बिहीबार, चैत १५, २०८०

देउसी र भैलोले घन्कियो पेरिस

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक ६ गते १४:२७

फ्रान्सको राजधानी पेरिसमा नेपालीहरुले देउसी भैलो खेलेर आफ्नो संस्क्रिति र पर्व मनाएका छन् । शनीवार नेपाली पर्व तिहारका अवशरमा गोरखाली समाज, फ्रान्सले आयोजना गरेको देउसी र भैलोमा नेपालीहरु रमाएका हुन् ।

बिभिन्न संघ संस्थाका अभियन्ता, एनआरएनएका प्रतिनिधि, स्थानिय नेपाली कलाकार, वालवालिकासहित नेपालीहरुले सामुहिक रुपमा देउसी भैलो खेलेका हुन् ।

शनिवार दिउँसोदेखिनै शुरु भएको देउसी भैलो सहितको नेपाली गितसंगित र न्रित्यमा साँझसम्म नेपालीहरुको जमघट थियो । उनीहरुले तिहारमा बनाइने सेलरोटी, अचार र अन्य परिकारसमेतसँगै रमाईलो गरे ।

नेपालकै परम्परा अनुसार देउसी भैलो गाउने, भट्याउने र नाचगान गरेर मनाएको देउसी भैलोबाट उठेको रकम फ्रान्समा बिभिन्न समस्यामा नेपालीलाई अप्ठेरो, आपतबिपत पर्दा उद्दार र आपतकालिन सहयोगमा प्रयोग गरिने देउसी भैलो आयोजक गोर्खाली समाजका अध्यक्ष रामेश्वर श्रेष्ठले बताए ।

जतिसुकै ब्यस्त भएपनि नेपालीहरुले आफ्नो नेपालीपन, संस्क्रिति र पर्व जोगाउन र नयाँ पिंढीलाई सिकाउनपनि आफ्ना पर्वहरु मनाउनुपर्ने भनाई श्रेष्ठको थियो । आइतवारपनि नेपाली कलाकारहरुको संस्था ईनासले दशैं तिहार धमाका भन्दै नेपाली सांस्क्रितिक साँझ र देउसी भैलो कार्यक्रम घोषणा गरेको छ ।

तपाइँको प्रतिक्रिया