शुक्रबार, वैशाख ७, २०८१

युरोपको खाध्य सम्पदा जलवायु परिवर्तनले खतरामा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक १४ गते १६:५६

फ्रान्सको विश्व प्रसिद्ध चिजदेखि इटालियन पार्मिगियानो र ग्रीक कालामाता ओलिभ्स लगायत दर्जनौं खाध्य सम्पदा जलवायु परिवर्तनको कारण संकटमा परेका छन् ।

वैज्ञानिकहरूले ५०० वर्षमा सबैभन्दा खराब मानेको यस वर्षको खडेरीले युरोपमा सबै प्रकारका बालीलाई क्षति पुर्याएको छ र युरोपको क्षेत्रीय विशेषताहरूको उत्पादनलाई खतरामा पारेको युरोपेली युनियनले बताएको छ ।

प्रोटेक्टेड डिजिनेसन अफ ओरिजिन (पीडीओ) र प्रोटेक्टेड जियोग्राफिकल इन्डिकेशन (पीजीआई) सामानहरू युरोपको खाद्य सम्पदाका हिस्सा हुन्। यही कारणले गर्दा युरोपेली संघले उनीहरूको सुरक्षाको लागि सटीक नियमहरू निर्धारण गरेको छ । विशिष्ट गुणस्तर मानक मापदण्डहरू सिर्जना गरेको छ ।

ईयु भित्र यी गुणस्तर लेबलहरू अन्तर्गत लगभग ३५०० उत्पादनहरू छन् । तर कठोर र बारम्बार रुपमा बदलिएको मौसमी घटनाहरूले उत्पादकहरूलाई परम्परागत व्यञ्जनहरू र प्रक्रियाहरूमा अडिग हुन गाह्रो बनाउँदै लगेको छ।

फ्रान्सका दुग्ध उत्पादकहरूको भनाईमा खडेरीले आफ्ना गाईको आहारको केन्द्रबिन्दु मानिने प्रेयरी घाँस सुकेकोले दुधको गुणस्तर घट्दा खाध्य सम्पदामा सूचिक्रित चिजपनि संकटमा परेको छ ।

धेरै उत्पादकहरूले मापदण्डहरू पूरा नगरे पनि स्वाद कायमा राखेकाले आकर्षक ईयु स्ट्याम्प प्रयोग गर्न छुट पाएको फ्रान्सको दुग्ध उत्पादक संघले जनाएको छ ।

फ्रान्स इटाली पछि लेबलसहित सबैभन्दा धेरै उत्पादनहरू भएको ईयु सदस्य राष्ट्रहरू मध्ये एक हो । ईटालीको पो उपत्यकामा अत्यधिक धेरै दुघ, मोजरेला र चिज उत्पादन हुन्छ । खेतमा सिँचाइ गर्ने नदीको पानीको स्तर ज्यादै न्युन स्तरले पर्मिगियानोको उत्पादनलाई असर गरेको छ।

विश्व प्रसिद्द ह्याम उत्पादन गरिने स्पेनको इबेरिको सुँगुरहरूको दाना सकिएको छ, र मूल्यहरू अझै बढ्ने अपेक्षा गरिएको छ। त्यसले गर्दा ह्यामको गुणस्तर र मात्रालाई घटाउने छ ।

सम्पूर्ण युरोपमा, यस वर्षको गर्मीको लहरले उत्पादकहरूलाई लेबलहरूको मापदण्डमा अडिग रहन गाह्रो बनाएको छ । जलवायुले कृषिमा बढ्दो प्रभाव पारेको छ । पहिले भन्दा बढी यी उत्पादकहरूले परिवर्तनसँग अनुकूलन गर्न सिक्नुपर्नेछ। ति उत्पादनका शर्तहरु पालना गर्नपनि कठिन हुनसक्ने देखिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक