मंगलबार, वैशाख ४, २०८१

इटालीको पहिलो महिला प्रधानमन्त्रीमा जर्जिया मेलोनी नियुक्त

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक ४ गते २१:१८

इटालीको पहिलो महिला प्रधानमन्त्रीमा जर्जिया मेलोनी नियुक्त भएकी छन् ।

राष्ट्रपति सर्जियो माटारेलासँगको भेटपछि उनले आफ्नो मन्त्रिपरिषद्को संरचना घोषणा गरेकी छन् ।

मेलोनी ब्रदर्स अफ इटाली पार्टीको प्रमुख हुन् । नव-फासिस्ट जरा भएको यो पार्टी राष्ट्रिय रूढिवादी आन्दोलनबाट २५ सेप्टेम्बरमा भएको आम चुनावमा इटालीको सबैभन्दा ठूलो पार्टीको रूपमा देखा परेको थियो ।

उनको पार्टी दक्षिणपन्थी गठबन्धनको मुख्य शक्ति हो जसमा माटियो साल्भिनीको नर्दन लिग मुभमेन्ट र सिल्भियो बर्लुस्कोनीको फोर्जा इटालिया समावेश छन् ।

साल्भिनी आफैं उपप्रधानमन्त्री नियुक्त भएका छन् । उनी दोस्रो पटक यो पदमा बसेका हुन् । साथै यातायात मन्त्रीपनि बनेका हुन् ।

मेलोनीको मन्त्रिपरिषदमा अन्य प्रमुख नामहरूमध्ये पूर्व युरोपेली संसद अध्यक्ष एन्टोनियो ताजानी छन्, जो नयाँ विदेश मन्त्री र उपप्रधानमन्त्री हुनेछन् ।

शनिबार विहान १० बजे औपचारिक रूपमा सपथ लिने तयारीमा रहेकि मेलोनीले एकीकृत नयाँ सरकारको नेतृत्व गर्ने आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

संवन्धित : ईटालीमा पहिलो महिला प्रधानमन्त्रीमार्फत् सत्तामा अति दक्षिणपन्थी पार्टी पुग्ने संकेत

“हामी इटालीलाई हाम्रो वर्तमान चुनौती र आपतकालिन अवस्थाबाट सक्षम र चेतनापूर्वक तरिकाले सामना गर्न सक्ने सरकार प्रदान गर्न तयार छौं ” उनले ट्वीटरमा भनेकि छन् ।

तर यो दक्षिणपन्थी गठबन्धनले राजनितिक पहिरो सुरक्षित तरिकाले कटाएपनि दक्षिणपन्थी गुट पहिले नै महत्वपूर्ण चुनौतिहरुद्वारा पीडित छ।

नेताहरू बीच तनाव छ । मेलोनी र बर्लुस्कोनीबिचको द्वन्द बाहिर छरपस्ट भएको छ । विशेष गरी बुर्लोस्कोनीले मेलोनीलाई आफ्नो नोटमा ‘मालिक बन्न खोजेको, दबाउन खोजिएको, हैकमवादी, अहंकारी र आपत्तिजनक’ भनेर वर्णन गरेपछि उनीहरुबिचको द्वन्द छरपस्ट भएको हो । मेलोनीले त्यसको जवाफ दिएकि थिईन् “म ब्ल्याकमेलमा पर्ने छैन ।”

संवन्धित : इटालीको दक्षिणपन्थी पार्टीले चुनाव जितेको सर्वेक्षणको दाबी, पहिलो महिला प्रधानमन्त्री बन्ने संभावना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लामो समयका साथी बर्लुस्कोनीले आफ्नो सम्बन्ध पुनः जगाएको भन्ने सार्वजनिक गरेपछि स्थिति झन् खराब भयो, जससँग उनले उपहार र धेरै आत्मिय पत्रहरू आदानप्रदान गरेको स्वीकार गरे।

बर्लुस्कोनीले भने उनीसित निकट रहेको आरोपहरूलाई अस्वीकार गरेका छन् । तर पुटीनसितको अडियो बाहिर चुहिएपछि फैलिएको क्रोधले गठबन्धन सरकारको योजनालाई उल्लेखनीय रूपमा विचलित गरेको छ। मेलोनीले भने दृढतापूर्वक नाटो समर्थक अडान राखेकी छिन् र युक्रेनमा मस्कोको आक्रमणको कडा निन्दा गरेकी छिन्।

पुटीनसितको निकटता बारेको अडियो बाहिर आएपछि सेन्टर लेफ्ट पार्टीका नेता एनरिको लेटाले रूसका बारेमा अस्पष्टता नसहने बताएका छन् ।

तपाइँको प्रतिक्रिया