शुक्रबार, वैशाख ७, २०८१

२०२२ को ‘बालोन दोर’ एलेक्सिया पुटेलास र करिम बेन्जेमालाई

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक १ गते १५:११

फोटो स्रोत- लेटेस्ली डट कम

महिलातर्फ एलेक्सिया पुटेलास र पुरुषतर्फ करिम बेन्जेमाले सोमबार विश्वकै उत्कृष्ट फुटबल खेलाडीको बालोन दोर (सुनको भकुण्डो) अवार्ड जितेका छन् ।

स्पेनिस महिला मिडफिल्डर एलेक्सिया पुटेलासले आफ्नो टोली बार्सिलोनालाई अर्को घरेलु १८ गोल गरेर आफ्नो टिमलाई उच्चस्थानमा राखेपछि सन् २०२२ मा उत्कृष्ट महिला खेलाडीको उपाधि कायम राखेकि हुन् ।

क्याटालान टोलीले सबै ३० लिग खेलहरू साथै घरेलु कप दुवै जितेको छ । तर घुँडामा भएको चोट (एसिएल इन्जुरी) ले उनलाई युरोपियन च्याम्पियनसिप खेल्नबाट रोकेको छ ।

स्पेन, उनको राष्ट्रिय टोली क्वार्टरफाइनलमा अन्तिम च्याम्पियन खेलमा इंग्ल्याण्डसँग पराजित भएको थियो।

पुटेलासले अवार्डका लागि आर्सनल र इंग्ल्याण्डका फरवार्ड बेथ मीड र चेल्सीका साथै अष्ट्रेलियाका साम केरलाई पछि पारेकि हुन् ।

फ्रान्सेली स्ट्राइकर करिम बेन्जामा रोबर्ट लेवान्डोस्की, सादियो माने र केभिन दे ब्रुइनलाई पछि पार्दै पुरुषतर्फको शीर्ष स्थानमा पुगेका हुन् ।

बेन्जेमाले रियल म्याड्रिडसँग उत्कृष्ट खेल खेलेका थिए । उनले कुल प्रतियोगिताहरूको ४६ खेलमा ४४ गोल गरेका थिए । च्याम्पियन्स लिगमा उनको १५ गोलले रियल म्याड्रिडलाई कीर्तिमान विस्तार गर्दै १४ औं उपाधि दिलायो ।

“मेरो अगाडि यो पुरस्कारले मलाई साँच्चै गर्व दिलाएको छ । म सानो हुँदा यो बाल्यकालको सपना थियो । मैले कहिल्यै हार मानिन।।। जे पनि सम्भव रहेछ” बालों दोर घोषणा समारोहमा फरवार्डर बेन्जामाले भने।

बेन्जेमा रूसमा भएको सन् २०१८ को विश्वकप जित्ने फ्रान्सको टोलीमा थिएनन् । किनकि त्यो बेला उनी घाईते थिए र स्वास्थ्य लाभ गर्दै थिए । उनले अर्को महिना कतारमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

सेक्स टेप स्क्यान्डलमा उनको संलग्नता पछि झण्डै छ वर्ष उनी रोकिएका थिए । आफ्नो टोलीका साथी म्याथ्यु भाल्बुएनालाई ब्ल्याकमेल गर्ने षड्यन्त्र गरेकोमा उनलाई दोषी ठह्र्‍याइएको थियो जसबिरुद्द उनका वकिलहरूले अपील गर्ने बाटो गरे । बेन्जेमालाई गत वर्ष फ्रान्सका प्रशिक्षक डिडिय देसँले टोलीमा फिर्ता बोलाएका थिए। युरोपियन च्याम्पियनसिप र ​​त्यसपछि नियमित रूपमा उनी खेलिरहेका छन् ।

“म फ्रान्सेली टोलीमा नभएको बेला कठिन समय थियो । तर मैले कहिल्यै हार मानिन। म यहाँको यात्रामा साँच्चै गर्व गर्छु । यो सजिलो थिएन, यो मेरो परिवारको लागि पनि कठिन समय थियो” उनले भने।

फ्रान्स फुटबल म्यागजिनद्वारा पुरस्कृत बालोन दोर ६६ वर्षदेखि पुरुष उत्क्रिष्ठ खेलाडीलाई दिइँदै आएको छ । महिला ट्रफी २०१८ मा सिर्जना गरिएको थियो। महामारीको कारण २०२० मा दुवै रद्द गरियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक