बिहीबार, चैत १५, २०८०

जलवायु परिवर्तन र बाढीबाट बच्न पानीमा तैरिने तरकारी बारी

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक ५ गते ५:०५

बंगलादेश जलवायु परिवर्तनको मार खाने देशमध्ये अग्रपंक्तिमा छ । किनभने यसको तल्लो भेगको खेतबारीले बाढीको सामना गरिरहेको छ । हरेक वर्ष वाढीले डुबाउँछ । नागरिकको बिचल्ली बनाइदिन्छ । खेत बारीमा बाढी पसेर सबै पुरिदिन्छ । तर हरेक कुराको समाधान हुन्छ भनेझैं उनीहरुले बाढीबाट तरकारी बचाउन उपाय निकालेका छन्- पानीमा तैरिरहने बगैंचा वा तरकारी बारी ।

यसलाई हाइड्रोपोनिक्स (बालुवा, ग्राभेल वा तरलमा बिरुवाहरू बढ्ने प्रक्रिया, थप पोषक तत्वहरू मिसाएर । तर माटो बिना) को परम्परागत रूप भनिन्छ । यो अक्किल अपनाउँदा त्यहाँका केही किसानले आफ्ना परिवारहरूलाई केहि राहत दिन सफल भएका छन् ।

सन् १९८८ को गर्मीमा बंगलादेशमा ठूलो बाढी आएको थियो । त्यसपछि यो वर्ष देशले भोगेको सबैभन्दा खराब समय हो ।

गोपालगञ्ज जिल्लाका किसानहरु बिचल्लीमा परे । बाढी आएपछि त्यसको क्षतिबाट बच्ने ठाउँ थिएन । त्यसोपछि उनीहरू आफ्ना पुर्खाहरूले गर्दै आएको त्यहि सम्मानित अभ्यासमा फर्के।

उनीहरुले नहरहरूमा सामान्य तैरने बिरुवा, जलकुम्भी सङ्कलन गरे । केही मिटर चौडा र करिब १० मिटर लामो डुगा जस्तो बनाए । आफ्नो परिवार र आफ्ना केहि पाल्तु जनवारसँगै डुंगामा बस्न थाले ।

गोपालगञ्जमा यसरि बस्ने थुप्रै परिवार छन् । तिनै मध्येका एक हुन्, हरि पोडो ।

“हामी जलकुम्भी डुंगामा बस्यौं,” पोडोले भने “एकातिर मानिस र अर्कोतिर घरपालुवा जनावरहरू। हामी तैरिरहेको बोटबिरुवामा खाना पकाएर सुतेका थियौं। हामी त्यो पानीमाथि करिब दुई महिना बस्यौं ।”

त्यसबेला, परम्परागत रुपमा तैरिरहेको बगैंचालाई पुनर्जीवित गर्नाले पोडोको परिवारलाई बचायो। हरेक वर्ष बाढी झन झन ठूलो खतरा बन्दै गएको छ । पानीमा तैरिने डुंगाको बारीले धेरैको जीविकोपार्जन बचाउन सक्छ।

शैतानको बीचमा…

“मौसम परिवर्तन भएको छ” पोडोले भने “अहिले बर्खा पहिले भन्दा धेरै बढेको छ ।”

बंगलादेश हिमालयबाट बरफ पग्लिएर खस्ने बलेसी जस्तै हो । उत्तरबाट बढ्दो बेगको मनसुन र दक्षिणमा बंगालको खाडीको बढ्दो ज्वारको बीचमा फसेको छ यो देश ।

“मानिसहरू अनुकूल हुन थालेका छन्” सतखिरामा रहेको विकास एनजीओ उत्तरनका जाहिद शाशोतोले मेडियाहरुलाई भने “सायद किसानहरूलाई समस्या थाहा छैन, तर तिनीहरू शताब्दीयौंदेखि गर्दै आएका समाधानहरू खोजिरहेका छन्।”

दक्षिणमा बढ्दो समुद्री सतहले प्राकृतिक बिपत्ती थपिदिएको मात्रै छैन, नुनिलो पानीलाई एक समयको उर्वर गंगा-ब्रम्हपुत्रले छोडेको माटोमा पुर्‍याइरहेको छ। त्यो नुनिलो पानी किसानको खेत र इनारहरूमा पुगेको छ ।

सन् २००० र २००९ को बीचमा नुनिलो पानी पसेपछि दक्षिणी तटबाट १५ किलोमिटर उत्तरसम्म फैलियो। अहिले सुख्खा मौसममा यो १६० किलोमिटर भित्री भागसम्म पुग्छ र दक्षिणी बंगलादेशको ४० प्रतिशत खेतबारीलाई खतरामा पार्छ ।

ढाकाको सेन्टर फर पार्टिसिपेटरी रिसर्च एण्ड डेभलपमेन्टका प्रमुख महमुद शमसुद्दोहाले भने “नुनिलो पानीले कृषिलाई हानी गर्छ। तपाईं जति धेरै दक्षिण जानुहुन्छ, त्यति नै तपाईंले देख्नुहुन्छ कि कृषि अब लाभदायक छैन ।”

कृषिदेखि जलस्रोतसम्म

शमसुद्दोहाले पछिल्लो दशकमा कुल गार्हस्थ उत्पादनमा कृषिको हिस्सा ५० प्रतिशतबाट घटेर २० प्रतिशतको हाराहारीमा पुगेको बताए ।

कतिपय कृषकले खेतिपाती छाडेर सहरी क्षेत्रमा काम खोजिरहेका छन् । अरूहरू झिंगे माछाको खेतीतिर लागेका छन्।

जोगदीश मल्लिक सतखिरा जिल्लाको परमागुर खलीको सानो गाउँमा बस्छन् । ५९ वर्षको उमेरमा उनले आफ्नो दशकमा नाटकीय रूपमा आफ्नो घर परिवर्तन भएको देखेका छन् ।

“किसानहरू संघर्ष गरिरहेका छन्” साँघुरो, चिप्लो माटोको ढिकहरूमा नाङ्गो खुट्टाले आफ्नो झिंगे माछा पोखरीमा निस्कँदै उनले भने “धेरैजसो गाउँ छोडेर सहरमा बसाइँ सरेका छन्। कोही ढाकामा गार्मेन्ट उद्योगमा काम गर्छन्, कोही खुलनामा भ्यान चलाउँछन् ।”

त्यस्तो काममा पछि परेकाहरूका लागि अनुत्पादक जमिनमा खेती गर्ने पछि फर्किने काम भन्दा झिंगे माछा खेती राम्रो आम्दानीको स्रोत हो । “आज हामी अतिसारो गरिबीमा छैनौं। झिगे माछा खेती गरेर हामी राम्रो हुन्छौं” मल्लिकले सुनाए ।

झिंगे माछा हाल बंगलादेशको दोस्रो ठूलो निर्यात हो, लत्ताकपडा पछि । त्यो प्रायः युरोपियन युनियनका देशमा जान्छ। तर यो झिंगे माछा एक निस्चित वातावरण र नियममा पालिनुपर्ने हुनाले उच्च सामाजिक र वातावरणीय लागत पर्छ ।

“हाम्रो क्षेत्रको सौन्दर्य लोप भइसकेको छ । यहाँ बिरलै रुखहरू छन्” मल्लिकले भने “मानिसहरू धेरै थिए, राम्रो जीवन बिताएका थिए । अहिले नुनिलो पानीको घुसपैठ र झिंगे माछा पालनको लागि पोखरी बनाउँदा यस्तो सुन्दर वातावरण लोप हुँदैछ ।”

समुद्री तटहरु क्षति हुँदै वा भत्किँदै, बग्दै जाँदा तटीय क्षेत्र द्रुत रूपमा घट्दै गएपको छ । त्यसले गर्दा झिंगे माछा खेतीका दिनहरू पनि कहिलेसम्म होला र भन्ने गणना गर्न सकिन्छ। मलिक आफ्नो र वरपरका गाउँहरू उजाड हुन केही समय मात्र बाँकी रहेको विश्वास गर्छन्।

दलदलमा भवन

गोपालगञ्ज, जेसोर र कुहल्ना जस्ता जिल्लाहरूमा नुनिलो पानीको प्रवेशले अझै समस्या निम्त्याइहालेको छैन। तर बाढीले भने छ। किसानहरूको भविष्य अब निश्चित छैन । त्यसैले कोही नयाँ परिस्थिति अनुसार आफूलाई अनुकूल पार्दैछन्।

गियासुदिन सदरले केरा, अम्बा, नरिवल, आँप र भिन्डी फलाउँछन् । उनको जग्गा अग्लो, सदाबहार रूखहरू र नहरहरूको तालले घेरिएको छ। “हामी हाम्रा नदीहरू र नहरहरूलाई माया गर्छौं, हामी यो जीवनमा अभ्यस्त छौं,” सदरले गर्वसाथ भने ।

उनको गाउँ, पिओर्जपुन जिल्लाको नाजिरबजार हो । यो कुनै समय दलदले जङ्गल मासेर बनेको हो । गाँउवासीहरूले दलदले जमिनमा माटोको थुप्रो बनाए । नहर खने जसले गर्दा तिनीहरूको घर र बगैंचाको लागि ठोस आधार बनाइयो।

केटाकेटीहरू छायाँ पर्ने नहरको किनारबाट हरियो पानीमा डुबुल्की मार्छन्। तिनीहरूले स्कूल जान डुङ्गा प्रयोग गर्छन् । जसरी तिनीहरूका आमाबाबु बजार जान्छन् ।

झींगे माछा पालक मलिकको विपरीत सदर भविष्यप्रति आशावादी छन्। “हामीले सामना गर्ने जुनसुकै कुरा जस्तै, नदी, नहर, वर्षा, बाढीसित हामीले परिवर्तनशील वातावरणसँगै बाँच्न सिकेका छौं” उनले भने।

जीवित डुंगाहरू

अरूको लागि जवाफ दिने हो भने यो डुंगालाई संसारको यस भागको अद्वितीय हाइड्रोपोनिक्स (बालुवा, ग्राभेल वा तरलमा बिरुवाहरू बढ्ने प्रक्रिया, थप पोषक तत्वहरू मिसाएर । तर माटो बिना) को परम्परागत रूप हो भन्न सकिन्छ ।

यो बनाउने कला र प्रविधीपनि गज्जबकै छ । सयौं वर्षदेखि गाउँलेहरूले धानको पराल र जलीय बोटबिरुवाहरू प्रयोग गर्दै करिब २० मिटर (६५ फिट) लम्बाइसम्म जैविक पदार्थको टापूहरू सिर्जना गर्दै आएका छन्।

त्यसो त, यो प्रविधि मर्दै थियो। तर अहिले किसानहरूले यसलाई बदलिँदो मौसम र बढ्दो बाढीको खतरासँग जुध्ने उपायका रूपमा फेरि पुनर्जिवित गराएका छन् ।

पुरुष र महिलाहरू आफ्नो जीवन्त डुंगाहरु निर्माण गर्न सँगै काम गर्छन्, र तिनीहरूको उत्पादन जैविक हो । त्यसैले प्रक्रितिलाईपनि त्यसले कुनै क्षति पुर्‍याउँदैन ।

यसको अर्को गज्जबको फाईदापनि छ । पानीमा हुर्कने बालीहरू कीराहरूबाट कम जोखिममा हुन्छन् र मलको आवश्यकता पर्दैन। प्रत्येक तैरिने प्लेटफर्म (त्यसको पिंध) लगभग तीन महिना टिक्छ । त्यसपछि यसलाई किनारमा ल्याइन्छ र जमिनमा उब्जाएको बालीलाई मल बनाउन प्रयोग गरिन्छ।

जलकुम्भी यस्तो आक्रामक प्रजाति हो जुन नुनले पानीलाई दूषित गर्दा पनि फस्टाउँछ । र त्यसलाई सामान्यतया कीटको रूपमा हेरिन्छ । तैरिरहेने बगैंचाको लागि यहि जलकुम्भीले उत्तम आधार बनाउँदै ‘हिरो बिरुवा’ बनेको छ।

समसुद्दोहा डुंगा विशेष वातावरणका लागि मात्र समाधान भएको बताउँछन् । उनी भन्छन् “समुद्रको सतह बढ्दै जाँदा माटोमा नुनिलोपन बढ्दै जान्छ र जलकुम्भी जस्ता कडा बिरुवाहरूका लागि पनि विषाक्त हुन सक्छ ।

तर अहिलेको लागि कम्तिमा केही परिवारहरूलाई तैरिरहेको कृषिले बाँच्ने आधार दिएको छ । अस्ट्रेलियाको डेकिन विश्वविद्यालयको हालैको रिपोर्टले भन्छ “दिगो विकास हासिल गर्न किसान समुदायलाई ठूलो सहयोग गर्न सक्छ ।”

(स्रोत- डि डब्ल्यु, रोयटर्स र फ्रंस न्युज २४)

तपाइँको प्रतिक्रिया

फेसबुक