शनिबार, वैशाख ८, २०८१

हिउँको अभावमा सीमापार विश्वकप डाउनहिल रद्द

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ कार्तिक ७ गते १५:०१

स्विजरल्याण्डको हिमालबाट तल ओर्लिने ‘विश्वकप डाउनहिल’ हिउँको अभावमा रद्द गरिएको छ ।

दुई पुरुषले मात्रै खेल्ने विश्व कप डाउनहिल स्की दौड स्विट्जरल्याण्डमा सुरु हुने योजना थियो र इटालीमा समाप्त हुँदै थियो । दौड पुरा हुने अन्तिम ३०० मिटरमा हिउँको अभावको कारण रद्द गरिएको हो । आयोजकहरुले न्यानो शरद ऋतु पछि हिमपात पर्याप्त नभएको बताएका छन् ।

मात्तरहर्न हिमालको पृष्ठभूमिमा रहेको जरमेट-सर्भिनिया डाउनहिल अल्पाइन स्कीइङको विश्व कप इतिहासमा पहिलो क्रस-बोर्डर घटनाका रुपमा तयारि गरिएको थियो । यस यामको पात्रोमा पहिलो पटक थपिएको थियो।

स्विजरल्याण्डमा रहेको अन्तर्राष्ट्रिय स्की महासंघ (एफआईएस) ले अक्टोबर २९-३० मा हुने मिति तोकिएको जनाएको छ । तर ति दौडहरू “हिउँको अभाव र रेसट्र्याकको अन्तिम खण्डमा सुरक्षा अवस्थाको कारण” रद्द गरिएको उल्लेख गरेको छ । एफआईएसले यो पटक उक्त खेल प्रतिस्थापन नगरिने जनाएको छ ।

नोभेम्बर ५-६ को लागि एउटै लाईनमा दुई महिला दौड तालिकाको निर्णय मंगलबार तोकिएको थियो।

चार किलोमिटर लामो ग्रान बेक्का कोर्स जेर्मातमा ३,७०० मिटरको उचाइमा सुरु हुन्छ र २,८३५ मिटर सर्भिनियाभन्दा माथि लाघि सिमे बियान्चेमा समाप्त हुन्छ ।

उनीहरुले स्की खेल्ने गोरेटो (स्की पिस्ट) को धेरै जसो भागमा एक मिटर भन्दा बढी हिउँले ढाकिएको तर हालका हप्ताहरूमा हल्का तापक्रम बढेकाले तल्लो भागमा हिउँ बन्न बाधा पुगेकाले खेल रद्द गरिएको जनाएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक