बिहीबार, वैशाख १३, २०८१

रुसी रक्षा मन्त्रीद्वारा युक्रेन द्वन्द्वमा अनियन्त्रित वृद्धिको चेतावनी

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक ६ गते २१:१८

Image Credit-ukrinform.net

रुसका रक्षामन्त्री सर्गेई शोइगुले आइतबार आफ्ना फ्रान्सेली र टर्कीका समकक्षीहरूसँग फोन वार्तामा युक्रेन युद्धमा “अझ अनियन्त्रित वृद्धि” हुने चेतावनी दिएको रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । शोइगुले “डर्टी बम” प्रयोग गरेर युक्रेनले सम्भावित उक्साहटको सामनाका बारेमा चिन्ता पनि व्यक्त गरेका छन् ।

रुसका रक्षामन्त्री सर्गेई शोइगुले फ्रान्सेली समकक्षी सेबास्तियाँ लेकोर्नुसँग फोन वार्ता गरेका थिए । वार्ताका क्रममा उनीहरूले युक्रेनबारे छलफल गरेको रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

युद्द अगाडि र अनियन्त्रित बृद्धितर्फ जाने प्रवृत्ति रहेको युक्रेनको अवस्थाबारे छलफल भएको थियो । शोइगुले युक्रेनले “डर्टी बम” प्रयोग गरेको, युक्रेन उक्साहटमा परेको र सम्भावित उक्साहटले ल्याउने परिणाम बारेमा चिन्ता व्यक्त गरेका थिए ।

फ्रान्सेली रक्षामन्त्री सेबास्तियाँ लेकोर्नुले आइतवार आफ्नो रूसी समकक्ष सर्गेई शोइगुसँग वार्ता गर्दा फ्रान्सले युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि रुसलाई आफ्नो इच्छा पुन: पुष्टि गरेको बताएका छन् ।

लेकोर्नुले विज्ञप्तिमा भनेका छन्-रुसी रक्षामन्त्री शोइगुले युक्रेनले द्वन्द्वमा “डर्टी बम” प्रयोग गर्न सक्छ भन्ने डर रसियासँग व्यक्त गरेको थियो ।

लेकोर्नुले फ्रान्स युक्रेन द्वन्द्वमा कुनै पनि प्रकारको वृद्धि हुननहुने र त्यसमा फ्रान्स आकर्षित नहुने बताए । विशेष गरी आणविक विकल्पहरूको सम्बन्धमा उनले अझ स्पष्ठसित संलग्नता अस्विकार गरेका थिए । लेकोर्नुले आफ्नो युक्रेनी रक्षा समकक्षसँग चाँडै वार्ता गर्ने योजना बनाएको पनि उल्लेख छ ।

एक लाख लिटर विमानको इन्धन ध्वस्त

रुसको रक्षा मन्त्रालयले आइतवार मध्य युक्रेनमा एक लाख टन हवाई इन्धन भण्डारण गर्ने एउटा डिपोलाई नष्ट गरेको बताएको छ ।

“चेर्कासी क्षेत्रको स्मिला गाउँ नजिकै एउटा इन्धन डिपो नष्ट भएको थियो, जहाँ युक्रेनी वायु सेनाका लागि एक लाख टन भन्दा बढी उड्डयन इन्धन भण्डार गरिएको थियो” रक्षा मन्त्रालयले आफ्नो दैनिक ब्रीफिंगमा भनेको छ ।

तपाइँको प्रतिक्रिया