शुक्रबार, वैशाख १४, २०८१

छठपर्वको रौनक

फोटो- बालकृष्ण आचार्य काठमाडौं / अरुणा आचार्य, बुटवल२०७९ कार्तिक १४ गते ०:५७

अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिँदै प्रत्येक बिहान सूर्योदय होओस् भन्ने कामना गर्न छठ पर्व मनाउने प्रचलन छ । अघिपछि उदाउँदो सूर्यको प्रार्थना गरिने भए पनि छठ पर्वमा अस्ताउँदो सूर्यको समेत प्रार्थना गर्ने चलन छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिमा यो पर्व मनाइन्छ । दिनभरि प्रकाश र ताप दिएकाले कृतज्ञता प्रकट गर्न सूर्य अस्ताउन लाग्दा पूजा गर्ने गरिएकोपनि बताइन्छ ।

किसानकालागि सूर्यको प्रकाश बरदान हो । त्यसैले उनीहरुले सूर्यको प्रकाश बिना खेतिपाती नचल्ने र खेतिपाति बिना जिवन नधानिने हुनाले क्रितज्ञता प्रकट गर्नपनि सूर्यको पूर्जा गर्छन् । पहिले तराईमा मनाईने छठ पर्व हाल काठमाडौं, पोखरा लगायत बिदेशका नेपाली समुदायलेपनि मनाउने गरेका छन् ।

 

तपाइँको प्रतिक्रिया