बिहीबार, वैशाख ६, २०८१

१०९ देशमा अझैपनि कोरोनाका नियम, केहि देशमा प्रवेश निषेध

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक ११ गते २०:३४

दुई वर्षको कडा प्रतिबन्ध पछि यात्रा कोरोना महामरी भन्दा पहिले जस्तै सामान्य हुन थालेपनि केहि देशले पर्यटकहरुमाथि भने प्रतिबन्धनै लगाइरहेका छन् र करिब १०९ देशमा कोरोनाका नियम जारि राखिएको छ ।

खोप प्रमाणपत्रदेखि अन्तिम मिनेटमा गरिने परिक्षण सम्मका कडा नियमहरूको पालना गरेका छन्।

तर, यो वर्ष प्रवृत्ति फेरिएको छ । पछिल्ला केही महिनाहरूमा ३० देशहरूले उनीहरूको बाँकी प्रवेश नियमहरू खारेज गरेका छन् ।

१०९ देशहरूमा अझै पनि केही यात्रा प्रतिबन्धहरू छन् । ११८ देश पूर्ण रूपमा खुला छन् । कम्तिमा खोप लगाएका यात्रुहरूका लागि तिनले खुला गरिदिएका छन् ।

केही देशले अझै पनि सिमानाहरू बन्द गरेका छन्-खोप लगाएका यात्रुहरूलाई पनि। तिनीहरू कुन् कुन देश हुन् ? नियमहरू के छन् ?

खोप लगाएका यात्रुहरूका लागिपनि कडा कोविड नियम

चीन-चीनले अझै पनि ‘शून्य-कोविड्’ नीति अपनाइरहेको छ । त्यसैले चीन आउने सबै यात्रुले आफ्नै खर्चमा १० दिन होटल क्वारेन्टाइनमा बस्नुपर्छ । चीन आ इपुग्दा कोरोनाको नकारात्मक परीक्षण गर्नुपर्छ।

पर्यटकहरूलाई हाल अनुमति छैन । यद्यपि, चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सेप्टेम्बरमा जारी गरेको नीतिगत दस्तावेजका अनुसार ट्राभल एजेन्सीहरूद्वारा लगिने पर्यटक समूहहरूलाई चाँडै अनुमति दिइने छ।

नाउरु- पिसिआर परीक्षणको नेगेटिभ नतिजा नआएसम्म सबै यात्रुहरूलाई अलग्गै राखिन्छ पोजेटिभ आएमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।

तुर्कमेनिस्तान- सबै विदेशी यात्रीहरू प्रतिबन्धित छन् ।

उत्तर कोरिया-सबै विदेशी यात्रुहरूलाई प्रतिबन्ध लगाइएको छ, यद्यपि यो कोविड अघिदेखि नै थियो ।

खोप लगाइएका यात्रुहरूलाई पोजेटिभ परीक्षण आएमा क्वारेन्टाइन आवश्यक

केही देशहरूमा, खोप लगाइएका यात्रुहरूले अझै पनि क्वारेन्टाइनमा बस्नुपर्छ । तर उनीहरूले आगमनमा गरिएको अनिवार्य कोविड परीक्षणमा सकारात्मक परीक्षण देखिएमा मात्रै । त्यस्तो देशमा ईन्डोनेशिया र म्यानमार छन् ।

नेपालमा भने लक्षण देखिएका यात्रीहरूले मात्र परीक्षण गर्न आवश्यक छ । बंगलादेशमा लक्षण देखिएका यात्रीहरूले परीक्षण गर्न आवश्यक छ । इरानमा उडानपूर्वनै परीक्षण आवश्यक छ ।

परिक्षण अनिवार्य भएका देशमा, बुरुन्डी, कंगो र क्यामरुनपनि हुन् ।

बुर्किना फासोमा आगमनमा कोविड परीक्षण पोजेटिभ देखिएका यात्रुहरूले आफ्नै खर्चमा होटलमा ७२ घण्टा क्वारेन्टाइनमा बस्नु पर्छ र पिसिआर परीक्षणको नतिजा पर्खनु पर्छ। कोविड पिसिआर पोजेटिभ देखिएमा ति यात्रुहरूले चिकित्सा सुविधाहरूमा क्वारेन्टाइन गर्नुपर्छ।

ताइवानले केहि समयदेखि आउने यात्रुहरूका लागि धेरै प्रतिबन्धहरू हटाएको छ। मालीमा कोरोनाका लक्षण देखिएका यात्रीहरूले मात्रै परीक्षण गर्नुपर्छ ।

मोरिटानियामा यदि परिक्षण गर्दा सकारात्मक देखियो भने १० दिन क्वारेन्टाइन बस्नुपर्छ ।

केहि देशहरूले सीमा प्रतिबन्ध कायम राखेका छन् । त्यसका विभिन्न कारणहरू छन्।

केही राष्ट्रहरूमा कोरोना खोप कमीको कारण खोप लगाउन रोकिएको छ। बुरुन्डीमा, उदाहरणका लागि, जनसंख्याको एक प्रतिशत भन्दा कमले जम्मा दुई डोज पाएका छन्।

खोप नभएका यात्रुहरूलाई अझै पूर्ण रूपमा प्रतिबन्धित ठाउँ

खोप नभएका यात्रुहरूलाई अझै पूर्ण रूपमा प्रतिबन्धित गर्नेमा अमेरिका, चीन र ईन्डोनेशिया हुन् ।

यसका अतिरिक्त, केही देशहरूले अझै पनि खोप नगरिएका यात्रुहरूलाई क्वारेन्टाइनमा राख्न वा नकारात्मक परीक्षण देखाउन आवश्यक छ।

तपाइँको प्रतिक्रिया