बुधबार, वैशाख १२, २०८१

धेरैले नगिजोलेको, नचाखेको मनास्लु पदयात्रा

ठुले गुरुङ / समगाउँ, मनास्लु२०७९ कार्तिक ७ गते १३:३९

मनास्लु सर्किट ट्रेक नेपालको उत्कृष्ट पदयात्रा मध्ये एक हो। यसले तपाईंलाई मनास्लु संरक्षण क्षेत्रको वरिपरि लैजान्छ र विश्वको आठौं अग्लो हिमालको दृश्य देखाउँछ ।

यदि तपाइँ पहिले नै अन्नपूर्ण सर्किटमा जानुभएको छ भने, यो पदयात्रा उत्कृष्ट विकल्प हुन सक्छ। यो १४ दिने पदयात्रा हो जुन सोती खोलाबाट सुरु भएर बेशी सहरमा समाप्त हुन्छ र चुम उपत्यकामा यताउति केहि दिन ट्रेक गरेर २२ दिनसम्म लम्ब्याउन सकिन्छ।

पश्चिममा अन्नपूर्ण र पूर्वमा गणेश हिमालले घेरिएको यो ८००० मिटर अग्लो हिमाल मध्ये एक हो।

एभरेष्ट बेस क्याम्प ट्रेकको विपरीत छ यो । त्यहाँ झैं भिड हुन्न मान्छेको, मनास्लु सर्किट पदयात्रामा सामान्यतया कम मानिसहरू भेटिन्छन्। यो दुर्गम छ । भौतिक रूपमा तन्दुरुस्त हुनुपर्ने खालको छ । तर सांस्कृतिक रूपमा समृद्ध र दृश्यात्मक रूपमा चरमोत्कर्षमा पुर्‍याउने छ।

सर्किटले तपाईलाई तख्तै तख्ता परेका भिरालो जमिन, तल्लो भूभागबाट धान र कोदोको छानासहितका परम्परागत वस्तिमा लैजान्छ । बुढीगण्डकीका शक्तिशाली घाँटीहरूबाट अद्भुत झरनाहरूको द्रिष्य देखाइदिन्छ।

मनास्लु पदयात्रामा झोलुङ्गे पुलहरूप्रशस्त छन् । वार्षिक मनसुनले प्रायः स-साना पुलहरू बगाइदिएका हुन्छन् र पदयात्रीहरूले अलि अलि डुबेका चट्टानहरूमा गरप्प गरप्प कुल्चिंदै यात्रा गर्छन् ।

सन् १९९२ मा अधिकतम ४०० पदयात्रीहरूका लागि मात्र खोलिएको थियो मनास्लु पदयात्रा । त्यसैले अझै पनि एक शान्त, धेरैले नगिजोलेको, नचाखेको यात्रा हो । यदि तपाईं सन् १९८० को पदयात्रा कस्तो थियो भनेर जान्न चाहनुहुन्छ भने, मनास्लु सर्किट पदयात्रा सुरु देखि अन्त्यसम्म नै ठूलो भब्य भोज जस्तो हुनसक्छ । तर तपाईं शारिरिक रुपमा तन्दुरुस्त, सक्षम चाहिं हुनुपर्छ ।

यहाँका तस्विरहरु ट्रेकिङ गाईड ठुले गुरुङले समगाउँबाट आठौं दिनमा खिचेका हुन् ।

तपाइँको प्रतिक्रिया