शुक्रबार, वैशाख ७, २०८१

नेपालका नेता बोलाएर बेलायतमा दशैं तिहार शुभकामना

नेपालप्लस संवाददाता / बेलायत२०७९ असोज ३१ गते २०:३७

बेलायतको प्रवाशी नेपाली मञ्च (ओएनएफ) ले नेपालका नेताहरु बोलाएर दशैं तिहार शुभकामना आदानप्रदान गरेको छ ।

ओएनएफको दशैं तिहार शुभकामना उद्घाटन गर्न राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालाई बेलायतमा निम्ता गरिएको हो ।

ओएनएफ युकेको दशैं तिहार शुभकामना साँझ उद्घाटनको लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र एमाले नेता पुष्प तिमल्सिना बेलायत आएका हुन् ।

सोमबार विहान बेलायतको हिथ्रो बिमानस्थलमा अध्यक्ष तिमल्सिना र पुष्प तिमल्सिनालाई स्वागत गर्न बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, ओएनएफ युकेका अध्यक्ष तुंग भद्र भुसाल, दुतावासका प्रवक्ता रोशन खनाल पुगेका थिए ।

तिमल्सिनालाई स्वागत गर्न विमानस्थलमा ओएनएफ युकेका नेताहरुको ठूलै भिड जम्मा भएको थियो । तिनमा बालकृष्ण भुसाल, भीमलाल भट्टराई, गंगा क्षेत्री, अलकल जंग लामा, सरस्वती केसी, भुपेन्द्र पाठकलगायतका नेताहरु थिए ।

तिमल्सिनाद्वय सोमवार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुने कार्यक्रम छ ।

शुभकामना साँझमा नेपालबाट आएका कलाकारहरु सँगै स्थानीय कालाकारको पनि सहभागीता रहने ओएनएफले जनाएको छ ।

प्रवाशी नेपाली मञ्च (ओएनएफ) प्रवाशमा गठन भएको नेकपा एमालेको जनवर्गिय संगठन हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक