बिहीबार, वैशाख १३, २०८१

पेरिस ओलम्पिक उद्घाटनमा ६ लाख दर्शकको आशा, ३५ हजार सुरक्षाकर्मी तैनाथ

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक ९ गते १७:०२

पेरिसले सन् २०२४ ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोहमा छ लाख भीडको अपेक्षा गरेको छ र त्यसकोलागि ३५ हजार सुरक्षाकर्मी तैनाथ गरिने छ ।

उद्घाटन समारोह सेन नदीमा हुने फ्रान्सेली गृहमन्त्री जेराल्ड डार्मानिनले मंगलबार बताएका छन् ।

परम्परा अनुसार एथलेटिक्स स्टेडियममा भन्दा फ्रान्सले सेन नदीको तल झन्डै २०० डुङ्गाहरूको लाम लगाएर जुलाई २६, २०२४ मा समारोह मनाउने योजना बनाएको छ ।

नदीको किनारमा एक लाख मानिसहरूलाई समायोजन गर्न सकिने तर तिनले टिकट किन्नुपर्ने छ । अन्य पाँच लाख ब्यक्तिले माथिको सडकबाट नि:शुल्क हेर्न सक्ने दारमानिनले फ्रान्सेली तल्लो सदनको समितिलाई बताएका छन् ।

पेरिस ओलम्पिकका आयोजकहरूले सुरक्षा चिन्ताका बाबजुद महत्वाकांक्षी उद्घाटन समारोहको तयारीलाई अगाडि बढाएका छन् ।

दारमानिनले उद्घाटन समारोहका लागि ३५ हजार सुरक्षाकर्मी खटाइने र ३ हजार निजी सुरक्षाकर्मी थप्न आयोजकले बताएको उल्लेख गरेका छन् ।

पेरिस ओलम्पिक

खेल अवधिभर औसतमा दैनिक ३० हजार प्रहरी र नगर प्रहरी ड्युटीमा रहने उनले बताए ।

अगस्ट ११ मा सकिने खेलकुदका क्रममा गृह मन्त्रालयका सबै कर्मचारीलाई बिदा लिन रोक लगाइनेछ ।

अन्य प्रमुख खेलकुद वा सांस्कृतिक कार्यक्रमहरू, टुर द फ्रान्स सहित, यदि तिनीहरूको समय खेलहरूसँग बाझिएको खण्डमा सारिने वा रद्द गरिनेछ।

स्ताद द फ्रंस स्टेडियममा यस वर्षको च्याम्पियन्स लिग फाइनलमा भीड अराजकतामा परिणत भएर तोडफोड र अशान्ति मच्चिएपछि डरमानिनमाथि भारी आलोचना भएको थियो ।

फ्रान्सेली सिनेट अनुसन्धानले यूईएफए र फ्रान्सेली सरकारको प्रारम्भिक दाबीहरू बिच विरोधाभास देखायो । किनकि लिभरपुलका फ्यानहरू उचित टिकटहरू नहुँदा समस्याको लागि मुख्य रूपमा जिम्मेवार रहेको फ्रान्सेली अनुसन्धानको दाबी रह्यो भने आफ्ना नाममा नक्कली टिकट लिएर हुल्लडबाज छिरिसकेको र सक्कली टिकटकर्ताले नपाएको भनाई लिभरपूलको थियो ।

सोधपुछको क्रममा अधिकारीहरू र यूईएफएद्वारा तयारीको कमीका साथै कमजोर कार्यान्वयन गरिएको सुरक्षा व्यवस्थाहरू सहित “राम्रोसित काम नगरिएको” भन्ने उद्धृत गरियो ।

राष्ट्रपति एमानुएल माख्रोंका एक सहयोगीले सेप्टेम्बरमा पत्रकारहरूलाई फ्रान्सले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसँग केही कार्यक्रमहरू र साइटहरूलाई प्रयोग नगरेरपनि ब्यवस्थापन गर्न सकिन्छ कि भन्ने छलफल गरिरहेको बताएका थिए ।

फ्रान्सले सकेसम्म कम उर्जा खर्च गरेर कम लागतमै प्रभावकारिरुपमा प्रतिस्पर्धाहरु सम्पन्न गर्न खोजेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया