शुक्रबार, चैत १६, २०८०

चुरोटका ठुटाबाट लामखुट्टे भगाउने मलम र खेलौना

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक ५ गते १२:५४

एउटा भारतीय कारखानाले चुरोटका ठुटाबाट लामखुट्टे भगाउने मलम र नरम खेलौना बनाइरहेको छ । सडकबाट टिपेर ल्याउने ति ठुटाहरु हाल रिसाईकल गरिरहेको छ ।

अनुमानित ४५ खर्ब चुरोटका ठुटा प्रत्येक वर्ष विश्वभर फ्याँक्ने गरिन्छ जसमध्ये ९० प्रतिशतमा नकुहिने, नसड्ने प्लास्टिक फिल्टरहरू हुन्छन् । खेलौना र तकिया लगायतका विभिन्न उत्पादनहरूमा पुन: प्रशोधन गर्नु व्यवसायी नमन गुप्ताको दिमागको उपज हो ।

“हामीले १० ग्राम (प्रति दिन फाइबर) बाट सुरु गर्यौं र अहिले हामी १,००० किलोग्राम गर्दैछौं । वार्षिक रूपमा हामी लाखौं चुरोटका ठुटा पुन: प्रयोग गर्न सक्षम छौं” उनी भन्छन्।

भारतमा चुरोटका ठुटा रिसाइक्लिंग कारखाना नोएडामा लगिन्छ । ठुटाको फिल्टर गर्ने मेशिनबाट अलग गरिएको रिसाइकल फाइबर प्रयोग गरेर महिला कामदारहरूले नरम खेलौनाहरू बनाउँछन् ।

नयाँ दिल्लीको बाहिरी भागमा रहेको उनको कारखानामा, एक महिलाको टोलीले हातबाट (मैन्युअल) ठुटाहरूलाई फाइबर, कागज र अन्य भाग छुट्याएर अलग गर्दछन् ।

त्यसपछि कागजलाई पल्पमा परिणत गरिन्छ । त्यसलाई कुहिने, सड्ने अर्गानिक वस्तुसँग मिसाइन्छ र जलाउन मिल्ने लामखुट्टे निरोधकमा परिणत हुन्छ।

फाइबरलाई जैविक रसायनले सफा गरेर चम्किलो र हलुका गरिन्छ जसले यसको विषाक्त पदार्थहरूलाई असर नगर्ने बनाउँछ । परिणामस्वरूप सेतो कपास जस्तो वस्तु नरम खेलौना र तकियाहरूमा प्रयोग गरिन्छ।

दिल्लीको बाहिरी भागमा अवस्थित गुप्ताको कारखानामा कामदारहरूले चुरोटको ठुटामा बाँकि रहेको सुर्ति पनि अलग गर्छन् जसलाई धुलो मलमा परिणत गरिन्छ।

लामखुट्टे निरोधक

उनको कम्पनी कोड इफेक्टले हालसम्म सहरका सडकबाट उठाएर ३० करोडभन्दा बढी चुरोटको ठुटा रिसाइकल गरिसकेको छ।

विश्व स्वास्थ्य संगठनले लगभग २६ करोड ७० लाख मानिसहरू जुन भारतको वयस्क जनसंख्याको लगभग ३० प्रतिशत हो सुर्तीजन्य प्रयोगकर्ताहरू रहेको उल्लेख गरेको छ । चुरोटका ठुटाको फोहोर शहरी सडकहरूमा बढी छ जहाँ सामान्य सरसफाइ मापदण्डहरू कमजोर छन् ।

गुप्ताको कारखानामा कार्यरतहरु भन्छन् “त्यसैले यहाँ काम गर्दा हाम्रो वातावरण सफा राख्न पनि मद्दत पुग्छ ।”

चुरोटको ठुटा विश्वमा सबैभन्दा बढी फ्याँकिने, बेवास्ता गरिने फोहोर हो । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार विश्वमा सबैभन्दा बढी फ्याँकिने फोहोरमा चुरोटको ठुटा रहेको छ ।

यी मध्ये धेरै हाम्रो नदी, ताल, खोल्साखोल्सी र महासागरहरूमा पुग्छन् । हाम्रो समुद्री तटहरूमा समुद्री वातावरणको लागि विनाशकारी परिणाम दिएर समाप्त हुन्छन्।

चुरोटका फिल्टरहरू गैर-बायोडिग्रेडेबल सेल्युलोज एसीटेट फाइबर वा नगल्ने, नसड्ने पदार्थहरूबाट बनेका हुन्छन् जुन सुक्ष्मप्लास्टिक्समा टुक्रिन्छ र समुद्री जीव र चराहरूले खान्छन् ।

सन् २०१९ मा १५ वर्ष माथिका ईयु जनसंख्याको ५ दशमलव ९ प्रतिशतले प्रति दिन कम्तिमा २० वटा चुरोट उपभोग गरे । १२ दशमलव ६ प्रतिशतले २० भन्दा कम खपत गरेको युरोस्टाटको तथ्यांकले देखाएको छ।

युरोपमा फ्रान्सको मेगो जस्ता कम्पनीहरूलेपनि चुरोटका ठुटा पुन: प्रयोग गर्ने तरिकाको आविष्कार गरेका छन् । तिनीहरूलाई टेबल र बेन्च जस्ता फर्नीचर बनाउनकोलागि पुन: प्रयोग गर्न थालेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक