बिहीबार, वैशाख १३, २०८१

बेलायती प्रधानमन्त्री ट्रसको पतन र बेलायतको राजनीतिक अस्थिरता पछाडिको कारण के ?

नेपालप्लस संवाददाता / बेलायत२०७९ कार्तिक ३ गते २१:४८

लिज ट्रस । फोटो- विकीपेडिया डट कम

बेलायतको प्रधानमन्त्री नियुक्त हुने देखिएको बेला प्रधानमन्त्री लिज ट्रसको चमकधमक निकै थियो । उनले बेलायतको खस्कँदो अर्थतन्त्रलाई बलियो बनाउने निकै भाषण ठोकेकि थिईन् । पूर्व परराष्ट्र मन्त्री भएका नाताले कर कटौती, रुस-युक्रेन युद्द, ब्रेक्जिटलाई सफलतापूर्वक साम्य पार्ने प्रतिबद्दता, आप्रवाशी कामदार समस्यालाई थान्कोपान्को लगाउने आश्वाशन । उनले सबै दिएकि थिईन् ।

तर न बेलायती नागरिक, न विश्लेशक, न त बेलायती नेता । उनैका पार्टीका आफ्नै समर्थकलेपनि उनका आस्वाशन पत्याइहालेका भने थिएनन् ।

लिज ट्रस प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिट बाहिर ठूलो उत्साहका साथ उभिएर भनेकि थिईन् “हामी सँगै मिलेर आँधीको सामना गर्नेछौं ।” देशमा आर्थिक विकास, सुशासन र प्रगतीको छाल त उनले ल्याउन सकिनन्, बरु छ हप्तापछि छालहरूले अन्ततः उनलाईलाई अँचेटेर किनारमा पछारिदिए । ति छालहरुले बेलायतको ईतिहासमै प्रधानमन्त्री पदमा सबैभन्दा कम समय टिक्न सक्ने पात्रका रुपमा उभ्याइदिए ।

उनको ४५ दिनको कार्यकालमा उनका केहि योजना, आस्वाशनपनि पुरा हुनसकेनन् । सबैभन्दा महत्वपूर्ण कुरा उनले प्रस्तुत गरेको केन्द्रीय आर्थिक योजनानै खत्तम भयो । उनका आफ्नै विश्वाशी दुई वरिष्ठ मन्त्रीले राजिनामा दिए । सर्वेक्षणहरुले तीन हप्ता नपुग्दै उनको लोकप्रियता घटेको देखायो । उनको अख्तियारी ध्वस्त भयो । उनको आफ्नै संसदीय दल विद्रोहमा उठ्यो । आफ्नै मन्त्रीले उनका योजनाको बिरोध गरे । उध्योगी, ब्यापारीहरु चिढिए । वातावरण संरक्षणकर्मी, जलवायु परिवर्तनका मुद्दाका पक्षधरपनि राँक्किए । बेलायतको अन्तर्राष्ट्रिय प्रतिष्ठा टुक्राटुक्रा भयो।

खास त ट्रस आफैंमा प्रधानमन्त्री भैहाल्ने, चलाउन सक्ने अवस्था र हैशियत वा स्थिति स्रिजना भएकै थिएन । विशेष परिस्थितिले राजिनामा दिनुपरेपनि बोरिस जोनसनको लोकप्रियता बढीनै थियो । तर्फ पार्टीमा आफ्नो बहुमत त थियो । उनै बोरिस जोनसनको साईकलको पछाडीको सिटमा बसेर प्रधानमन्त्री चलाउने आकांक्षा ट्रसमा थियो । अर्थात् जोनसनको लोकप्रियताको आडमा सफल हुने सपना उनको थियो ।

बेलायतको आर्थिक अवस्था लामै समयदेखि खस्कँदै गएको हो । सजिलो थिएन, छैन एक्कासि बेलायतको आर्थिक अवस्था सुधार गर्न । तर ट्रसले महत्वाकांक्षा बढाएर सबै ठिकठाक पार्ने अनावश्यक र सम्भवै नहुने बाचा गरिन् । यस्तो अनावश्यक साहसिक आर्थिक योजना सार्वजनिक गरिन् जसलाई सानै हुरीले उडाइदियो ।

उनले कर कटौती गर्ने र बेलायतको अर्थतन्त्रलाई बढाउने साहसी योजना प्रदान गर्ने वाचा गर्दै पदभार ग्रहण गरेकि थिईन् । तर यथार्थता भन्दा टाढा धेरै टाढाको महत्वाकांक्षी आर्थिक योजनाले हावा खायो ।

अर्थमन्त्रीले “मिनी-बजेट” प्रतुत गरे । तर बजारहरूलाई आश्वस्त पार्न सकेन । कुनैपनि स्वतन्त्र विश्लेषणले त्यो बजेटलाई पत्याएन । मिनि बजेटमा अरबौं पाउन्ड अनफन्डेड कर कटौतीको वाचा र गर्‍यो । तर सकेन । बरु आफ्नै योजनाले उनीहरुलाई नर्भस बनायो । उल्टो पाउण्ड स्टर्लिङको मूल्य खस्कँदै गयो र उधारो लागत बढ्दै गयो । बैंक अफ इङ्गल्याण्डले क्षति सीमित गर्न हस्तक्षेप नै गर्नुपर्‍यो । यो ट्ररुसको ४५ दिने कार्यकाल भित्रै भयो ।

ट्ररुसले चालेका ठूला मात्रै होइन ससाना तुक्राटाक्री योजनापनि सफल, प्रभावकारि देखिएनन् । बरु जे गर्छु भनेर बोलेको हो उल्टो साबित हुँदै गयो । उनले क्वासी क्वार्टेङको ठाउँमा जेरेमी हन्टलाई त ल्याइन । तर हन्टले ट्रसले इच्क्षा गरे अनुरुप सबै योजना उल्ट्याएर काम गरेनन् । यहाँपनि ट्रसको मुखमा ढुंगोनै लाग्यो ।

थुप्रै गल्तिहरु भैसकेपछि ट्रस र हन्ट दुबैले भने “हामी धेरै टाढा गयौं, धेरै छिटो” । ट्रस र हन्ट दुबैले के गल्ती भयो भन्ने विश्लेषणमा ठ्याक्कै उस्तै शब्दहरू प्रयोग गरे । क्याबिनेट एकताको दुर्लभ विस्फोटको रूपमा वर्णन गर्नेहरुपनि छन् । ट्रस यसरि उत्रिईन् आफ्नै सहकर्मीलाई विश्वाशमा लिन सकिनन्, एकता कायम राख्न सकिनन् । एक्लै सबैथोक गर्छु भनेर उत्रिईन् । आफ्नै मन्त्रीपरिषदमै एकता देखिएन ।

प्रधानमन्त्रीका केही आलोचकहरूकै भनाईमा समेत उनले बेलायती अर्थतन्त्रमा स्थिर वृद्धि कसरि गर्न सकिन्छ भन्ने जस्ता दीर्घकालीन अन्तर्निहित समस्याहरू पहिचान नगरेकि भने होइनन् । उनले औंल्याएका आर्थिक समस्यालाई समाधान गर्न आवश्यक छ भन्ने कुरामा धेरै जना सहमत पनि थिए ।

उत्तरी आयरल्याण्डको विवादित व्यवस्थाको दृष्टिकोणमा सुधारिएको भनाई राखेकि थिईन् । संवन्ध सुधारमा आयरल्यान्डका विदेशमन्त्रीले स्वागत गर्दै भाषणपनि दिएका थिए । युरोपेली युनियन र छिमेकी देश फ्रान्ससितको संवन्धको बारेमापनि उनले संवन्ध सुधारका केहि संकेतजन्य मत दिएकी थिईन् ।

तर पछिल्ला केहि हप्तामा उनका भनाई, राजनितिक ब्यवहार र बोलीहरु फेरिएको देखियो । प्रागमा भएको युरोपेली राजनितिक समुदाय (युरोपियन पोलिटिकल कम्युनिटी) को बैठकमा उनले जोनसनका मत, बिचार भन्दा फरक भनाई राखिन् । जोनसनको युरोपेली समुदायसितको निति र खासगरि ब्रेक्जिटका पक्षमा युरोप शब्दको उच्चारण नगरिकनै बिरोध गर्ने वा आफ्नो पक्षमा रहने र पार्टीको समर्थनपनि बचाईरराख्ने निति हो । तर ट्रसले प्रागमा त्यो भूमिका निभाईनन् । उनले युरोपेली युनियनसित सिधा टक्कर लिने ढंगले बोलिन् र आफ्नै पार्टीमा विश्वाशपनि गमाउँदै गईन् । जोनसनकै विश्वाशपनि गुमाउँदै गईन् ।

उनको मिनि बजेटले आर्थिक नितिलाई पक्रन, समाधान गर्न सक्नुपर्थ्यो । त्यो मुख्य कुरो थियो । तर आर्थिक नितिबाहेक अन्य भिडमा उनको मिनि बजेट हरायो । अर्थात् आर्थिक निति समात्न सकेन र अन्य भिडभाडमा देखापर्‍यो । यसैले ट्रसलाई निल्यो ।

ट्रसको ग्रीष्मकालीन अभियान थियो । उनले बारम्बार आफ्नो प्रिमियरशिपको “पहिलो दिन” कर कटौती गर्ने वाचा गरिन् । किनभने उनले स्थापित वित्तीय संस्थाहरूलाई कर कटौतीको काममा लगाएकि थिईन् ।

राज्यको तर्फबाट बिना लगानीमा कर कटौति कसरि हुन्छ ? कर कटौती भन्नु स्थिर मोडेल हुन्छ । अर्थतन्त्र चलायमान हुन पूँजीवादी राज्य ब्यवस्थामा कर राज्यको बिना लगानी कटौति हुनसक्छ ? कर कटौती त्यत्तिकै गर्दा कसरि चल्छ ? बैंकहरुले के गर्छन् ? कर कटौति लोकप्रिय लाग्छ, तर यसले काम गर्दैन । ट्रसलाईपनि गरेन ।

क्वार्टेङले आफ्नो “आर्थिक वृद्धि योजना” सेप्टेम्बर २३ मा घोषणा गरे । छोटो अवधिका अर्थमन्त्रीले विजयी भएझैं “यसले यस देशको विशाल सम्भावनालाई मुक्त गर्ने” वाचाहरू पूरा गरेको बताएका थिए । योपनि एउटा असफल हुने पाईला थियो ।

मिनी-बजेटबारे उनीहरुको आफ्नै शब्दमा “पुस्तामा कर कटौतीको सबैभन्दा ठूलो प्याकेज” थियो । योजना सार्वजनिक त गरे तर त्यसलाई कसरी अन्तिम रूप दिइन्छ र त्यसको लेखाजोखा गरिनेछ भन्ने चाहिं पछिकालागि छोडे । यो उनीहरुको अदुरदर्शीपन थियो । तर आम जनताले के चाहेका थिए ? घोषित कर कटौतीको परिणाम । उनीहरुले लाभको आशा गरेका थिए, आर्थिक सुधारको अपेक्षा थियो । त्यहि कर कटौतिकै बलमा ट्रेसले निर्वाचन जितेकि हुन् ।

त्यसले गर्दा के भयो ? अर्थशास्त्रीहरूमा अविश्वाश फैलियो । अझ महत्त्वपूर्ण रूपमा भन्नुपर्दा बजारहरू त्रसित भए । उनीहरुले रकम थप्नुपर्नेमा जोड दिए ।

यतिबिघ्न खस्किएको आर्थिक स्थिति चुट्की बजाएझैं सुधार गर्छु भन्नु जादुगत सोचको एक रूप थियो । ब्यवहारिक तरिकाले सोचेर बनाइेएको आर्थिक योजना थिएन कि विचार र महत्वाकांक्षाले निर्देशित थियो । त्यसैले सफल भएन । अर्थशास्त्र, बजार, नाफा, लाभांश, घाटा, मुद्रास्फिति आदिको वास्तविक संसार एकातिर थियो भने उनीहरुको आर्थिक निति अर्कोतिर । तिनले घोषणा गरेको आर्थिक निति ब्यवहारिक आर्थिक नितिमा कुनै संलग्नता थिएन । त्यहाँ बाहिरको वास्तविक संसार पनि छ जुनसँग संलग्न हुनसक्छ भन्ने कुनै बुझाइ नै थिएन । तिनीहरूको राजनीतिक दृष्टिकोणका आधारभूत तत्वहरू फरक र अनौठा थिए । उनीहरुको मिनि बजेट सबै भ्रम थियो । उनीहरुको आर्थिक नितिमा प्रवेश गर्न त सकिने तर कुनै धारणासित मेल भने नखाने । उनीहरुको निति त्यस्तो देखियो ।

विशेषज्ञहरूबाट टाढा, वफादारसँग नजिक

युकेको इन्स्टिच्युट फर गभर्नमेन्टले १७ अक्टोबरमा एउटा प्यानल छलफल आयोजना गरेको थियो । शिर्षक थियो-“सरकार कसरी चलाउन हुँदैन: लिज ट्रसको पहिलो ४० दिनबाट पाठ ।”

प्रारम्भिक विषयनै लिज ट्रसको बेलायतको नागरिक सेवासँगको सम्बन्ध बारे थियो। ट्रेसको कमजोरि ट्रेजरीका सबैभन्दा वरिष्ठ अधिकारीलाई बर्खास्त गर्नु थियो । किनकि उनको अनुभव ट्रसकालागि महत्वपूर्ण हुनसक्थ्यो । तर ट्रसले अनुबह्व हेरिनन्, निकट खोजिन् ।

अर्को विवादास्पद नियुक्ति थियो, मार्क फुलब्रुकको । एक राजनीतिक रणनीतिकार र लबीस्ट जो पूर्व प्रधानमन्त्रीको चीफ अफ स्टाफको रूपमा थिए ।

बोरिस जोन्सनको आलोचनानै चुनावी सरकार जसरि चलाए भन्ने थियो । तर ट्रसले त्यसबाट सिकिनन् । उनलेपनि चुनावी सरकार चलाएझैं अनुभवी र आवश्यक मान्छे छानिनन् कि चुनावी सरकारमा झैं बफादार, निकटका मानिस भर्ति गर्न थालिन् ।
लिज ट्रसले आफ्नो प्रमुख कर्मचारीको रूपमा कसैलाई नियुक्त गरिन भने त्यो विशेषज्ञ होइन कि अभियानकर्ता थियो । सरकारमा कुनै विशेष अनुभव भएको कोहि ब्यक्ति होइन ।

उनले जोनसनसितबाट योपनि सिकिनन् । जोनसनले ‘सरकारमा सफल हुन केहि ब्यक्ति चाहिन्छ’ भन्ने बुझेका थिए । किनभने पहिलेनै काम गरिरहेको मेशिनलाई कसरि काम हुन्छ भन्ने राम्रो तरिका थाह भैसकेको हुन्छ । उसमा अनुभव हुन्छ ।

प्रधानमन्त्रीको प्रारम्भिक मन्त्रिपरिषद्को एउटा उल्लेखनीय विशेषता थियो- उनलाई प्रधानमन्त्रीको लागि समर्थन गर्ने वफादारहरूको बलियो उपस्थिति छ । यसले कन्जरभेटिभ सांसदहरूसँग समस्या निम्त्याउन सक्छ भन्ने सोचिएको थियो । तिमध्ये मात्र एक अल्पसंख्यकले उनलाई मतदान गरेका थिए।

एउटा समस्या के देखियो भने मन्त्रीपरिषद र महत्वपूर्ण पदमा स्वतन्त्र, अनुभवी र विशेषज्ञ वा बफादार मध्ये छनौट गर्नुपर्ने रहेछ । ति दुबै एकै थलोमा मिसिएर, एकै थलोमा बसेर काम गर्न र लिनपनि सहज नहुने रहेछ । त्यसैले ट्रसले दोस्रो बिकल्प छानिन जुन उनकालागि घातक सिद्द भयो । यो केहि हदसम्म जोनसनको मामिलामापनि देखिएको थियो, ट्रसकोमा जति भने अलि होइन ।

टोरी सदस्यहरू विरुद्ध टोरी सांसदहरू

पूर्व अर्थमन्त्री ऋषि सुनाक नेतृत्वको प्रतिस्पर्धामा टोरी सांसदहरूको सर्वेक्षणमा शीर्ष स्थानमा भए पनि अन्तिम चरणको मतदानमा ट्रसलाई रनअफमा पुर्‍याउने महत्त्वपूर्ण कारक पार्टीको तल्लो तहमा उनको लोकप्रियता थियो।

अगस्टभरि उनले सुनाक र अन्यबाट उनको कर कटौती योजनाहरूको बारेमा आएका चेतावनीहरूलाई व्यवस्थित रूपमा हटाइन् । र अन्ततः सदस्यहरूले उनलाई समर्थन गरे।

टोरी पार्टीका सदस्यहरूका विचारहरू टोरी पार्टीका सांसदहरूको विचारभन्दा साँच्चिकै भिन्न छन् । टोरी पार्टीका सांसदहरू टोरी पार्टीका मतदाताहरूको विचारभन्दा नजिक छन् । नेताहरू कसरी चयन गरिन्छन् भन्ने बारे साँच्चै एउटा रोचक कुरा हो यो ।

दलहरू आफ्ना सदस्यहरूद्वारा शासित हुन्छन् । सबैभन्दा महत्त्वपूर्ण योगदान भनेको पार्टीहरूमा साधारण, अनिर्वाचित मानिसहरूले भरिएका मानिस र ठूला संगठनहरू हुन् जसले लोकतन्त्रमा उल्लेख्य भूमिका खेल्छन्, प्रभाव पार्छन् ।

तर पूर्व टोरी नेतृत्वका उम्मेदवार रोरी स्टीवर्ट हाल त्यो पार्टीमा छैनन् । उनले के बताएका छन् भने सदस्यतालाई पार्टीको नेता चयन गर्न अनुमति दिनु टोरी र लेबर दुवैका लागि समस्या थियो । यसका पूर्व नेता जेरेमी कोर्बिन पनि आफ्ना ब्याकबेन्चरहरूसँग मतभेदमा थिए र २०१९ मा पार्टीलाई दशकौंको सबैभन्दा ठूलो चुनावी पराजयमा पुर्याएको थियो ।

“राजनीतिक दलमा सामेल हुन पैसा तिर्नु लोकतान्त्रिक कुरा होइन । तपाईसँग एक लाख सदस्य होस् वा पाँच लाख सदस्य भए पनि फरक पर्दैन । यो लोकतान्त्रिक होइन। कम्तीमा सांसदहरू निर्वाचित हुन्छन्, उनीहरूसँग एक प्रकारको लोकतान्त्रिक जनादेश हुन्छ” उनले अक्टोबर १४ मा टोनी ब्लेयरका पूर्व प्रेस प्रवक्ता एलेस्टर क्याम्पबेलसँगको संयुक्त पडकास्टमा भनेका थिए ।

“प्रधानमन्त्री चुन्नका लागि सांसदहरूले मतदान गर्ने परम्परागत तरिका हो । यसले एक प्रकारको लोकतान्त्रिक अर्थ दिन्छ । तर यो गर्ने पार्टीहरूले जेरेमी कोर्बिनलाई उत्पादन गरे, यसले बोरिस जोनसनलाई उत्पादन गर्यो, यसले लिज ट्रसलाई उत्पादन गर्यो, र यो धेरै, धेरै खराब प्रणाली हो” उनले भनेका छन् ।

तपाइँको प्रतिक्रिया