शुक्रबार, वैशाख १४, २०८१

भारतीय मुलका ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने

नेपालप्लस संवाददाता / बेलायत२०७९ कार्तिक ७ गते २०:३४

पूर्व अर्थमन्त्री ऋषि सुनाक सोमबार कन्जरभेटिभ नेतृत्वको चुनाव जितेर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

उनका अन्तिम प्रतिद्वन्द्वी, पेन्नी मोर्डन्ट कन्जरभेटिभ सांसदहरूको पर्याप्त समर्थन प्राप्त गर्न असफल भएपछि दौडबाट बाहिरिईन् र ऋषी सुनाक प्रधानमन्त्री बन्ने पकक भयो ।

बिहीबार दिउँसो सुनाकले बेलायतले “गहिरो आर्थिक चुनौति” सामना गरेको बताउँदै आफूले निष्ठा र नम्रताका साथ देशको सेवा गर्ने बताएका थिए ।

“हामीलाई अब स्थिरता र एकता चाहिन्छ” उनले संक्षिप्त विज्ञप्तिमा भने “म हाम्रो पार्टी र हाम्रो देशलाई एकै ठाउँमा ल्याउने मेरो उच्च प्राथमिकता बनाउने छु। किनभने हामीले सामना गर्ने चुनौतीहरूलाई पार गर्ने र हाम्रा छोराछोरी र हाम्रा नातिनातिनाहरूका लागि अझ राम्रो, समृद्ध भविष्य निर्माण गर्ने यही एक मात्र तरिका हो ।”

उनले गत हप्ता राजीनामा दिने नेता लिस ट्रसलाई पनि बिदाईको सम्मान अर्पण गरे।

तर बेलायतमा विपक्षी नेताहरूले भने आम निर्वाचनको माग गरिरहेका छन् ।

प्रतियोगिताको नियम अनुसार लिज ट्रसलाई समर्थन गर्ने सय कन्जरभेटिभ राजनीतिज्ञहरूको नाम पेश गर्न प्रतिस्पर्धामा उम्मेदवारहरूका लागि अपरान्ह तीन बजेको समय सीमा थियो।

छोटो बयानमा टोरी पार्टीका अधिकारी सर ग्राहम ब्राडीले मात्र एक व्यक्तिले पर्याप्त समर्थन पाएको र ति ऋषी सुनाक भएकाले उनलाई विजयी बनाएको थियो।

आफू दौडबाट बाहिरिएको घोषणा गर्दै मोर्डेन्टले ट्विटरमा लेखेकि छन् “राष्ट्रको भलाइको लागि एकजुट भएर काम गर्न हामी सबै देश, एकअर्का र ऋषिप्रति ऋणी छौं । मेरो साथ र सहयोग ऋषीलाई हुने छ ।”

सुनाक बोरिस जोनसनको सरकारमा अर्थमन्त्री थिए । तर कोरोना लकडाउन चलिरहेकै बेला जाँड पार्टी लगायतका बिभिन्न घोटलामा बारम्बार सरकारको आलोचना भएपछि जुलाईमा सुनाकले राजिनामा दिए जसले कन्जरभेटिभ पार्टीलाई कमजोर बनायो । जोन्ससनको सरकार गिर्न मद्दत गर्‍यो ।

जोनसन आफैंले आशा गरेका थिए, उनले सुनाकलाई चुनौती दिन सक्नेछन् । ट्रसलाई प्रतिस्थापन गर्न सक्छन् । यद्यपि सोमबार नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिए उनी ।

सुनाक मात्र सात हप्तामा बेलायतको तेस्रो प्रधानमन्त्री हुनेछन् ।

४२ वर्षीय बहु-मिलियनपति र पूर्व हेज फन्ड प्रबन्धक, उनी बेलायती-एसियाली पृष्ठभूमिबाट बेलायतको पहिलो प्रधानमन्त्री र दुई शताब्दीमा सबैभन्दा कान्छो नेता हुनेछन्।

पूर्व प्रधानमन्त्री ट्रसले सुनकलाई बधाई दिंदै ट्वीटरमा आफ्नो पूर्ण समर्थान रहने उल्लेख गरेकि छन् । बेलायतको अर्की नेतृ थेर्सा मेले भनेकी छन् “हाम्रो देशलाई चाहिने शान्त, सक्षम, व्यावहारिक नेतृत्व ऋषीले प्रदान गर्नेछन्।”

को हुन् सुनाक ?

४२ वर्षीय पूर्व अर्थमन्त्री पछिल्लो कन्जरभेटिभ नेतृत्वको दौडमा ट्रसको दोस्रो स्थानमा आएका थिए ।

दुई बीचको चर्को टिभी बहसको क्रममा सुनाकले ट्रसको कर कटौती गर्ने प्रस्तावित आर्थिक नीतिहरूको आलोचना गरेका थिए । उनले ट्रसको मिनि बजेट प्रस्तावलाई “तिनीहरू लापरवाह परीकथाहरू” भनेका थिए । त्यसले अर्थतन्त्रलाई पतन गराउने दाबी गरेका थिए जुन अहिले सिद्द भयो।

उनले आफूलाई देशमा स्थिरता कायम गराउन सक्ने उम्मेद्वारको रूपमा दाबी गरेका छन् जसले बेलायतको सार्वजनिक वित्तको बारेमा कडा स्थितिको सामना गर्नसक्छ ।

सुनकले भविष्यवाणी गरेका धेरै जसो विषय पूरा पनि भए । विशेष गरी पाउन्डको मूल्यमा गिरावट आउने उनले दाबी गरेका थिए । त्यो सिद्द भयो । उनको यस भनाई र अर्थमन्त्रीका रुपमा उनको काम गराईले उनको नेतृत्व प्रमाणित गर्ने टोरी पार्टीका केहीले दावी गरेका छन् ।

जोनसनको सरकार, विशेष गरी कोरोना तालाबन्दीको क्रममा डाउनिंग स्ट्रिटमा मादक पदार्थ सहितको पार्टीहरूमाथि लगातार घोटालाहरूको खबर आएपछि उनले राजीनामा दिए । तर जोनसनले राजिनामा दिएपछि स्तब्ध भएको बताएका थिए ।

सुनाकले कोरोना भाइरस महामारीको बेला यूकेको आर्थिक क्षेत्रको नेतृत्व गरे । सरकारी कोषमा अरबौं पाउन्डको निरीक्षण गर्दै व्यवसायी र कामदारहरूलाई कोविड-१९ को कस्टका बेला कडा मारमा मद्दत गरे ।

पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय आमाबाबुबाट जन्मेका सुनाकले विन्चेस्टर कलेजको निजी विद्यालयमा पढेका थिए। त्यहाँ पढ्न प्रत्येक विद्यार्थीहरूको लागि प्रति वर्ष ३३ हजार नौ सय ९० पाउण्ड खर्च लाग्छ । पछि अक्सफोर्डमा अध्ययन गरे।

कतिपयले सुनकलाई सम्भ्रान्त शिक्षा लिएकाले न्युन वर्गको समस्या नबुझ्ने भनेरपनि हेर्छन् । त्यहि सम्भ्रान्त शिक्षाका कारण सम्भ्रान्त वर्गले प्रभाव पार्न सक्ने भन्नेहरुपनि छन् । लगानी बैंक गोल्डम्यान स्याक्स र हेज फन्डमा अन्तिम जागिरका कारण जीवनयापनको लागतको बीचमा विपक्षीहरूका लागि उनि सजिलो ब्यक्तिको रूपमा पनि हेर्छन्।

उनकी पत्नी अक्षता मूर्तिले आफ्नो वैदेशिक आम्दानीमा कर तिर्न बेवास्ता गरेको खुलासा पछि उनको कडा आलोचना पनि भयो। उनका बुबा इरानका सबैभन्दा धनी व्यक्ति हुन्।

तपाइँको प्रतिक्रिया