता र सिसीपीपनि सचेत देखिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक