शुक्रबार, वैशाख १४, २०८१

श्रीलंकाका लेखक शेहान करुणातिलाकाले २०२२ को बुकर पुरस्कार जिते

नेपालप्लस संवाददाता / बेलायत२०७९ कार्तिक १ गते १७:१७

श्रीलंकाका लेखक शेहान करुणातिलाकाले बेलायतको प्रसिद्द बुकर पुरस्कार जितेका छन् । उनलाई देशको गृहयुद्धमा मारिएका युद्ध फोटोग्राफरको बारेमा लेखिएको उनको दोस्रो पुस्तक ‘द सेभेन मुन्स अफ माली अल्मेडा’ को लागि दिईएको हो । प्रतिष्ठित बुकर पुरस्कार उपन्यास मध्येको विजेता घोषित गरिएको छ ।

सोमबार (१७ अक्टोबर) साँझ लन्डनको राउन्डहाउसमा प्रदान गरिएको वार्षिक पुरस्कार अङ्ग्रेजीमा लेखिएको र यूके र आयरल्याण्डमा प्रकाशित उपन्यासको लागि हो।

मूल्यांकनकर्ताहरूको प्यानलले ४७ वर्षिय करुणातिलाकाको उपन्यासलाई “गृहयुद्धले घेरिएको श्रीलंकाको हत्यारा विध्वंसको बीचमा राखिएको एउटा डरलाग्दो, हास्यास्पद व्यंग्य” भन्दै प्रशंसा गरेको थियो । यो पुस्तक “कुनै ब्यक्तिको हत्या गरिएको हत्याराको अन्तिमसम्म हत्यारा को थियो भनेर नखोलिएको रहस्यपूर्ण, भूत, ठग र त्रासले भरिएको समय विरुद्धको दौड थियो। यो गहिरो मानवताको लागि थियो।”

निर्णायक प्यानलको अध्यक्षता गरेका नील म्याकग्रेगरले यसलाई “विभिन्न विधाका मात्रै होइन, जीवन र मृत्यु, शरीर र आत्मा, पूर्व र पश्चिमको सीमालाई भंग गर्ने एक पछिको जीवनको घटना, बाटो” भनेका छन् ।

करुणातिलाका यो पुरस्कार जित्ने दोस्रो श्रीलंकाली हुन् । सन् १९९२ मा माइकल ओन्डात्जेले ‘द इंग्लिश पेसेन्ट’ को लागि जितेका थिए । त्यस पुस्तकको पछि फिल्म बन्यो र पुरस्कार विजेता फिल्ममा परिणत भयो।

यो पुरस्कारको राशी ५० हजार पाउण्ड छ । २०२२ बुकर पुरस्कारका लागि सर्टलिस्ट गरिएका अन्य पाँच मनोनीत पुस्तक छन् । ति हुन्- ‘स्मल थिङ्स लाईक दिस (आयरिश लेखक क्लेयर किगन), जिम्बाब्वेको नोभियोलेट बुलावायो द्वारा लिखित ‘ग्लोरी’, अमेरिकी उपन्यासकार पर्सिभल एभरेटद्वारा लिखित ‘द ट्रीज’, अंग्रेजी उपन्यासकार एलन गार्नरद्वारा लिखित ‘ट्रेकल वाकर’ र अमेरिकी उपन्यासकार एलिजाबेथ स्ट्राउटद्वारा लिखित ‘ओह विलियम !’ छन् । ति सबैलाई दुई हजार पाँच सय पाउण्डका दरले सम्मानित गरिएको छ ।

तपाइँको प्रतिक्रिया