शुक्रबार, वैशाख १४, २०८१

विमानमा चरा ठोक्किनबाट जोगाउन वाजको ड्रोन

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक १० गते १०:४६

फोटोमा हेर्नुस् । के हो यो ? चरा ? हैन । चरा जस्तो देखिएपनि चरा हैन । के हो त ? विमान ? त्योपनि होइन ।

यो फाल्कोन ड्रोन अर्थात् बाज चराको आकारको ड्रोन । यो धेरै चराको लागि एक दुष्ट पक्षी हो । धेरै चराको काल हो वाज । त्यसैले वाज देखेर धेरै चराको सातो जान्छ । रोबोट फाल्कन वास्तवमा अनावश्यक उडान ढिलाइ र विमान रद्द हुने नियतिबाट पार पाउने एक सरल र नयाँ तरिका हो।

डच अनुसन्धानकर्ताहरूको टोलीद्वारा निर्मित, यो अत्याधुनिक प्रविधियुक्त रोबोट पेरिग्रीन फाल्कनको रूपमा बना ई एको छ । यो व्यस्त रनवेबाट चराहरूलाई तर्साउन, डराएर भाग्ने बनाउन डिजाइन गरिएको हो ।

“चराको बगाललाई धपाउन रोबोट फाल्कन एक व्यावहारिक र नैतिक समाधान हो । त्यसले चरालाई क्षती नगरिकनै शिकारीको काम गर्छ” ग्रोनिन्जेन विश्वविद्यालयको टोलीले निष्कर्ष निकालेको छ।

विमान र चराको ठक्कर

प्रत्येक वर्ष चरा र विमानहरू बीच टक्कर हुन्छ । विमानले ठक्कर दिन्छन् । त्यसले गर्दा सयौं व्यस्त उडानहरू ढिलाइ हुन्छन् ।

विश्वव्यापी रूपमा प्रति वर्ष लगभग ५० हजार चरा विमानमा ठोक्किएको रेकर्ड गरिएको छ जसमध्ये लगभग पाँच प्रतिशतले विमानलाई क्षति पुर्‍याउँछ।

त्यसले अन्तर्राष्ट्रिय नागरिक उड्डयन उद्योगलाई प्रत्येक वर्ष एक अर्ब ३९ करोड युरो भन्दा बढी खर्च क्षति गराउँछ । उडानहरू ढिलाइ हुन्छन् । त्यसले गर्दा कतिपय ठाउँमा चरा मारिन्छन् । अन्य साना जिव मार्ने गरिन्छ ।

तर रोबोफाल्कनले यी ठक्करहरूलाई रोक्न सक्षम हुन सक्छ। अन्वेषकहरूले प्रोटोटाइप ड्रोनको काग, फ्याल्फ्याले (गल्स), सारौं (स्टारलिङ) र हुट्टिट्याउँ (ल्यापविङ) लाई पछ्याउने, लखेट्ने क्षमताको परीक्षण गर्दैछन्।

अहिलेसम्म तिनीहरूले पत्ता लगाए अनुसार यसले धेरै छिटो र प्रभावकारी रूपमा काम गर्छ । र यसलाई बालीनालीबाट जोगाउन चराहरूलाई लखेट्न पनि प्रयोग गर्न सकिन्छ।

“फाल्कन एयर ट्राफिक नियन्त्रणको लागि उपकरण बक्समा बहुमूल्य थप हुनेछ” अनुसन्धानकर्ताहरूले लेखेका छन् ।

चराहरूको आक्रमण घातक हुन सक्छ । प्रति एक अर्ब उडान घण्टामा लगभग एउटा चरा विमानको प्रहारबाट मृत्यु हुने गरेको छ।

घटना तैपनि खतरनाक छ। २००९ मा, चरा र विमान ठोक्किएर पाइलटहरूलाई एयरबस ए३२० लाई हडसन नदीमा अवतरण गर्न बाध्य पारिएको थियो । त्यो बेला विमानले चराहरूको बथानलाई हानेको थियो ।

त्यस विमानलाई आपतकालिन अवतरण गरियो जसमा सबै १५५ जना बाँचेका थिए ।

नेपालमै चरा र विमान ठोक्किएर धेरै पटक दूर्घटना भैसकेको छ । कतिपटक विमान रद्द गरिएको, समय ढिला गरिएको छ ।

सन् २०१९ मा उरल एयरलाइन्सको विमान चरासित ठोक्किएपछि मकैबारीमा क्र्यास ल्याण्ड गर्दा ७४ जना घाइते भएका थिए ।

तपाइँको प्रतिक्रिया