शुक्रबार, वैशाख ७, २०८१

गोरखा ग्लोबल समाजमा नयाँ नेतृत्व, उद्घाटन माओवादी नेताद्वारा

नेपालप्लस संवाददाता / गोरखा२०७९ कार्तिक ४ गते १४:५८

विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था गोरखा ग्लोबल समाजको नयाँ नेतृत्व हङकङका गोर्कण ढकालले गर्ने भएका छन् । उनी निर्बिरोध चयन भएका हुन् ।

गोरखास्थित मिराकल होटलमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले गरेका थिए।

ढकाल गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष समेत हुन्।

यस्तै उपाध्यक्षहरुमा त्रिलोचन पोखरेल (अस्ट्रेलिया), कृष्ण भट्टराई (कतार), आकाश बन्जरा (हङकङ), वम बहादुर बम (बेलायत), कमला काप्री (बेलायत) र गणेश लामिछाने चयन भएका छन्।

यसैगरी जापान निवासी विराट खनाललाई महासचिवको जिम्मेवारी दिइएको छ।

यस्तै सचिवमा बेल्जियमका मदन दवाडी र मलेसियाका प्रेम पाण्डे चयन भएका छन्। बेलायतका ज्ञानेन्द्र आले मगरले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । सहकोषाध्यक्षमा जर्मनीका सरोज अर्याल छनौट भएका छन्।

त्यसैगरी युवा संयोजकको जिम्मेवारी नेदरल्यान्डका सुभाषसिंह बस्नेतलाई दिइएको छ।

अधिवेशनले जर्मनीका रामप्रताप थापा प्रमुख रहेको ४ सदस्यीय संरक्षक समिति समेत गठन गरेको छ। सदस्यहरुमा जयप्रकाश गुरुङ (बेलायत), हरिहर अर्याल (फ्रान्स) र विनय अधिकारी (बेलायत) छन्।

कार्यसमिति सदस्य भने पदाधिकारीको बैठकले चयन गर्ने सहमति भएको छ।

२०१६ मा स्थापना भएको यो संस्थाले विश्वका दुई दर्जनभन्दा बढी मुलुकमा शाखा खोलेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक