शुक्रबार, वैशाख १४, २०८१

दमित इच्क्षा पुरा गरिदिने रोजीको त्यो प्रस्ताव

शशि ढकाल / कोपनहेगन, डेनमार्क२०७९ कार्तिक १ गते ०:०५

मौसम सारै चिसो छ, डेनमार्कको ठाउँ । सोड़ काफेसँगै बसेकी रोजले भनी । हामी कोपेनहेगनको मुटु भेस्ट्रोपोर्टमा रहेको ब्यारस्सो कफी सेन्टरमा बसेका थियौं । ‘यस प्लिज’ मैले भनें । सोड़ काफेको अर्थ हुन्छ कालो कफी । त्यसो त, हाम्रो अफिसमा अंग्रेजी बोल्ने हामी दुइजना मात्र छौं । अरु सबै डेनिस भाषानै बोल्छन । तर पनि डेनिस भाषामा दैनिक प्रयोग हुने निकै चलन चल्तीका शब्दहरु चाही अंग्रेजीको बिचमा नचाहँदा नचाहँदै पनि घुस्छ । जस्तै : सोड़काफे, स्टो वा लिट सानो वा ठुलो, कमनु-चाँडै आउ, अन्स्कुल्ड-भेस्को ।

यहाँपनि त्यस्तै मात्र हो, नत्र हामी दुवै जनालाई फिट्टीकै डेनिस भाषा बोल्न आउँदैन । शायद त्यहि भएर होकी उ र म चाहिं अलि नजिक भएका छौं । उ अर्थात् मसँगै कफी पिउन बसेकी रोज । आइसल्याण्डबाट सुखद भविष्यको खोजी गर्दै डेनमार्क पसेकी । भविष्यको सपना अमेरिका गएर शेटल हुने । तर कसरी थाहा छैन ।

हामी नेपाली मात्र हैन, यूरोपेली मुलुक प्राय गरि कम आय भएका मुलुक र यूरोपका साना तिना तर कम कमाइ हुने देशका मानिसहरु पनि अमेरिका-क्यानाडा वा अस्ट्रेलियामा सेटल हुने सपना पाल्दा रहेछन । त्यसका लागि केसम्म गर्दा रहेछन भन्ने उदाहरण हो । वा मेरो लागि जान्ने किताब नै हो रोज |

मलाई रक्सी र गाजा पीए पछि त्यस्तो गर्न मन लाग्छ । कहिलेकाहीँ त निकै वाइल्ड हुन पनि मन लाग्छ । म रक्सी र गाँजा खासै पिउँदिन । तर पिएपछि आइ डोन्ट नो के हुन्छ मलाई नै थाहा हुँदैन, बट आइ इन्जोय ईट ।’

हाम्रो अफिसमा पोस्टबक्समा खसेका चिट्ठीहरु खोल्ने पहिलो काम मेरो हो । हरेक दिन मैले पोस्टबक्स खोल्नुपर्छ । अनगिन्ती चिट्ठीहरु आएका हुन्छन, तिनको थान्कोपान्को लगाउनुपर्छ | ति चिट्ठीहरु सम्बन्धित ब्यक्तिमा पुर्याउने काम पनि मेरै हो अर्थात् ति चिट्ठीहरु कसको नाममा आएका हुन्छन ति ब्यक्तिहरुले चिट्ठी प्राप्त गर्नु पूर्व चिट्ठीको विषय अनुसार मैले चिट्ठी छुट्याउनुपर्ने हुन्छ । तिनलाई मैले आफ्नो कम्प्युटरमा दर्ता गरेपछि विषय अनुसारको छुट्टै चिट्ठी राख्ने र्याकमा राखिदिनु पर्छ ।

यहाँ पाठकहरुलाई लाग्न सक्छ, यो इमेलको जमानामा यूरोपको बिकसित देशमा चिट्ठी त्यो पनि ब्यवस्थापननै गर्नुपर्ने गरि अचम्म छ नि हैन ? नेपालमा भए हुलाकको के विश्वास ? हामीले आफ्नो जिन्दगिमा नेपालमा सायदै कुनै चिट्ठी पाएका हौंला हुलाक मार्फत । तर डेनमार्कमा सबैभन्दा विस्वासिलो, भरपर्दो संचार नै हुलाक हो । डेनमार्कमा तपाई रजिस्टर भएको दिन देखि तपाई यत्ति चिट्ठीहरु प्राप्त गर्दै जानुहुन्छ की अचम्मनै लाग्छ । पछि पछि बानि पर्दै जान्छ । हर ब्यक्तिले यहाँ महिनामा आठ दस वटा चिट्ठी त प्राप्त गरेकै हुन्छ । सकारले पनि अब यस्ता चिठीहरु कम पठाउने हेतुले इ -बक्स भन्ने छुट्टै इमेल मार्फत कागजी झंझटको अन्त्य गर्न खोजिराखेको छ । तापनि कागजी चिठीहरु पनि आइनैरहेका छन् । अफिसको त झन् कुरै छोडौं, दैनिक कम्तिमा पनि २० वटा चिट्ठीहरु आउँछन ।

मेरो टेबलमा यी चिट्ठी बाहेक बायोडाटाका एकपन्ने चिट्ठीहरु पनि आउँछन् जुन खाम बिनाका हुन्छन । त्यसो त, अफिसको वेभपेजमा जागिर पाउँ भनेर इमेल नआउने होइन । तापनि पोस्टबक्समा समेत थुप्रै यस्ता बायोडाटा सहित जागिरका अनुरोधको पत्रहरु आउँछन् । डेनमार्कमा पोस्टबक्स वा कुनै अफिसको रिसेप्सनमा बायोडाटा छोड्ने अर्को चलन पनि छ । यहि बायोडाटामा उसको सधैं ध्यान जान्छ । कुनै अमेरिकीको बायोडाटा आयो भने त्यो उ नै लिएर जान्छे । त्यसपछि के गर्छे उही जानोस । त्यसैले पनि मसँग उसले हिमचिम बढाएकि हो ।

उ केहि पैसा कमाएर अमेरिका जाने चक्करमा डेनमार्क छिरेकी हो । त्यसो त, उसलाई यूरोपका अन्य देश जान र काम गर्न भिषा लिइराख्नु पर्दैन । तर अमेरिका जान भने भिषा लिनु पर्छ । अमेरिका जाने अनि गर्ने चाही के ? उ अन्योलमा छे । त्यसैले एउटा अमेरिकन ब्वाईफ्रेन्ड बनाउने उसको चक्कर छ र त्यसैसित अमेरिका जाने उसको उद्देश्य । यही चक्करमा उसले आइसल्याण्डको घर परिवार, ब्वाईफ्रेन्ड समेत त्यागेर यहाँ आएकी हो ।

“अनि ब्वाईफ्रेन्ड किन त्याग्यौ त ? उसँगै अमेरिका गए हुने नि ।” मेरो प्रश्न भनौं वा सुझावमा उसले कालो कफी अझ भनौं तितो कफीको (तितो यस अर्थमा कि उ कफिमा चिनी हाल्दिन ) एक चुस्की लिई र भनी ‘उसँग अमेरिका जानुको कुनै अर्थ छैन । म अमेरिका सेटल हुन जाने हो । उसँग गएर मैले अमेरिकामा कसरी सेटल हुन सक्छु ?’

अनि तिमी गोपाल अमेरिका गएकोमा त निकै गम्भिर भएकी थियौ । उसले तिमीलाई भन्दै नभनी अमेरिका गयो भन्यौ । तिमीले मसँग भनेकी थियौ ‘आइ एम जेलस विथ गोपाल’ । तिम्रो आइसल्याण्डको ब्वाईफ्रेन्डससँग अमेरिका जान नहुने अनि नेपालीसँग जान पाइन भनेर रिसाउने ? मैले कुरो अलि बुझिन नि ?’

यस्तो बिन्दास छौ, विकेन्ड तिम्रो पब, डिस्को वा नाइट क्लबमा बित्छ । शायद आजपनि यहाँ बसेर तिमी कुन बारमा जाने, विकेन्ड कसरि बिताउने भनेर सोचिरहेकी हौली हैन त ?”

हाम्रो अफिसमा आवद्द हुनु अगाडी गोपाल र रोज एकै रेस्टुरेन्टमा काम गर्थे । गोपाल कुक रोज वेटर । गोपाल मेरो साथी । उनीहरु बीच अलि घनिष्टता रहेछ । त्यसो त, कुक र वेटरबिच राम्रै सम्बन्ध हुन्छ । र त्यसले फाइदा पनि दिन्छ । उनीहरुले सँगै केहि वर्ष काम गरेछन । गोपाल फ्याट्ट अमेरिका गैदियो । कसैसँग सरसल्लाह नगरी । उसलाई डेनमार्कको भिषा समस्या पर्ला पर्ला जस्तो भएको थियो, उ अमेरिका गयो । उ अमेरिका गएपछि मात्र उसले रेस्टुरेन्ट बाटनै थाहापाई कि गोपाल अमेरिका गयो ।

उसले रेस्टुरेन्टमा काम गर्दा धेरै नेपालीहरु चिनिसकेकी थिइ । त्यसमा कतिपय त मेरै घनिष्ठ मित्रहरु पनि थिए । नेपालीहरुको आनीबानी, मिहेनती चरित्र, सहयोगी बानि अरुलाई सहयोग र हेरबिचार गर्ने स्वभाव अनि इमान्दारिताबाट उ निकै प्रभावित पनि भएकी थिइ रे ।

नेपालीहरुको नेपालीहरु बीचनै हुने घनिष्टता र एक नेपालीले अर्को नेपालीलाई गर्ने सहयोग देखेर त उ अचम्ममा नै परेकी थिइ । दुखको बेला, काम नपाएको बेला वा नयाँ आएका नेपालीहरुलाई एअरपोर्टसम्म लिन गएर घरमानै महिनौं राखी काम खोजि दिने देखि अन्य व्यवस्थासम्म गरिदिने नेपालीहरुको बानि देखेर उसलाई नेपाली बारे बुझ्ने इच्छा अझ जागेछ । त्यसपछि उसको संगत नेपालीसँग अझ बढ्दै गयो । उ अचम्म मान्दै थिइ । भाषाकै कारण एक नेपाली चाहे त्यो जुनसुकै ठाउँमा बस्ने होस् परिवार जस्तै हुँदो रहेछ । अनि यता हुने नेपालीका कार्यक्रम – भेटघाट मात्र हैन कोहि न कोहि कसै न कसैको घरमा पाहुना भैरहने हाम्रो संकृति देखेर उ जिल्ल परिछ । त्यसपछि उ नेपालीहरुका कार्यक्रममा सम्भव भएसम्म सरिक हुने, सहयोग गर्ने गर्नथाली छ ।

