शनिबार, मंसिर १०, २०७९

बेलायतमा पहिलो, युरोपमा चौथो भारतीय मुलको प्रधानमन्त्री

नेपालप्लस संवाददाता / बेलायत२०७९ कार्तिक ८ गते २२:२१

ऋषि सुनाक सन् २०२२ मा बेलायतको तेस्रो प्रधानमन्त्रीको रूपमा १० नम्बर डाउनिङ स्ट्रिटमा प्रवेश गरेका छन् । उनी छ वर्षमा बेलायतका पाँचौं प्रधानमन्त्री हुन् भने भारतीय मूलको ब्यक्ति युरोपमा प्रधानमन्त्री बन्ने उनी चौथो ब्यक्ति हुन् ।

बेलायतको सर्वोच्च कार्यालयमा सुनाकको लगानी देशको अस्थिर राजनितिक ढोका घुमिरहनबाट रोकिनसक्छ । नेत्रित्व खोज्दै घुमिरहने देशको राजनितिक चक्रले केहि समय विश्राम पाउन सक्छ । त्यसैले एशियाली मूलको कुनै ब्यक्ति बेलायती सरकारको टुप्पामा पुग्नु महत्वपूर्ण छ ।

भारतीय पञ्जाबी मूलका, अफ्रिकामा जन्मेका हिन्दू आमाबाबुका छोरा सुनाक पहिलो भारतीय मूलका बेलायती प्रधानमन्त्री हुन्। दिपावली सुरु भएको भोलिपल्ट उनी देशको प्रमुख भूमिकामा प्रवेश गर्नु भनेको केक माथि राखिने चेरीको रातो दाना जस्तै हो ।
कुनै बेला भारतमा ब्रिटिश साम्राज्यको उपनिवेशको रूपमा शासन गर्ने देशको लागि यो महत्त्वपूर्ण कदम हो ।

यसलाई मेरिटोक्रेसी (योग्यता अनुसार चुनिएका व्यक्तिहरूद्वारा शासित समाज) को सीधा जित भन्नु अलिकति टाढा हुनसक्छ । किनकि सुनाक निजी रूपमा घरानिया वा धनाढ्यहरुका छोरा छोरी पढ्ने शैक्षिक क्षेत्रमा शिक्षित भएका हुन् । सुनाकले आफ्नो पक्षमा एक मतसम्म नपाएरैपनि प्रधानमन्त्री बन्ने र उनलाई पराजित गर्ने अर्का निर्वाचित प्रधानमन्त्री (लिज ट्रस) लाई प्रतिस्थापन गर्न सफल भए ।

अघिल्लो आन्तरिक पार्टी नेतृत्वको मतमा ट्रसले उनलाई पराजित गरेकि थिईन् । तर यो एक जीत नै हो ।

त्यसो त, उनी युरोपेली भारतीय मूलका पहिलो नेता पनि होइनन्। यस अघि भारतीय मूलका तीन पटक युरोपेली प्रधानमन्त्री भइसकेका छन् ।

सन् १९७८ मा तीन महिना भन्दा कम समयको लागि पोर्चुगलको प्रधानमन्त्री बनेका नोब्रे दा कोस्टाका बुबा पोर्चुगिज, इटालियन, फ्रान्सेली, डेनिस र गोआन वंशको मिश्रण थिए । उनलाई कतिपयले भारतीय मुलका भन्थे ।

नोब्रे डा कोस्टाले बहुमत पुर्‍याउन सकेनन् र २२ नोभेम्बर १९७८ मा राजीनामा दिए। यदि सुनाक त्यति लामो समयसम्म टिक्न सके भने उनी बेलायतको दोस्रो सबैभन्दा छोटो समयको प्रधानमन्त्री बन्न सक्नेछन् ।

दोस्रो भारतीय मूलको प्रधानमन्त्री बनेको पनि पोर्चुगलमै हो । जसको नाम एन्टोनियो कोस्टा थियो ।

कोस्टा आधा-पोर्चुगी र आधा-भारतीय हुन् । किनकि उनका बुबा मोजाम्बिकको मापुटोमा एक गोवान परिवारमा जन्मेका थिए। २०१५ मा प्रधानमन्त्रीको रूपमा निर्वाचित, कोस्टा अहिलेपनि आफ्नो पदमा छन् । उनी दोस्रो पटक निर्वाचित भएका हुन् ।

