शुक्रबार, वैशाख १४, २०८१

घुम्न सजिलो, हेर्न ज्यादै रमणिय मुन्धुम ट्रेल

सन्तोष खालिङ / संखुवासभा२०७९ कार्तिक ४ गते ११:१२

असाध्यै सुन्दर हिमाली र प्राक्रितिक द्रिष्यले भरिएको छ मुन्धुम ट्रेल । धेरै उकालोपनि छैन । धेरै उचाईसम्म पुग्नुपर्दैन । करिब ३५ सय मिटर पुगेपनि यो ट्रेलको यात्रा गर्न सकिन्छ । त्यसैले धेरै उचाईमा पुग्न नसक्ने, धेरै अप्ठेरो उकालो हिंड्न नसक्ने, सुन्दर हिमाली द्रिष्य र गाउँका अनेक संस्क्रिति हेर्दै जान रुचाउनेकालागिपनि यो ट्रेल गज्जबको छ ।

खोटाङ जिल्लाको दिक्तेल (१६५० मिटर) मा सुरु हुने यो ट्रेक (मुन्डुम ट्रेल) नेपालको सुदूर पूर्वी भागमा पर्छ। पदयात्रा चखेवा गाउँ, धोत्रे र मैयुङ तर्फ जान्छ । त्यसपछि साल्पा पोखरी (३३४८ मिटर) तर्फको दक्षिणी बाटो लिनुपर्छ । यो ट्रेल घुम्न एक हप्ता जति लाग्छ । तर चखेवादेखि मैयुङ डाँडासम्म मात्रै घुम्नपनि सकिन्छ । त्यो त तीन दिनमै सकिन्छ ।

यो ट्रेल घुम्नकालागि असोज कार्तिकको यामपनि ठिकै हुन्छ । तर वैशाखतिरको याम सबैभन्दा उचित हुन्छ । किनभने त्यो बेला माेैसम खुलेकाे हुन्छ । गुराँस, चिमाल पनि फुलेकाे हुन्छ र डाँडा राताम्मे, सुन्दर देखिन्छन् । पुषमाघ लागेपछि हिउँ पर्न थाल्छ ।

संखुवासभाका सन्तोष खालिङका अनुसार सुबिधासम्पन्न होटेल त छैनन् । तर ट्रेलभरि हाेम स्टे छन् । कतै कतै हाेटल र गाेठहरू पाइन्छन् ।

तपाइँको प्रतिक्रिया