बिहीबार, चैत १५, २०८०

रुसको विद्युतीय केन्द्रमा आक्रमण गरेपछि युक्रेनको राजधानी अन्धकार

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक १४ गते १४:४९

युक्रेनको राजधानी किभ, फोटो- किभ टाईम, स्क्रीन सट

युक्रेनले रुसबाट ५० भन्दा बढी मिसाइल प्रहार गरेको र त्यसले विद्युतीय केन्द्रहरुमै निशाना लगाएपछि राजधानी किभ अन्धकार हुने जनाएको छ ।

युक्रेनले सोमबार बिहान रुसको तर्फबाट ५० भन्दा बढी क्रुज मिसाइलहरूद्वारा निशाना बनाएको बताएको छ । त्यसले गर्दा धेरै क्षेत्रहरूमा विद्युत कटौती भएको छ । किभका धेरै क्षेत्र अन्धकार बनेको युक्रेनको भनाई छ ।

“अक्टोबर ३१ मा विहान ७ बजेदेखि रूसी कब्जाकर्ताहरूले युक्रेनको महत्वपूर्ण पूर्वाधारमा धेरै क्षेप्यास्त्रद्वारा आक्रमणहरू गरे” युक्रेनी सेनाले टेलिग्राममा भन्यो “रूसबाट ५० भन्दा बढी एक्स-१०१ र एक्स-५५५ क्रूज मिसाइलहरू प्रक्षेपण गरिएको थियो” ।

बिहान ८:३८ बाट रुसद्वारा युक्रेनका उर्जा केन्द्रमा ‘बृहत् आक्रमण’ गरेकोपनि युक्रेनले बताएको छ ।

अधिकारीहरूले राजधानीमा बिजुली र पानी आपूर्ति कटौतीको घोषणा गरेपछि युक्रेनले सोमबार रुसलाई देशको ऊर्जा पूर्वाधारमा अर्को ठूलो आक्रमण गरेको आरोप लगाएका हुन् ।

युक्रेनका राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले भनेका छन्, “रुसी आतंककारीहरूले युक्रेनी क्षेत्रका धेरै ठाउँमा बिजुली प्रतिष्ठानहरूमा फेरि ठूलो हमला गरेका छन्।”

सोमबार बिहान रुसी आक्रमणले कीभका केही भागमा बिजुली र पानी अवरुद्ध भएको युक्रेनी राजधानीका मेयरले बताएका हुन् ।

“कीभको एक क्षेत्र बिजुली बिना र रुसी हमला पछि केहि क्षेत्रहरु पानी बिना भएका छन्,” भितालि किच्कोले टेलिग्राम सन्देशमा लेखेका छन् ।

युक्रेनको राजधानी कीभमा सोमबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको सहरमा रहेका रोयटर्सका साक्षीहरूले उल्लेख गरेका छन् । तिनका अनुसार उत्तरी, पूर्वी र मध्य युक्रेनका क्षेत्रीय अधिकारीहरूले पनि मिसाइल हमलाको रिपोर्ट गरेका थिए ।

“करिब १० विष्फोटपछि कीभको माथिबाट धुवाँ उठेको देख्न सकिन्छ” प्रत्यक्षदर्शीहरूले भनेको भन्दै फ्रंस २४ ले उल्लेख गरेको छ ।

क्रिमियाको पुलमा भएको विष्फोटको लागि कीभलाई दोष लगाएपछि रुसले हालैका हप्ताहरूमा युक्रेनमा क्षेप्यास्त्र आक्रमणलाई तीव्र पारेको छ।

युक्रेनको अनाज बाहिर पठाउन गूमार्गमा काम गर्दै फ्रान्स

फ्रान्सले युक्रेनलाई पोल्याण्ड वा रोमानिया मार्फत मृतसागरबाट नभई भूमि मार्गहरू मार्फत खाद्यान्न आपूर्तिहरू निर्यात गर्न अनुमति दिने दिशामा काम गरिरहेको फ्रान्सले बताएको छ ।

फ्रान्सेली कृषि मन्त्रीले सोमबार रूसले युक्रेनसँगको युद्धको बीचमा एउटा महत्त्वपूर्ण निर्यात सम्झौताबाट पछि हटेकोले उक्त निर्ण गर्नुपरेको बताए।

“यदि यो मृतसागरबाट जान सक्दैन भने ओभरल्याण्ड मार्गहरू मार्फत जान सक्छ कि भनेर हामी हेर्दैछौं । विशेष गरी रोमानिया र पोल्याण्ड हुँदै भूमि मार्गहरू मार्फत जानसक्छन् भन्ने लागेको छ,” कृषि मन्त्री मार्क फेस्नेउले आरएमसि रेडियोलाई भने।

तपाइँको प्रतिक्रिया

फेसबुक