तेस्रो भारतीय मूलका युरोपेली प्रधानमन्त्री लियो भारदकर हुन् ।

भारदकरका बुबा भारतको मुम्बईका हुन् । उनी सन् २०१७ मा आयरल्यान्डको पहिलो भारतीय मुलको प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनले सन् २०२० सम्म प्रधानमन्त्रीको भूमिकामा काम गरे र हाल सरकारका उपप्रमुख छन् जसलाई उनीहरु तनाइस्ते भन्छन् ।
पोर्चुगल र आयरल्याण्ड भन्दा पछि परे पनि र वास्तविक मतदानद्वारा निर्वाचित नभए पनि बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनाकको नियुक्ति महत्त्वपूर्ण छ।

बेलायतको लागि नयाँ दिन

बेलायती पत्रकार सथनाम सङ्घेराले ट्वीटरमा भनेका छन् “ब्रिटिस साम्राज्यको समयमा बेलायतले व्यवस्थित रूपमा भारतीयहरूलाई शीर्ष कामबाट हटायो। उदाहरणका लागि सिखहरूलाई रेल चलाउन विश्वास गरिंदैनथ्यो थिएन ।”

“यो जातिवाद युद्धपछिको बेलायतमा आयात गरिएको थियो। कालो श्रम (ब्ल्याक लेबर १९५५) को भर्तीको विरोधमा यातायात मजदुरहरूले ओभरटाइममा प्रतिबन्ध लगाएका थिए । एउटा अखबारले खुलासा गर्‍यो कि वेस्ट मिडल्याण्ड्स पुलिस फोर्समा वा बैंकमा क्लर्कको रूपमा काम गर्ने एक जना पनि अन्य रङको कामदार थिएन (१९६८)।”

“वोल्भरह्याम्प्टनमा एक भारतीय शिक्षकलाई विद्यालय व्यवस्थापन समिति (१९७८) द्वारा निर्णय उल्टाएर अर्कै एक पदमा नियुक्त गरिएको थियो। त्यसैले, तपाईंको राजनीति जस्तोसुकै होस्, यो महत्त्वपूर्ण छ कि हामीले पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री पाएका छौं” संघेरा लेख्छन्।

भारतीय प्रसारक एनडिटिभीले हिजो शीर्षक बनाएको थियो “भारतीय छोरा साम्राज्यमाथि उठ्यो । इतिहास बेलायतमा पूर्ण गोलाकारमा आएको छ ।”

केरलाका सांसद र कंग्रेस नेता शशि थरुरले भनेका छन् “तपाईंले देख्नसक्नुहुन्छ, बेलायतले आफ्नो जातिवादलाई घटाएको छ । अन्य धार्मिक आस्थाका मानिसहरूलाई आत्मसात गर्न र स्वीकार गर्न ठूलो तत्परता देखाएको छ र शीर्ष स्थानमा उनीहरूले ब्यक्तिको योग्यतालाई हेरेका छन् ।”

अमेरिकी राष्ट्रपति जो बाइडेनले सुनकको नियुक्तिलाई “एक महत्वपूर्ण कोसेढुङ्गा” भने।

उनको व्यक्तिगत भाग्यको वरिपरि मिश्रित भावनाहरू जस्तोसुकै भए पनि देशको पहिलो गैर-गोरा नेता बन्नु महत्त्वपूर्ण छ “द कन्भर्सेसनमा एस्टन विश्वविद्यालयका वरिष्ठ व्याख्याता डा परवीन अख्तर लेख्छिन् ।

यद्यपि, उनको भनाई छ “सुनक पार्टीको सदस्यतामा लोकप्रिय थिएनन् जब उनी पहिलो पटक २०२२ को गर्मीमा नेतृत्वको लागि दौडिए ।”

“एक सम्भावित स्पष्टीकरण र एक तर्क जसले निश्चित रूपमा थप अनुसन्धानको आवश्यकता औंल्याउँछ -यो हो कि सदस्यतामा लोकप्रिय बन्न एक जातीय अल्पसंख्यक नेतालाई कम सहज हुन्छ। अहिलेको कुख्यात रेडियो कार्यक्रममा, टोरी पार्टीको सदस्य भएको दाबी गर्ने एक रंगवाला (रंगभेदको आशय भन्न खोजिएको) ले भने कि उनी अन्य धेरै मानिसहरुले झैं सुनक ब्रिटिश हुन् भनेर सोच्दैनन्। जब यो रेडियो कार्यक्रममा जातिय दृश्य देखिन्छ भने त्यस्ता दृश्यहरूले केही मानिसहरू अझै पनि ब्रिटिश एसियाली पहिचानलाई साँच्चै ब्रिटिश हुन स्वीकार गर्दैनन् भन्ने सम्झाउँछ ।

तपाइँको प्रतिक्रिया