बिहीबार, वैशाख १३, २०८१

बेलायती नयाँ प्रधानमन्त्रीका लागि चार जनाको दौड

नेपालप्लस संवाददाता / बेलायत२०७९ कार्तिक ४ गते १९:०६

लिज ट्रसले बिहीबार बेलायतको प्रधानमन्त्रीबाट राजिनामा दिएपछि त्यहाँ नयाँ प्रधानमन्त्री को हुने भन्ने आँकलन, अद्कलबाजी र दौड शुरु भैसकेको छ । यसैपनि निराश कन्जरभेटिभ पार्टीको लागि चार महिनामा दोस्रो घटना थियो यो । पदभार ग्रहण गरेको छ हप्तामा बेलायती प्रधानमन्त्रीको रूपमा ट्रसले राजीनामा दिने बताएपछि कन्जरभेटिभ पार्टीलाई निकै क्षति पुगेको छ ।

ट्रसको बेलायतमा सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्रीको रूपमा इतिहासको तल्लो भागमा नाम लेखिने छ । यस्तो एक नेता जसको सत्तामा पकड हालका दिनहरूमा यति कमजोर देखियो कि बन्दकोबीसित टाउको जुधाउँदापनि बन्दकोपीले जित्यो ।

संसदमा ठूलो बहुमत रहेको कन्जरभेटिभ पार्टीले अर्को दुई वर्षसम्म राष्ट्रव्यापी चुनावकालागि चुँ नबोल्ने गरी अर्को शुक्रबारसम्म नयाँ नेता चयन गर्ने वाचा गरेको छ । पार्टीको नेतृत्व चुनौतीहरूको निरीक्षण गर्ने वरिष्ठ कन्जरभेटिभ सांसद ग्राहम ब्रैडीले प्रत्येक उम्मेदवारले दौडनका लागि विधायकहरूबाट १०० मनोनयनहरू सुरक्षित गर्नुपर्ने बताएका छन् ।

प्रतिस्पर्धामा पूर्व अर्थमन्त्री ऋषि सुनाक र पूर्व रक्षामन्त्री पेनी मोर्डाउन्टको सबैभन्दा पहिलो प्रतिस्पर्धा हुने सम्भावना छ । तर अपमानित पूर्व प्रधानमन्त्री बोरिस जोनसनको फिर्ती पनि हुनसक्ने अवस्था छ जसलाई जुलाईमा निकाला जस्तै गरिएको थियो । त्यो बेला उनका मन्त्रीहरूले उनलाई सत्ताबाट बाहिर निकाल्न सामूहिक राजीनामा दिए ।

दौडमा सम्भावित मुख्य दावेदारहरूमा एक नजर

ऋषि सुनाक 

बेलायतका पूर्व अर्थमन्त्री यस वर्षको सुरुमा वेस्टमिन्स्टरमा कन्जरभेटिभ सांसदहरू बीचको नेतृत्वको प्रतिस्पर्धामा सबैभन्दा लोकप्रिय उम्मेद्वार थिए । तर, ट्रसको बिरूद्ध रन-अफमा पुगेपछि उनले अन्तिम निर्णय गर्ने लगभग एक लाख ७० हजार पार्टी सदस्यहरू समावेश भएको मतदानमा हारे ।

४२ वर्षीया सुनाकले ट्रसले मिनि बजेट प्रस्तुत गर्दानै चेतावनी दिएका थिए- थप उधारो मार्फत प्रस्तावहरू कोष गर्ने ट्रसको योजना लापरवाहीपूर्ण छ । यसले दशकौंको उच्च मुद्रास्फीति र यूकेमा बजार ब्यवस्थापनलाई बिगार्न सक्छ ।

अहिले उनी सही साबित भएका छन् । ट्रसको नाटकीय घोषणा पछि सुनाकलाई उनको त्यहि चेतावनी र सफल अर्थमन्त्रीको भूमिकाले प्रारम्भिक रुपमा मनपर्ने ब्यक्तिका रुपमा स्थापित गरेको छ ।

तर आलोचकहरुद्वारा उनलाई विभाजनकारी व्यक्तित्वको रूपमा पनि हेरिन्छ। धेरै सदस्यहरू रिसाएका थिए जब सुनाकले जुलाईमा जोनसनको सरकारबाट राजिनामा दिए । त्यसले विद्रोहलाई उचाल्न गर्न मद्दत गर्यो जसले अन्ततः जोनसनलाई सरकारबाट झारेरै छोड्यो । पार्टीलाई कमजोर बनायो ।

बेलायतको अखबार द टेलिग्राफले बिहीबार रिपोर्ट गरेको छ ‘सुनाक नेतृत्वको प्रतिस्पर्धामा उभिने निश्चित देखिएको छ ।’

पेन्नी मोर्डन्ट

पूर्व रक्षा मन्त्री ४९ वर्षिय मोर्डन्ट अघिल्लो कार्यकालमा जोनसनको उत्तराधिकारी हुन । प्रारम्भिक रुपमा ग्रासरुट तहबाट मनपर्ने ब्यक्ति हुन् । सुनाकको बिरूद्ध अन्तिम रन अफ बनाउन ट्रसलाई हराउने ८ मत भित्र उनी पनि थिए ।

युरोपियन युनियन छोड्ने भावुक समर्थक मोर्डन्टले सोमबार संसदमा जस्तो प्रदर्शन गरे त्यसमा प्रशंसा जिते । उनले सरकारको धेरै जसो नीतिहरू उल्टाए पनि सरकारको बचाउ गरे। यसले पार्टीलाई फाईदा गरेको बह्नाई पार्टितहको छ ।

उनको पार्टीका एक सांसदले पार्टीका विभिन्न जनजातिहरूमा साथीहरूलाइ एकिक्रित गर्न सक्ने उनको क्षमतालाई उल्लेख गर्दै मोर्डन्टलाई “व्यापक अपील भएको नेता” का रुपमा वर्णन गरेका छन् ।

बोरिस जोनसन

पूर्व पत्रकार जोनसन सन् २००८ मा लण्डन मेयर बनेदेखि नै बेलायती राजनीतिमा निकै चर्चामा आएका हुन्। डेभिड क्यामरुन र थेरेसा मे जस्ता नेताहरूलाई समस्यामा पारेपछि उनी सन् २०१९ मा प्रधानमन्त्री बने । र चुनावमा भारी मतले जित हासिल गरे ।

जोनसनलाई ब्रेक्सिट भोटको अनुहार पनि भनिन्छ । किनकि उनी ब्रेक्जिटका पक्षधर थिए । उनले कन्जरभेटिभलाई पहिले कहिल्यै मत नदिएको देशका केही भागहरूबाट भोट जितेका थिए। तर उनी घोटालाहरूको एक घटनाबाट बाहिर निस्किनुपर्‍यो ।

उनी यस अघिको नेतृत्व प्रतियोगितामा ट्रसको पक्षमा हुने सोचेका थिए । उनका पूर्व शीर्ष सहयोगी र पछि आलोचक बनेका डोमिनिक कमिंग्सले तर्क गरे-उनले त्यो किन गर्न चाहे भने ट्रसको कार्यकाल विनाशकारी र अल्पकालीन हुने अपेक्षा थियो जसका कारण उनको फिर्तीको लागि मार्ग प्रशस्त गर्ने छ ।

उनका नजिकका कतिपयले अहिले उनलाई अग्रपङ्क्तिको राजनीतिमा फर्कनुभन्दा भाषण गर्ने र पैसा कमाउनमा बढी रुचि रहेको बताउँछन् । तर द टाइम्सले भने जोनसन कन्जरभेटिभ पार्टीको नेतृत्वको प्रतिस्पर्धामा उभिने अपेक्षा गरिएको रिपोर्ट गरेको छ ।

“मलाई आशा छ कि तपाईंले आफ्नो छुट्टीको आनन्द मालिकले झैं उठाउनुभयो। फिर्ता आउने समय भएको छ किनभने कार्यालयमा केहि समस्याहरू छन् जसलाई सम्बोधन गर्न आवश्यक छ” एक कन्जरभेटिभ सांसद जेम्स डड्रिजले ट्विटरमा भनेका छन् ।” किनभने जोनसन यतिखेर छुट्टी मनाउन गएका छन् ।

बेन वालेस

बेलायतका रक्षा मन्त्री हालैको राजनीतिक उथलपुथलबाट उभिएका केही मन्त्रीहरूमध्ये एक हुन् जसको विश्वसनीयता बढेको छ। वालेस एक पूर्व सैनिक, जोनसन र ट्रस दुबैका लागि रक्षा मन्त्री थिए । उनले युक्रेनमा रूसको आक्रमणको लागि बेलायतको नेतृत्व गरे ।

पार्टीका सदस्यहरूमाझ लोकप्रिय उनले यस वर्षको सुरुमा धेरैलाई चकित पारेका थिए जब उनले आफूले नेतृत्वको लागि उम्मेदवारी नदिने बताए । आफू हालको काममा ध्यान केन्द्रित गर्न चाहेको उल्लेख गरे । उनले यस हप्ता टाइम्स पत्रिकालाई आफू अझै रक्षा मन्त्रीको रूपमा रहन चाहेको बताएका छन् ।

तर भर्खरको कन्जरभेटिभ पार्टीको सम्मेलनमा प्रधानमन्त्रीको पदमा उम्मेदवारी दिने विचार छ कि छैन भनेर सोध्दा ५२ वर्षीय उनले भने “म यसलाई अस्वीकार गर्दिन।”

प्रधानमन्त्री पदमा अन्य सम्भावित धावकहरू मध्ये, नयाँ अर्थमन्त्री जेरेमी हन्ट र पूर्व क्याबिनेटका दमदार ब्यक्ति मानिने माइकल गोभ दुवैले आफूलाई अस्वीकार गरेको भनिएको छ ।

तपाइँको प्रतिक्रिया