बिहीबार, वैशाख ६, २०८१

जलवायु परिवर्तनले एक अर्ब बालबालिका उच्च जोखिममा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २ गते २२:५८

Photo-Omid Fazel / UNICEF

जलवायु परिवर्तनको हानीका कारण करिब एक अर्ब बालबालिकाहरू उच्च जोखिममा रहेको एक अधिकार समूहले बुधबार चेतावनी दिएको छ । रिपोर्टले युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन नसकेको बताएको छ ।

संयुक्त राष्ट्र एजेन्सीहरूद्वारा सार्वजनिक गरिएको किड्सराइट्स सूचकांकमा आधारित रिपोर्ट अनुसार विश्वका एक तिहाइ भन्दा बढी बालबालिका (लगभग ८२ करोड) हाल गर्मीको असरमा परेका छन् ।

डच एनजीओ किड्सराईटका अनुसार पानीको कमीले विश्वभर ९२ करोड बालबालिकालाई असर गरेको छ जबकि मलेरिया र डेंगु जस्ता रोगहरूले झन्डै ६० करोड बालबालिकालाई असर पारेको छ ।

किड्सराइट्स सुचकांक पहिलो र एक मात्र यस्तो संस्था हो जसले विश्वका बालबालिकाको अधिकारलाई वार्षिक रूपमा कसरी सम्मान गरिन्छ भन्ने श्रेणी छुट्याउँछ । विश्वका १८५ देशको मापन गरिएमध्ये आइसल्याण्ड, स्वीडेन र फिनल्याण्डलाई बालबालिकाको अधिकारको लागि उत्कृष्ट र सिएरा लियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराबको रूपमा उल्लेख छ ।

शीर्ष तीन राष्ट्रहरू मध्ये, स्वीडेनको वरियतामा गत वर्षको तुलनामा परिवर्तन भएर चौथो स्थानबाट दोस्रोमा सरेको हो ।

किड्सराइट्सका संस्थापक र अध्यक्ष मार्क डुलार्टले यस वर्षको प्रतिवेदनलाई “हाम्रो वर्तमान र भावी पुस्ताका बालबालिकाका लागि चिन्ताजनक” भनेका छन्।

“द्रुत गतिमा परिवर्तन भइरहेको मौसमले अब उनीहरूको भविष्य र आधारभूत अधिकारलाई खतरामा पारेको छ” उनको भनाई छ ।

“विगत एक दशकमा बालबालिकाको जीवनस्तरमा कुनै उल्लेखनीय प्रगति भएको छैन । र कोभिड-१९ को महामारीले उनीहरूको जीविकोपार्जनमा गम्भीर असर परेको छ” दुलार्टले थपे।

‘कोविड-१९ महामारीले बालबालिकाहरूमा गम्भीर प्रभाव पारेको थियो, जसले अवरोधहरू र क्लिनिकहरू बन्द भएका कारण खाना वा औषधि पाउन असमर्थ थिए । त्यसको परिणाम स्वरूप पाँच वर्ष मुनिका दुई लाख ८६ हजार जनाको मृत्यु भएको’ किड्सराईटले उल्लेख गरेको छ ।

दुई दशकमा पहिलो पटक बाल श्रमिकको संख्या १६ करोड पुगेको छ, जुन विगत चार वर्षमा ८४ लाखले बढेको रोटरडमको इरास्मस युनिभर्सिटीसँग मिलेर संकलन गरिएको किड्सराइट्स सुचकांकले जनाएको छ।

किड्सराईट्सले अंगोला र बंगलादेशलाई उच्चस्थानमा राखेको छ । दुई देशले बाल अधिकारको सन्दर्भमा आफ्नो श्रेणीमा उल्लेखनीय सुधार गरेको उल्लेख छ।

अंगोलाले आफ्नो पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर आधाभन्दा बढी घटाएको छ भने बंगलादेशले पाँच वर्ष मुनिका बालबालिकाको संख्या झन्डै आधाले घटाएको छ।

तर प्रतिवेदनले मोन्टेनेग्रोलाई कम खोप संख्याको लागि दोष लगाएको छ । यो देश सूचकांकमा ४९ औं स्थानमा छ ।

सर्वेक्षणले राष्ट्रसंघीय तथ्याङ्कको प्रयोग गरी राष्ट्रहरूले बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्र महासन्धिलाई कसरी मापन गर्छन् भन्ने निगरानी गर्दछ।

(एएफपी)

तपाइँको प्रतिक्रिया

फेसबुक