शनिबार, वैशाख १५, २०८१

एक हप्ता भित्र कोविड-१९ को नयाँ लहर फैलिने युरोपेली स्वास्थ्य विज्ञहरूको चेतावनी

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक १० गते ९:२६

युरोपेली मेडिसिन एजेन्सी (ईएमए) ले कोभिड-१९ संक्रमणको नयाँ लहर आगामी हप्ताहरूमा युरोप महादेशभरि फैलिने चेतावनी दिएको छ । आगामी हप्ताबाट ठण्डि बढेसँगै कोरोनाको लहरपनि फैलिने चेतावनी दिएका हुन् ।

ईएमएले नेदरल्याण्डमा एक प्रेस सम्मेलन आयोजना गर्दै महामारी समाप्त भईनसकेको बताएको छ । ओमिक्रोन भेरियन्टले उत्परिवर्तन गर्न (नयाँ नयाँ स्वरुपमा विकास हुन, बदलिन) जारी राखेको र त्यसले चिन्ता बढाएको भनाई उनीहरुको छ ।

“गत हप्ता यी नयाँ ओमिक्रोन भेरियन्टहरू मध्ये एउटा जसलाई बिक्यु-१ भनिन्छ युरोपियन युनियन र युरोपेली आर्थिक क्षेत्रका कम्तीमा पाँच देशहरूमा पहिचान गरिएको छ” स्वास्थ्य खतरा र खोप रणनीतिका प्रमुख डा मार्को काभालेरीले बताए।

ईसिडिसी बिक्यु १ अनुसार र त्यसको प्रत्येक अर्को सहयक वंश, जसलाई बिक्यु १-१ भनिन्छ, नोभेम्बरको मध्यदेखि डिसेम्बरको सुरुसम्ममा प्रभावशाली स्ट्रेन बन्ने दाबीपनि उनले गरे ।

ईएमएले नयाँ लहर एक हप्ता भित्र सुरु हुने अपेक्षा गरेको छ । भाइरस अनुकूलन खोपहरू आपूर्ति गर्ने क्षमता भन्दा भाईरस छिटो विकसित हुँदै गरेको र जुन अझै विकासको प्रारम्भिक चरणहरूमा रहेको बताएको छ ।

स्वास्थ्य अधिकारीहरूले इन्फ्लुएन्जा भाइरस यस जाडोमा कोविड-१९ को रूपमा फैलिने चेतावनीपनि दिएका छन् । उनीहरूले उच्च जोखिम समूहका मानिसहरूलाई दुबै विरुद्ध खोप लगाउन सिफारिस गरेका छन् ।

तपाइँको प्रतिक्रिया