यसरी नेपालीहरु एक अर्कालाई वास्ता गर्ने, हेरबिचार गर्ने हुन्छन भन्ने थाहा पाउँदा हर्षित भएकी उ गोपालले यदि अमेरिका जानेकुरो उसँग गरेको भए शायद उ पनि गोपालसँगै अमेरिका जान्थि रे । किनकि गोपाललाई अमेरिकामा सेटल हुन गार्हो छैन रे । त्यहाँ उसलाई धेरै नेपालीहरुले सहयोग गर्छन रे । गोपालसँगै गएको भए उसले पनि त्यो सहयोग प्राप्त गर्थी अरे । र उ पनि सजिलै सेटल हुन्थी रे । वाफ रे वाफ नेपाली प्रति कत्रो विश्वास ….. मैले गौरब गरें, हाम्रो आफ्नो संस्कृति प्रति ।

पछि कुरोमा कुरो चल्दा उसले हाम्रो अफिसमा आएका बेला म नेपाली भन्ने थाहा पाएपछि मसँग अलि बढी संगत बढाएकी हो । गोपालको कुरा गरेकी हो । फेरी गोपाल र म चाहिं अलि मिल्ने साथी थियौं । तर मलाई गोपालले रोजको बारेमा कहिले पनि केहि भनेको थिएन । कहिलेकाहीं उसले यत्ति चाहिं भन्थ्यो ‘आइसल्याण्डमा केटीहरु मात्र हुन्छन् की क्या हो ? कत्ति आइसल्याण्डका केटीहरु काम खोज्दै आउँछन् यार रेस्टुरेन्टमा ।’

उसले हाँस्दै, मुस्कुराउँदै कान समाएर भनि ‘नाई बाबा नाई, नेपालीसँग त हुँदै हुँदैन । नेपाली केटाहरु सारै कुरा गर्छन । एक जनासँग लसपस गर्‍यो भने भोलि पल्टनै उसले सगरमाथा चढेझैँ गरि त्यो कुरा आफ्नो साथी सर्कल सबैलाई बढाई चढाई गरेर भन्दो रहेछ ।

हुन त रोज पनि हाम्रोमा वेटरनै हो । यो एउटा सफ्टवेयर कम्पनि हो । यहाँ सबै जसो डेनिसनै काम गर्छन । प्राय डेनिस नै बोल्छन । तर यहाँ काम गर्ने सबै अंग्रेजीमा पोख्त छन् । डेनमार्कमा अंग्रेजी नबोल्ने को होला र ? यहाँ जहाँसुकै पनि अंग्रेजी चल्छ र अंग्रेजी बोल्नेलाई यहाँ सम्मान नै गर्छन । भाषाको खासै समस्या हुँदैन डेनमार्कमा । त्यसैले होला, आएको दशकौं भइसक्यो, यहाँको सबै कुरामा घुलमिल भैसकियो । तर भाषा जानिएन । भनौ सिकिएन।

दैनिक आठ दस वटा मिटिंग हुन्छ हाम्रो अफिसमा । त्यो मिटिंगमा कफी, केक वा बिस्कुट र मिटिंगको स्तर हेरी बियर, वाइन वा स्याम्पेनका साथै कोल्ड ड्रिंक्स प्रस्ताव गर्ने जिम्मा रोजमा छ । मिटिंग आन्तरिक वा बाह्य जुनसुकै होस् यहाँ मिटिंग भन्नासाथ ढर्रानै ठूलो । तयारी पनि पुरै गर्नुपर्छ । मिटिंग चाहिं सार्थक हुन्छ है ! मिटिंगमा उठेका र उठाइएका एजेन्डाले भबिष्यको बाटो तय गर्छ ।

हाम्रो कफीको कप रित्तिसकेको थियो । शुक्रबारको दिन हामि त्यो क्याफेमा गफ लडाउन छिरेका थियौं । डेनमार्क त्यसमाथि सप्ताहान्त । साँझ मस्त मस्त हुँदै थियो । ‘मिया काफे’ उसले सोधी, अरु पनि थप्ने उसले भनेकी हो ।

‘या, ताक’ । अर्थात् मेरो जवाफ थियो ‘हुन्छ, धन्यबाद । लाइनमा बसेर उसले कफी लिएर आई ।

मैले जाने अनुसार उ एकदमै बिन्दास पाराकी थिइ । उसले एकपटक मसँग भनेकी पनि थिइ “नेपालीहरु सारै बचत गर्छन । भविष्य प्रति आशावादी हुन्छन । भविष्यको लागि जोहो गर्छन । भविष्यको कल्पना र भविष्यको सुनिस्चितता नै उनीहरुको बाँच्ने आधार हो ।

‘अनि तिमीहरुको ?’ मैले तत्काल प्रश्न त्यर्स्याएको थिएँ, अलि ठर्रो पारामा ।

‘हामी बर्तमानमा बाँचिरहेका हुन्छौं । आजनै मेरो दिन हो र जे गर्नु छ आजनै गर्नु छ जस्तो हामीलाई लाग्छ । उसले उदाहरण दिंदै भनी “मसँगै काम गर्ने मेरा धेरै नेपाली साथीहरुलाई म हेर्छु, उनीहरुसँग टन्न बैंकमा पैसा जम्मा छ । घर पनि किनिसके । गाडी पनि छ । म र उनीहरु काम गर्ने उत्तिनै समय हो । कमाई पनि उस्तै उस्तै छ । तर उनीहरुसँग यी सब चिज छ । तर मसँग छैन । किनकि उनीहरुले सुरक्षित भविष्यको लागि यी सब जोडेका हुन् । वर्तमानसँग सम्झौता गरेर म त्यसो गर्न सक्तिन । आजपनि मेरो बैंककार्ड माइनसमा चलिरहेको छ । मलाई तिमीहरुसँग इर्श्या लाग्छ, तर पनि म त्यसो गर्न सक्तिन ।

नेपालीहरु यसलाई सारै ठूलो ठान्दा रहेछन । मानौं कसैसँग लसपस हुनु सारै ठूलो उपलब्धि हो । यो सामान्य भन्दा सामान्य कुरा होइन र ? चिया, कफी, केक बिस्कुट, बर्गर, सलाद वा पानी जस्तै शारीरिक आवश्कता होइन र ?

