मंगलबार, वैशाख ११, २०८१

बेलायतको नयाँ प्रम बन्न जोनसन पछि हटेको संकेत, बाँकि तीन को हुन् ?

नेपालप्लस संवाददाता / बेलायत२०७९ कार्तिक ६ गते १८:४४

बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने दौड शुक्रबारदेखि तीव्र रूपमा सुरु भयो । केही वरिष्ठ सरकारका मन्त्रीहरूले बोरिस जोनसनलाई समर्थन गरेपनि उनले अगाडि नबढ्ने संकेत गरेपछि ऋषी सुनाकलाई मौका मिल्नसक्ने आँकलन गर्न लागिएको छ ।

लिज ट्रसको राजीनामा पछि जोनसनले क्यारेबियनमा मनाईरहेको छुट्टीको समय घटाएर शनिवार फर्किंएका छन् । सहकर्मीहरूलाई आवाज उठाउन र कन्जरभेटिभ पार्टी नेतृत्वको प्रतिस्पर्धा जित्नको लागि पर्याप्त समर्थन छ कि छैन भनेर मूल्याङ्कन गर्न शनिबार घर फर्किएका हुन् ।

अर्थ मन्त्री र जोनसनका वफादार जैकब रीस-मोग दर्जनौं टोरी सांसदहरू मध्ये थिए जो जोनसनको समर्थनमा बाहिर आएका छन् । धेरै सहयोगीहरूले ट्विटरमा ‘बोरिसलाई समर्थन (ब्याक बोरिस) भन्दै उल्लेख गरेका छन् ।

बेलायतको इतिहासमा सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री ट्रसलाई प्रतिस्थापन गर्न खोज्नेहरूले सोमबार दिउँसो कन्जरभेटिभ सांसदहरूबाट १०० मनोनयनहरू सुरक्षित गर्नुपर्नेछ ।

यो उपलब्धि एउटै दावेदारले हासिल गरेमा सोही दिन उ प्रधानमन्त्री बन्ने छ । तर यदि दुई वा बढी दावेदारहरू देखा परेमा लगभग एक लाख ७० हजार कन्जरभेटिभ पार्टीका सदस्यहरूले अनलाइन मतपत्रमा मतदान गर्नेछन्।

आगामी अक्टोबर २८ सम्ममा नयाँ प्रधानमन्त्री चयन गर्ने वाचा गरिएको छ । जसले जित्छ ऊ छ वर्षमा बेलायतको पाँचौं प्रमुख नेता हुनेछ, जसले कठिन समयको सामना गरिरहेको देशको अध्यक्षता गर्ने छ ।

तर दौडमा को छ ?

ऋषी सुनाक

४२ वर्षीय पूर्व अर्थमन्त्री पछिल्लो कन्जरभेटिभ नेतृत्वको दौडमा ट्रसको दोस्रो स्थानमा आएका थिए ।

दुई बीचको चर्को टिभी बहसको क्रममा सुनाकले ट्रसको कर कटौती गर्ने प्रस्तावित आर्थिक नीतिहरूको आलोचना गरेका थिए । उनले ट्रसको मिनि बजेट प्रस्तावलाई “तिनीहरू लापरवाह परीकथाहरू” भनेका थिए । त्यसले अर्थतन्त्रलाई पतन गराउने दाबी गरेका थिए जुन अहिले सिद्द भयो।

उनले आफूलाई देशमा स्थिरता कायम गराउन सक्ने उम्मेद्वारको रूपमा दाबी गरेका छन् जसले बेलायतको सार्वजनिक वित्तको बारेमा कडा स्थितिको सामना गर्नसक्छ ।

सुनकले भविष्यवाणी गरेका धेरै जसो विषय पूरा पनि भए । विशेष गरी पाउन्डको मूल्यमा गिरावट आउने उनले दाबी गरेका थिए । त्यो सिद्द भयो । उनको यस भनाई र अर्थमन्त्रीका रुपमा उनको काम गराईले उनको नेतृत्व प्रमाणित गर्ने टोरी पार्टीका केहीले दावी गरेका छन् ।

जोनसनको सरकार, विशेष गरी कोरोना तालाबन्दीको क्रममा डाउनिंग स्ट्रिटमा मादक पदार्थ सहितको पार्टीहरूमाथि लगातार घोटालाहरूको खबर आएपछि उनले राजीनामा दिए । तर जोनसनले राजिनामा दिएपछि स्तब्ध भएको बताएका थिए ।

सुनाकले कोरोना भाइरस महामारीको बेला यूकेको आर्थिक क्षेत्रको नेतृत्व गरे । सरकारी कोषमा अरबौं पाउन्डको निरीक्षण गर्दै व्यवसायी र कामदारहरूलाई कोविड-१९ को कस्टका बेला कडा मारमा मद्दत गरे ।

पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय आमाबाबुबाट जन्मेका सुनाकले विन्चेस्टर कलेजको निजी विद्यालयमा पढेका थिए। त्यहाँ पढ्न प्रत्येक विद्यार्थीहरूको लागि प्रति वर्ष ३३ हजार नौ सय ९० पाउण्ड खर्च लाग्छ । पछि अक्सफोर्डमा अध्ययन गरे।

कतिपयले सुनकलाई सम्भ्रान्त शिक्षा लिएकाले न्युन वर्गको समस्या नबुझ्ने भनेरपनि हेर्छन् । त्यहि सम्भ्रान्त शिक्षाका कारण सम्भ्रान्त वर्गले प्रभाव पार्न सक्ने भन्नेहरुपनि छन् । लगानी बैंक गोल्डम्यान स्याक्स र हेज फन्डमा अन्तिम जागिरका कारण जीवनयापनको लागतको बीचमा विपक्षीहरूका लागि उनि सजिलो ब्यक्तिको रूपमा पनि हेर्छन्।

