बुधबार, वैशाख १२, २०८१

सुँगुरलाई सुविधासम्पन्न २६ तले होटेल !

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक १२ गते १८:३८

यो ठ्याक्कै होटेल त होइन । तर फ्लसिङ भएको, वातानुकुलित, लिफ्ट र जाडोमा न्यानो बनाउने सुविधा सम्पन्न भएकाले ‘सुँगुरको होटेल’ जस्तै हो भन्न सकिन्छ, मिल्छपनि ।

चीनको हुबेई प्रान्तको इझोउमा एउटा २६ तले संरचना जमिनबाट ठडिएर पुरा हुनै लागेको छ । यस्सो हेर्नेहरु ‘होटेल त होला, कहिले खुल्ने होला ?’ भन्दै अनुमान लगाउँछन् । यो कुनै कार्यालय भवन होइन । मान्छेकालागि होटेलपनि होइन । बरु यो हज्जारौं सुँगुरका लागि सुविधासम्पन्न होटेल जस्तै हो ।

हो, यसलाई सुँगुरको होटेल भन्न सकिन्छ । तर यहाँका जनावरहरू स्विमिङ पूलमा होइन मानिसहरूको डिनर प्लेटहरूतिर जान्छन्।

यो विश्वकै सबैभन्दा अग्लो सुँगुर पालन गर्ने सुविधा सम्पन्न भवन हो । गन्ध हटाउन नयाँ प्रविधि प्रयोग गरिने छ । यसलाई स्थानीय लगानीकर्ताले २ अर्ब युआन (३० करोड डलर) अनुदान दिएका छन् । यो सञ्चालनमा आएपछि, यसले वार्षिक छ लाख सुँगुरहरू उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

चीनले अक्टोबरमा उद्घाटन गरेको हो, विश्वको सबैभन्दा ठूलो सुँगुर पालन भवन । वुहान नजिकैको इजाउ शहरमा कारखानाहरूका बिचमा २६-तले कंक्रीट ब्लकले बनेको छ । त्यहाँ छ लाख ५० हजार सुँगुरहरू पाल्न सकिन्छ। प्रत्येक तलामा २५ हजार सुँगुरहरू हुने छन् । ति सानो पूर्ण स्वचालित धातु स्टलहरूमा बन्द भएर बस्ने छन् । जनावरहरूलाई ४० टन क्षमताको विशाल लिफ्टहरू बाट तल ओसारिने छ । अचम्म, तिनीहरूको खुट्टाले जमिनलाई कहिल्यै छुने छैन । परियोजनाको लागत ५८ करोड युरो लाग्ने छ ।

विश्वमा सबैभन्दा धेरै सुँगुरको मासु उपभोग गर्ने चीनले अफ्रिकी स्वाइन फिभरले हालैका वर्षहरूमा धेरैको ज्यान लिएपछि यो अग्लो सुँगुर पाल्ने परियोजना कल्पना गरेको हो। यो मोडेल देशमा विकास गर्न चीन लालायित देखिन्छ । किनकि यस प्रकारका अन्य चार औद्योगिक फार्महरू तीस लाख भन्दा बढी सुँगुरहरूको कुल क्षमताको साथ एझोउमा योजना गरिएको छ ।

संरचना विलासितापूर्ण तरिकाले डिजाइन गरिएको छ । ति वातानुकूलित छन् । जाडो र गर्मीमा अनुकूलन गर्ने प्रणाली छ । प्रत्येक तल्लाको आफ्नै भेन्टिलेसन प्रणाली र दुर्गन्ध हटाउने प्रणाली छ। सुँगुरको फोहोरलाई फ्लशिङ शौचालय प्रणाली मार्फत निकालिनेछ ।

अझ गज्जबको कुरो के भने कार्यालय समयमा लिफ्ट चढेर कार्यालय छिर्दा मानिसले जसरि पर्खिन्छन् त्यस्तो भिड यो फार्मको लिफ्टमा हुने छैन । किनकि यस भवनको लिफ्टमा एक पटकमा ६० सुँगुर सजिलोसित अटाउँछन् ।

तपाइँको प्रतिक्रिया