मैले उसलाई हेरिरहें । उ भन्दै गइ- म एकजना नेपालीकोमा एकदिन गएको थिएँ । उसको भान्छ देखेर म जिल्ल परें । के छैन उसको भान्छामा । मलाई त त्यो सानोतिनो स्टोर जस्तै लाग्यो । चामल पनि बोराका बोरा छ यार । दाल किलोका किलो । फ्रिज भरि टन्न समान छन् । अझ डिप फ्रिज देखेर मेरो होस् नै उड्यो । कत्ति सामान हो कत्ति । भान्छाका प्रत्येक र्याकहरु सामानले भरिएका छन् । बस पकायो खायो कत्ति सामान हो कत्ति पसल जस्तो नै ।

म हाँसें । उसले अझ थपी “मेरोमा हेर, मेरो कोठाको भान्छामा माइक्रो ओभन, रित्तो फ्रिज र कफी क्यान बाहेक केहि छैन । त्यैपनि बाहिरबाट ल्याएको पिज्जा कहिलेकाहीँ तताएर खान मात्र माइक्रो ओभन प्रयोग हुन्छ नत्र ……………… अनि मेरो खाता माइनस किन नचलोस ? उ हाँसी ।

तिमीहरु यस्तो भाग्यमानी संसारमा छौ कि तिमीहरुको संस्कार, परिवार, आफन्त अनि अभिभावक सब राज्य हो । अनि सरकार हेरचाहकर्ता (केअर टेकर) । तिमीहरुलाई राज्यले सबै दिन्छ । तर हाम्रो जस्तो देशमा अझ भनौं एसियाका अधिकांश देशहरुमा जनतालाई राज्यले केहि दिंदैन । राज्यले पुरा गर्नुपर्ने न्युनतम दायित्व समेत गर्दैन । राज्यले व्यवस्था गरिदिनुपर्ने शिक्षा, स्वास्थ, खानेपानी, बत्ति जस्ता न्युनतम आधारभूत आवश्यकता समेत आफैंले जुटाउनुपर्ने हुन्छ । हामी त्यस्तो स्कुलिङ्गबाट आएका छौं जहाँ हामीले भविष्यको लागि जोगाउनैपर्ने हुन्छ र तिमीहरुको स्कुलिङ्ग त्यस्तो हो जहाँ भविष्यको लागि राज्य वा सरकार छ । वर्तमानको लागि आफैं गर।

“डेनमार्ककै उदाहरण हेरौं न” मैले भनें “यहाँ शिक्षा, स्वास्थ, सब निशुल्क छ । बेरोजगारलाई घर, भत्ता, तालिम सब सरकारले हेर्छ । बच्चा जन्मियो भत्ता । यस्तो लाग्छ, सबको जिम्मा सरकारको नै हो । तर हाम्रोमा त्यस्तो छैन । सरकारमा जाने देशको प्रगतिको लागि, सेवाको लागि हैन मात्र आफू र आफ्ना परिवारलाई शक्ति दिन र जागिर खानको लागि मात्र हो । राजनीति हाम्रोमा सेवा हैन पेशा वा ब्यापार हो । त्यो पनि कमाउने उत्तम पेशा, बिना लगानीको । त्यहि भएर हामी एकअर्कोलाई सहयोग गर्छौं किनकि सरकारले हामीलाई सहयोग गर्दैन ।”

उसले नेपालमा गएको भुकम्प र त्यसमाथि बिदेशमा बस्ने नेपालीहरुले गरेका सहयोग देखेकी थिइ । डेनमार्कमा भएका त्यस्ता पैसा उठाउने कयौं अभियानहरुमा सहयोगी पनि बनेकी थिइ । जेहोस् उसको नेपालीसँग आत्मीयताको साइनो गाँसिईसकेको थियो |

उ र म पनि निकै घनिष्ट भैसकेका थियौं । कफीको अन्तिम चुस्की लिंदै मैले विषय अन्तै मोड्न चाहें । सिधा कुरा गर्न अप्ठेरो लाग्ने विषय घुमाउन चाहें । “तिमी भन्थौनि तिम्रो ब्वायफ्रेन्ड छैन । यस्तो बिन्दास छौ, विकेन्ड तिम्रो पब, डिस्को वा नाइट क्लबमा बित्छ । शायद आजपनि यहाँ बसेर तिमी कुन बारमा जाने, विकेन्ड कसरि बिताउने भनेर सोचिरहेकी हौली हैन त ?”

नेपालीहरु यसलाई सारै ठूलो ठान्दा रहेछन । मानौं कसैसँग लसपस हुनु सारै ठूलो उपलब्धि हो । यो सामान्य भन्दा सामान्य कुरा होइन र ? चिया, कफी, केक बिस्कुट, बर्गर, सलाद वा पानी जस्तै शारीरिक आवश्कता होइन र ?

हो म यहाँ एकजना कुरिरहेकी छु । त्यही क्या ! अस्ति तिम्रो टेबुलको बायोडाटावाला अमेरिकन जोजफ । सात बजे यहाँ बोलाएको छु । हेरुम कत्तिको केमेस्ट्री मिल्छ ?

‘स्वार्थी’ मैले भनें ।

‘हो म स्वार्थी छु । र त्यो मेरो आवश्यकता पनि हो’ उसले भनी ।

‘अनि तिम्रो बायोलोजिकल आवश्यकता कसरी पुरा हुन्छ त ?’ मैले घुमाएर कुरा राखें ।

‘के ? मैले कुरो बुझिन’ उसले भनी ।

हामी धेरै खुलिसकेका थियौं । त्यसैले यसपटक मैले सिधा नै सोधें ‘शारीरिक आवश्यकता ?’ यसपटक उसैले भनी ‘सेक्स ?’

‘हो’ त्यहि मलाई उच्चारण गर्न गाह्रो भइराखेको थियो ।

उसले भनी “ए त्यो त महिलाको लागि धेरै सजिलो छ नि हैन र ? मेरो मतलब यूरोपमा पुरुषको लागि पनि त्यो सजिलै छ तापनि पुरुषको तुलनामा त्यो मामिलामा महिलाहरु भाग्यमानी छन् । उनीहरुले चाहने बित्तिकै त्यो सजिलै उपलब्ध हुन्छ । आइ मिन डिस्को -सिस्को, पब-बार तिर गयो । नाइटक्लब त्यसैको लागि हो । खासै चिन्ता लिनु पर्दैन । बस इच्छा भए पुग्छ ।’

“तिमी डेनमार्क आएपछि कतिपटक त्यस्तो भएको छ ?” मलाई अच्चम्म र उत्सुकता एकै पटक जाग्यो ।

‘पाँच सात पटक भयो होला । त्यसको पनि कोहि हिसाब राख्छ र ?’ उ हाँसी । फेरी भनी ‘बट आइ डोन्ट नो हु दे आर ? मलाई रक्सी र गाजा पीए पछि त्यस्तो गर्न मन लाग्छ । कहिलेकाहीँ त निकै वाइल्ड हुन पनि मन लाग्छ । म रक्सी र गाँजा खासै पिउँदिन । तर पिएपछि आइ डोन्ट नो के हुन्छ मलाई नै थाहा हुँदैन, बट आइ इन्जोय ईट ।’

‘ह्वाई डन्ट यु ट्राई विथ मि ?’ मैले अनकनाउँदै भनें । धेरै दिनदेखिको दमित इच्छा उसँग राखें ।

एक पटक नेपालीसँग लसपस गर्यो भने उसका साथी सर्कलका अरु नेपालीले पनि लसपसको कोसिस गर्न खोज्ने यार । मन परोस नपरोस सारै सस्तो पारामा प्रस्ताव गर्छन । नेपालीसँग त काम भन्दा बढी हल्ला नै हुन्छ । त्यसैले नेपालीसँग त हुँदै हुँदैन । कान समातें मैले ।’ यस पटक म हाँसें । जोड जोडले हाँसें ।

हाँसी उ, दिल खोलेर हाँसी । वरपरका टेबुलमा बस्नेहरुको ध्यानपनि हामीतिर नै तानियो । तैपनि उसले हास्न छाडिन । मेरो मुख त पुरै रातो भैसकेको थियो । कान पनि राता मात्र हैन पुरै तातो भैसकेको थियो । अलि अलि डर पनि लाग्यो। कफीसँग यस्तो प्रस्ताब ? डिस्को-सिस्को, बियर-सियर, गाँजा, हुक्का वा हुस्कीको चुस्कीसँगै डान्स गर्दै राख्नु पर्ने प्रस्ताब तितो कफीसँगै राख्दा सायद उ अचम्ममा परि की ?

उसले हाँस्दै, मुस्कुराउँदै कान समाएर भनि ‘नाई बाबा नाई, नेपालीसँग त हुँदै हुँदैन । नेपाली केटाहरु सारै कुरा गर्छन । एक जनासँग लसपस गर्‍यो भने भोलि पल्टनै उसले सगरमाथा चढेझैँ गरि त्यो कुरा आफ्नो साथी सर्कल सबैलाई बढाई चढाई गरेर भन्दो रहेछ । अनि साथीहरु पनि सारै उत्सुक हुने यो कुरो सुन्न । यो कुरो ठूलो हो र भन्या ? नेपालीहरु यसलाई सारै ठूलो ठान्दा रहेछन । मानौं कसैसँग लसपस हुनु सारै ठूलो उपलब्धि हो । यो सामान्य भन्दा सामान्य कुरा होइन र ? चिया, कफी, केक बिस्कुट, बर्गर, सलाद वा पानी जस्तै शारीरिक आवश्कता होइन र ? यो किन यति ठूलो विषय बनाएको नेपालीहरुले मैले बुझ्न सकिन ।’

उ भन्दै गइ -एक पटक नेपालीसँग लसपस गर्यो भने उसका साथी सर्कलका अरु नेपालीले पनि लसपसको कोसिस गर्न खोज्ने यार । मन परोस नपरोस सारै सस्तो पारामा प्रस्ताव गर्छन । नेपालीसँग त काम भन्दा बढी हल्ला नै हुन्छ । त्यसैले नेपालीसँग त हुँदै हुँदैन । कान समातें मैले ।’ यस पटक म हाँसें । जोड जोडले हाँसें ।

“अनि भात खाको कुरा पनि गर्न नहुने यो भात जस्तै हो भनेकी होइन तिमीले ?” मैले भनें ।

‘भात जस्तै हो । तर भात त होइन नि । भात जस्तै जहाँ पायो त्यहिं खान मिल्दैन । यो कुरा त तिमीलाई पनि थाहा छ नि’ उसले भनि ।

“तिमीलाई त फ़ाइदानै हुन्छ नि एकजनाको लसपसले गोठनै भेटने भए पछि अरु किन चाहियो र ? मिहेनत नै गर्नु परेन ?”

‘भो मलाई चाहिएन त्यस्तो भेडीगोठ’ उसले उत्तर फर्काई ।

+++++++++++++++++++

उसको मोबाइलको घन्टी बज्यो । उसले फोन हेरी । अनि रिसेप्सन तिर हेरी । एकजना मान्छे रिसेप्सन अगाडी फोन कानमा लगाएर प्रत्येक टेबुल तिर हेर्दै थियो । उसले फोन उठाइन बरु आफैं उठी र हात उठाई । फोनमा घन्टी बजिरहेकै थियो । त्यो व्यक्तिले फोन कानबाट झिक्यो र फोनको घन्टी काटिदियो । र हामी बसेतिर आयो ।

उनीहरु अंकमाल गरे । उसले मेरो परिचय गराई । मैले उठेर हात मिलाएँ । केहि छिनको गफगाफ पछि म छुट्टीएँ । मैले त्यहाँ म बसिरहनुको कुनै औचित्य देखिन । उसको आबश्यकता म थिइन् । उसको आबश्यकता पुर्याउने ब्यक्ति त्यहाँ उपस्थित भैसकेको थियो । म आफ्नो आबश्यकता पूर्तिको लागि घर तर्फ लागें ।

उसले मलाई गम्लंग अंगालो हाली । गालामा किस गरि र भनी ‘आइ लव यु ! मलाई यही इमान्दारिता त मन पर्छ नेपालीहरुको । तिमी मेरो लागि धेरै सम्मानित ब्यक्ति हौ ।’

+++++++++++++++++

सोमबार बिहान सदाझैं म अफिस गएँ । उ पनि आइ । उसले दुइ पटक वाक्क वाक्क गर्दै बाथरुम छिरेको देखें । अफिस सामान्य दिन झैँ चलिरहेको थियो । मेरो टेबुलमा कफीको टेबुल गुडायर ल्याउँदा उसका खुट्टा सन्तुलनमा थिएनन । कफीको टेबल धर्मराएको थियो । टेबलमा कपबाट छल्किएका कफीहरु प्रस्टै देखिन्थे । आज यसबाट काम हुन्न भन्ने मैले सोचें ।

मैले कम्प्युटरमा मिटिंगहरु चेक गरें । बिहानको एउटा मिटिंग पछि ३ बजे तिर त्यस्तै अरु सात जना जतिको अर्को मिटिंग थियो जसमा म पनि सहभागी थिएँ । मैले उसलाई बोलाएर सोधे ‘आर यु ओके’ ? उसले आफूलाई ठिक नभएको बताई ।

मैले यति बेरमा उसलाई अध्ययन गर्न भ्याईसकेको थिएँ । उसका आँखाका डिल पुरै काला थिए । फुर्सो ओठ थियो जहाँ दुइ तिन वटा घाउहरु प्रस्ट नै देखिन्थे । त्यसलाई लुकाउन जबरजस्ती ओठमा बाक्लो लिपिस्टिक पोतेकी थिइ । ओठहरु थर थर कामिरहेका थिए । बोलि पनि रोकीइ रोकीइ बाहिर आएका थिए। कपाल जबरजस्ती हातले सम्याएर पछाडीपट्टि एक चुल्ठो बाँधेकी थिइ तापनि असरल्ल जस्तो देखिन्थ्यो । मुखबाट ह्वासह्वास्ती आइरहेको सस्तो हुस्कीको गन्धले कोठाको वातावरण नै दुर्गन्धित बनाएको थियो । कानको तल अलि पछाडीपट्टि घाँटीमा दात गाडेको प्रस्ट देखिन्थ्यो | त्यसलाई छोप्न घाँटीमा स्कार्फ बाँधेकी थिइ । सधैंजसो उसलाई देखिने सेतो सर्ट र कालो पाइन्टमा उसलाई यो कुनै एङ्गलबाट पनि म्याच गरेको देखिंदैनथ्यो । समग्रमा उ पुरै ‘ह्याङ्गओभर’ मा थिइ । नशामा थिइ । तर काम गर्नैपर्ने बाध्यतामा थिइ ।

मैले उसलाई केकहरु फ्रिजमा राखिदिन भनें । कोल्ड ड्रिंक्स पनि सबै फ्रिजमा राखिदेउ । कफी मेसिनमा दुध र कफी टन्नै पारिदेउ । कपहरु सबै हटाएर युज एंड थ्रो ग्लास राख र तिमीघर गएर आराम गर । म बोसलाइ भनिदिउँला । तिमीलाई सन्चो नभएर घर गयौ भनेर । अहिलेको मिटिंगको लागि यो ठिकै छ । दिउँसोको लागि म पनि त्यहीं हुन्छु । म मिलाउँला, गरुला । तिमि जाउ । उ ‘धन्यबाद’ भन्दै गइ ।

दिनहरु सामान्य चल्दै गए । उसमा केहि परिवर्तन थिएन । पहिले जस्तो थिइ त्यस्तै थिइ बिन्दास । केहि महिना पछि उ हाँस्दै मेरो कोठामा छिरी ।

‘काफे- सोड़काफे ?’

‘यस प्लिज’ मैले भनें ।

उ बाहिरिइ र एक जग कफी र दुइवटा कप लिएर आइ । उसले कफी खन्याई र भनि ‘भेसको, लिनुस भनेको हो यो ।

मैले ‘ताक’ भन्दै कफी लिएँ । धन्यबाद भनेको नि !

“आज त मुडमा छौ नि ?” मैले कफी पिउँदै कम्प्युटरबाट आँखा हटाएर उसलाई हेर्दै भनें ।

हामी डिस्को गयौं । रातिसम्म हामीले सँगै नाच्यौं । उसले उसको घर जाने प्रस्ताब राख्यो । म अनियन्त्रित भैसकेको थिएँ । म वाइल्ड हुन् चाहन्थेंं । मैले पाएको स्वतन्त्रताको चरम उपयोग गर्न चाहन्थें ।’

‘अँ भर्खर हेन्ससँग कुरा गरेर आएको । हेन्स हाम्रो बोस हो। यहाँ डेनमार्कमा बोस, सर, म्याडम कसैले कसैलाई भन्दैनन । नाम बोलाएरनै कुरा गर्ने हो । मान मर्यादा खासै गर्नु पर्दैन । सानो ठूलो भन्ने हुँदैन । सबैले सबैलाई नामनै बोलाएर कुरा गर्ने हो ।

‘मेरो आइतबार यु एस जाने टिकट छ । हेन्ससँग भेटेर आएँ । आज मेरो यो अफिसमा अन्तिम दिन हो । सायद अब म उतै सेटल हुन्छु होला ।’|

“ए राम्रो, बधाई छ ल” मैले भनें । अनि त्यहि कफीवाला केटासँग जाने भयौ ?”

‘हैन त्यो मेरो टाइपको परेनछ । उ यतै होला । त्यो अमेरिकाको असुरक्षित सामाजिक अवस्थाबाट दिक्क भएर सुरक्षित सामाजिक जीवनको खोजीमा डेनमार्क आउने परेछ । त्यसै रात हामी छुट्टियौं । त्यसपछि मेरो उसँग भेट भएको छैन ।’

“अनि कसरि त अमेरिका ?”

‘अब मैले एक्लै जाने आँट गरें । हेरुँ के हुन्छ, जे होला होला ।’

“ए ल गुड गुड ! तिम्रो सुखद भविष्यको लागि शुभकामना ।”

‘साँच्ची म त तिम्रोमा एउटा प्रस्ताब लिएर आएको । म आइतबार हिंडिहाल्छु । शनिबार घरमानै ब्यस्त हुन्छु । प्याकिंग स्याकिंग गर्नु छ । के तिमी आजको साँझ मलाई साथ दिन्छौ ? तिम्रो त्यो दमित इच्छा पनि पुरा गरिदिउँला ।’

म हाँसें । लज्जा मिस्रित हाँसो मुसुक्क भयो । मैले कफी उठाएँ । अनि अन्तिम चुस्की लिंदै भनें “ठिकै छ । अफिस पछि त्यहिं भेटम न त । बारस्सो क्याफेमा ।

उ ‘ओके’ भन्दै मुस्कान सहित कप र कफीको जग लिएर हिंडी ।

साँझमा भेट भयो हाम्रो । टेबुलमा कफी आयो । उ दङ्ग थिइ । अमेरिकाबारे उसका अनेक योजना सुनाइ । शायद उसले जिन्दगीको लक्ष्य प्राप्त गरिकी ?

उसका सबै कुरा सुनें । आठ बज्यो । बारहरु खुल्ने समय भैसकेको थिएन । अझ डिस्को जाने भए त अझै तिन चार घण्टा बाँकि थियो । मैले उसको हात समातें र भनें “रोज म तिमीलाई आजको रात साथ दिन सक्तिन । मलाई तिमीलाई जस्तो फ्रिडम कहाँ छ र ? मेरो घर छ । परिवार छ । मेरो छोराछोरि मलाई कुरिरहेका होलान । मेरी श्रीमती घरमा खाना बनाएर मेरै प्रतिक्षामा बसेकी छिन् । म तिमीलाई रातभरी कहाँ साथ दिन सक्छु र ? तिमीले भनेकी होइनौ नेपालीहरुको भान्छा त एउटा स्टोर जस्तै हुन्छ भनेर ? हो मलाई पनि भोलि बिहाननै श्रीमतीसँग भान्छाको किनमेल गर्न जानु छ ।”

उसले सामान्य रुपमा मलाई हेरी । र भनी ‘मैले त तिमीले त्यसदिन यही टेबुलमा बसेर गरेको
लसपसको प्रस्ताब पुरा गरिदिउँकि भन्ने मात्र सोचेको ।’

“ए त्यो त मैले त्यसै भनेको थिएँ । सायद त्यसदिन तिमीले मेरो प्रस्ताब मानेको भए पनि म तिमीलाई यही उत्तर दिन्थें जुन आज मैले तिमीलाई दिएँ ।”

मलाई ट्याक्सी चढेको सम्म थाहा छ । त्यसपछि केहि थाहा भएन । म ब्युझँदा नाङ्गै थिएँ । मेरा लुगाहरु कोठामा यत्रतत्र छरिईरहेका थिए । मैले देखें, कोठामा म बाहेक अन्य चार जना केटाहरु पनि थिए । शायद सबै नाङ्गै ।

उसले मलाई गम्लंग अंगालो हाली । गालामा किस गरि र भनी ‘आइ लव यु ! मलाई यही इमान्दारिता त मन पर्छ नेपालीहरुको । तिमी मेरो लागि धेरै सम्मानित ब्यक्ति हौ ।’ म हाँसें ।

“साँच्चै तिमीलाई अप्ठेरो लाग्दैन भने त्यसदिन तिमी अफिस आउँदा के भएको थियो ? के तिमी मलाई बताउन सक्छेउ ?”

‘ए त्यस दिन हगि हुन्छनी ! म बताउँछु ।

‘मोर कफी ?’ मैले ‘ओके भनें ।

‘तिमी र म त्यसदिन छुट्टीएपछि मैले त्यो अमेरिकन केटासँग धेरै कुरा गरें । उसको र मेरो विचार, कुरा, दर्शन केहि मिलेन । हामीहरु यहीँबाट आआफ्नो घर तिर लाग्यौं । शनिबार सामान्य नै बित्यो । आइतबार म एउटा बारमा गएँ । मैले त्यहाँ केहि ड्रिंक्स गरें । त्यहीं एकजना केटा अरेबियन मुलको, मसँग नजिक भैसकेको थियो । त्यो केटा र मैले बाहिर निस्केर स्मोक गरेका थियौं । त्यो गाँजा मिसाएको चुरोट पिउँदा मैले संसार भुलीसकेकि थिएँ । त्यसपछि हामी डिस्को गयौं । रातिसम्म हामीले सँगै नाच्यौं । उसले उसको घर जाने प्रस्ताब राख्यो । म अनियन्त्रित भैसकेको थिएँ । म वाइल्ड हुन् चाहन्थेंं । मैले पाएको स्वतन्त्रताको चरम उपयोग गर्न चाहन्थें ।’

उसले सुनाउँदै गई- म स्मोक माथि स्मोक गरिरहेको थिएँ । मलाई ट्याक्सी चढेको सम्म थाहा छ । त्यसपछि केहि थाहा भएन । म ब्युझँदा नाङ्गै थिएँ । मेरा लुगाहरु कोठामा यत्रतत्र छरिईरहेका थिए । मैले देखें, कोठामा म बाहेक अन्य चार जना केटाहरु पनि थिए । शायद सबै नाङ्गै । कोहि घुरिरहेका थिए । कोहि सोफामा सुतिरहेका, कार्पेटमै पनि एकजना सुतिरहेको थियो । म जोसँग आएको थिएँ उ त्यहाँ थिएन । मेरो टाउको हम्मरले जोड जोडले हानेको जसरी दुखेको थियो । मैले हतार हतार लुगा लगाएँ । ब्याग बोकें र जुत्ता हातमा लिएर आवाज ननिकाली बिस्तारै त्यहाँबाट निक्लें । सडक सामान्य नै थियो । बत्तिहरु बलिरहेका, गाडी गुडिरहेको, मान्छेहरु सामान्य हिडडुल गरिरहेका । कति बजेको थियो मैले चाल पाइन । म एउटा ट्याक्सीमा बसें र मैले हाम्रो अफिसको ठेगाना दिएँ । ट्याक्सीले मलाई अफिस पुर्याईदियो । ट्याक्सीमा मैले मेरो ब्याग हेरें । सबै सामान्यनै थिए । मोबाइल, ब्यांककार्ड, अन्य सामान र लिपिस्टिक सबै थिए ।’

उसले सुनाउन छोडेकि छैन -‘मैले अफिसको कोड़ थिचेर भित्र पसें । बाथरुम गएर नुहाएँ । अलिकति फ्रेश जस्तो भएपछि मैले मोबाइलमा समय हेरें, बिहानको छ बजेको रहेछ । निद्रा एकदम लागिरहेको थियो । आँखाहरू खुल्न भन्दा पनि बन्द हुन जोड गरिरहेका थिए । अफिसमा फिलिपिनो केटि सफाई गर्दै थिइ । कफी बनाएँ । उसलाई पनि दिएँ । सात बज्यो । अफिसमा बिस्तारै मानिसहरु आउन लागे । मैले पनि ड्रेस लगाएँ र जबर्जस्ति काममा जुटें । त्यसपछि त तिमीलाई थाहा छँदै छ के भयो भनेर ।

“के तिमी यसखालको फ्रिडमबाट खुशी छौ ? यसमा खतरा छैन ? मोज मस्ती मात्रै छ त ? के जिन्दगि यही मात्र हो त ?” म अलि भाबुक भएछु क्यार ? मैले एकै चोटी यस्ता धेरै प्रश्न उसंग गरें ।

‘तिमीले नै भनेका होइनौ तिम्रो र मेरो ग्रोअप स्कुलिङ्ग फरक छ भनेर ? मेरो लागि यो सामान्य भन्दा अलिकति मात्र बढी हो । म मेरो फ्रिडमबाट चाहीं खुशी छु । तर जिबनबाट चाहीं के छु म नै भन्न सक्तिन।’

रात पर्दै गयो । हामी कफीसपबाट अलग अलग बाटो लाग्यौं । शायद उ कतै बार, डिस्को वा नाइटक्लब तिर आफ्नो फ्रिडम उपयोग गर्दै होली । म चाहीं आफ्नो खुशी, सुखी जिबनको उपयोग गर्न हतार हतार घर तर्फ पाइला बढाईरहेको थिएँ ।

(लेखक डेनमार्कमा स्थाई बसोबास गर्छन् । यो कथा लेखकको प्रकाशोमुख उपन्यास नरेब्रोबाट लिइएको हो । नरेब्रो डेनमार्कको सबैभन्दा बढी आप्रवाशी बस्ने क्षेत्र हो )

तपाइँको प्रतिक्रिया