उनकी पत्नी अक्षता मूर्तिले आफ्नो वैदेशिक आम्दानीमा कर तिर्न बेवास्ता गरेको खुलासा पछि उनको कडा आलोचना पनि भयो। उनका बुबा इरानका सबैभन्दा धनी व्यक्ति हुन्।

पेन्नी मोर्डन्ट

पेनेलप मारी मोर्डन्ड (पेन्नी मोर्डन्ट) पहिलो उम्मेद्वार हुन् जसले आधिकारिक रूपमा आगामी नेतृत्वकालागि चुनावमा भाग लिने आफ्नो दाबी पुष्टि गरिन् । उनी हाल सरकारमा हाउस अफ कमन्सको नेताको रूपमा काम गरिरहेकी छिन् ।

सुनाक र ट्रसलाई पछि पार्दै अन्तिम टोरी नेतृत्वको दौडमा ४९ वर्षीयाले तेस्रो स्थान जितेकी हुन् ।

मोर्डन्टले जोनसनको क्याबिनेटमा वरिष्ठ पद भने लिईनन् । त्यसले गर्दा उनलाई घोटालाले ग्रस्त सरकारमा सहभागि नभएर स्वच्क्ष नेताको रुपमा दाबी गर्ने मौका मिल्यो । उनी कन्जरभेटिभ सांसदहरुबिच लोकप्रिय छन् ।

उनी पछिल्ला दिनहरूमा ट्रसको पक्षमा उभिएकी छिन् । खासगरि पूर्व-प्रधानमन्त्रीहरूको पक्षमा बोल्दै पूर्व चान्सलर क्वासी क्वार्टेङलाई उनको असफल आर्थिक योजनाहरूको आरोपमा बर्खास्त गरेपछि उनले ट्रसका पक्षमा बोलेकि हुन् । क्वार्टेङको आर्थिक योजनाले बजारलाई त्रस्त बनाएको थियो ।

उनी हाल बिग्रिएको पार्टीलाई मद्दत गर्नको लागि उत्तम उम्मेद्वार हुन सक्ने केही कन्जरभेटिभ नेताहरूको विश्वास छ । उनले बुधवार संसदीय मतदानलाई समर्थन गर्न सदस्यहरूलाई धम्की दिएको बाहिरिएको छ । तर मोर्डेन्ट साधारण बेलायतीहरूबिच उति परिचित र लोकप्रिय भने छैनन् ।

मोर्डन्टले ब्रेक्सिट समर्थक अभियानमा प्रमुख भूमिका खेलेकि थिईन् । उनी २०१९ मा बेलायती रक्षा मन्त्री बन्ने पहिलो महिला थिइन् । यद्यपि उनलाई जोनसनले तीन महिना पछि हटाएका थिए । किनभने उनले पार्टी नेता, जेरेमी हन्टको अर्को उम्मेद्वारलाई समर्थन गरेकि थिईन् ।

सुएला ब्रेभरम्यान

ब्रेभरम्यानले ट्रसको राजिनामालाई उत्प्रेरित गर्न मद्दत गरिन् । किनभने उनले बुधवार गृह मन्त्रीको पदबाट राजीनामा दिईन् । ट्रसको “अस्तव्यस्त नेतृत्व” भन्दै कडा शब्दमा राजीनामा पत्रमा आलोचना गरेरेकि थिईन् ।

त्यसको केहि समयपछि ट्रसले राजिनामा दिईन् ।

४२ वर्षीय उनी पूर्व वकिलपनि हुन् । उनका आमाबाबु मौरिसस र केन्याबाट बेलायतमा बसाइँ सरेका थिए । ब्रेभरम्यानले अन्तिम नेतृत्वको दौडमा जोनसनलाई प्रतिस्थापनको प्रयास गरेकि थिईन् तर असफल भईन्।

गृह मन्त्रीको रूपमा उनको छोटो कार्यकालमा, ब्रेभरम्यानले शरणार्थीहरूमाथि कडा कारबाही गर्ने वाचा गरेकि थिईन् । रुवान्डाबाट बेलायतमा आएर सुरक्षा खोज्नेहरुलाई विमानमा हालेर रुवान्डा निर्वासन गर्नु आफ्नो सपना भएको बताएकि थिईन् ।

उनले गरेको त्यो भाषणलाई संयुक्त राष्ट्र संघले गैरकानूनी भनेको छ । उनको त्यो भाषणले विवाद उत्पन्न गरायो जसले उनको नेतृत्वलाई कलंकित गर्न सक्छ ।

ब्रेभरम्यानले बेलायतलाई मानव अधिकारसम्बन्धी युरोपेली महासन्धिबाट बाहिर निकाल्न पनि चाहन्छिन् । यो अर्को विभाजनकारी विषय हो ।

उनले त्यसो भनेका बेला अखबारहरुले निकै आकर्षक शिर्षक बनाए । र विपक्षीहरूले खिल्ली उडाए । जब उनी सरकारी आलोचकहरूमाथि खनिईन् “लेबर पार्टी बेकार हो, यो अराजकताको गठबन्धन हो, यो गार्जियन-रिडिंग (मध्यम वर्गिय ब्यक्ति जो नियमित गार्डियन अखवार पढ्छ र वामपन्थी बिचार राख्छ), तोफु-खाने वोकेराटी हो …..” भनेर आक्रमण गरेका थिए । पार्टीलाई बेक्कारमा विवादित, आलोचित बनाएको भन्ने आरोपपनि उनीमाथि लागेको छ ।

तपाइँको प्रतिक्रिया