सोमबार, मंसिर १९, २०७९

‘बाघ, चितुवा र हात्ती मानव नजिकै फस्टाउन सक्छन्’

नेपालप्लस संवाददाता / बेलायत२०७९ कार्तिक ८ गते ५:०६

एसियाली बाघ, हात्ती र चितुवा लगायतका दूर्लभ जिवजन्तु मानिससँगै फस्टाउन सक्ने अनुसन्धानले दाबी गरेको छ ।

ति लोपोन्मुख भनिएका जन्तुले मानिससँगै फस्टाएर १२ हजार वर्षको लोप हुने प्रवृत्तिलाई अस्वीकार गरिरहेको नयाँ अनुसन्धानले देखाएको हो ।

मानिसले प्राकृतिक संसारमा अतिक्रमण बढाउँदै गर्दा, धेरै वन्यजन्तु प्रजातिहरू बाँच्नको लागि संघर्ष गर्छन् । यो अस्तित्वको खतरा मानव केन्द्रित क्षेत्रहरू नजिक प्राय: खराब हुन्छ । अहिलेसम्म यसरिनै बुझिंदै आ ईएको हो । तर यो त्यस्तो नहुने एक नयाँ अध्ययनले सुझाव दिएको छ ।

क्वीन्सल्याण्ड विश्वविद्यालयका अन्वेषकहरूले एशियाको १४ ठूला प्रजातिहरूको ऐतिहासिक वितरणलाई अध्ययन गरेका थिए । हालको उष्ण प्रदेशिय जंगलहरूमा तिनीहरूको जनसंख्यासँग तुलना गर्न प्यालेन्टोलोजिकल रेकर्ड (पत्ता लगाइएका जीवाश्महरूको कुल संख्या, साथै तिनीहरूबाट प्राप्त जानकारी। राम्रोसित बुझ्न अर्थ एभोलुसन अर्थात् पृथ्वीको विकास बारे पढ्नुहोस्) हरू विश्लेषण गरेका थिए ।

तिनीहरूले बाघ, हात्ती, जङ्गली सुँगुर र ध्वाँसे चितुवाहरूको संख्या वास्तवमा मानिसहरूको नजिक बढी भएको पत्ता लगाए ।

“हाम्रो नतिजाहरूले के देखाएका छन् भने सही परिस्थितिहरूमा, केही ठूला जनावरहरूले मानिसहरू नजिकै बस्न सक्छन् र लोप हुनबाट जोगिन सक्छन्,” क्विन्सल्याण्ड युनिभर्सिटीको स्कूल अफ बायोलोजिकल साइन्सेस र इकोलोजिकल क्यास्केड्स ल्याबका पीएचडी उम्मेद्वार जाचरी अमिरले भनेका छन् ।

“यी नतिजाहरूले केही संरक्षण सर्कलहरू भित्रको कथालाई चुनौती दिन्छन् । जस्तो, मानव र मेगाफौना (नांगो आँखाले प्रस्ट देख्न सकिने ठूला जनावर) असंगत छन् ।”

किन केही जनावरहरू मानिसको नजिकै फस्टाउँछन् त ?

सामान्यतया ठूला जनावरहरूले मानिसहरूसँगै बस्न संघर्ष गरिरहन्छन् । किनभने तिनीहरूलाई शिकारीहरूले तारो बनाउँछन् ।

यो प्रवृत्तिलाई ‘ट्रोफिक डाउनग्रेडिङ’ भनिन्छ । तर यसको अर्को सकारात्मक पाटो के भने मानिसले जनावरहरूलाई पनि मद्दत गर्न सक्ने अध्ययनले देखाएको छ।

“बाघ, हात्ती, जंगली सुँगुर र ध्वाँसे चितुवाको मामलामा, तिनीहरूको एसियाली संख्या मानिस बस्ने नजिक बढी छ” अमिरले भने।

“यो राष्ट्रिय निकुञ्जहरूमा शिकार विरोधी प्रयासहरूको नतिजा हुनसक्छ जुन मानव बस्तीको नजिक छ र पर्यटकहरूले धेरै पटक भ्रमण गर्छन्।”

यदि मानिसहरूले हामीले गरेको संरक्षणको कार्यलाई एकसाथ प्राप्त गर्न, लागु गर्न र सिकारीलाई सीमित गर्न सक्ने हो भने पहिले धेरै टाढा मानिने वा शहरहरू नजिक मानिने वनहरूमा संरक्षणका अवसरहरू छन् ।

वैज्ञानिकहरूले हामी छैठौं सामूहिक विलुप्त हुने जिवबाट पार भएर बाँचिरहेको चेतावनी दिएका छन् । प्रत्येक दिन १५० प्रजातिहरू लोप हुन्छन् ।

हालैको विश्व वन्यजन्तु कोषको अध्ययनले ५० वर्षमा विश्वव्यापी जनावरको संख्या दुई तिहाइभन्दा बढीले घटेको देखाएको छ ।

प्रकृतिलाई बचाउनको लागि मानवले “युद्ध हार्दैछ” गम्भीर भविष्यवाणीका लेखकहरूले चेतावनी दिएका छन् ।

विश्वका केही भागहरूमा यो मुद्दा विशेष खराब छ । किनभने ल्याटिन अमेरिका र क्यारिबियनमा वन्यजन्तुको संख्या ५० वर्षमा ९४ प्रतिशतले घटेको छ ।

यद्यपि, बाँकी रहेका जनावरहरूलाई जोगाउन र प्रकृतिलाई पुन: प्राप्तिको लागि मद्दत गर्न ढिलो भएको छैन।

एउटा समाधान भनेको थप दिगो खाद्य उत्पादनतर्फ अग्रसर हुनु हो । उदाहरणका लागि, गाईवस्तु चर्नु वन विनाशको सबैभन्दा ठूलो चालक हो ।

“यदि सबै मानिसले मासु कम खाए भने, यो विनाश आंशिक रूपमा रोक्न सकिन्छ” विश्व वन्यजन्तु कोष बेलायतको खाद्य रणनीति निर्देशक डेभिड एडवर्ड्सले रिपोर्टमा भनेका छन् ।

तपाइँको प्रतिक्रिया