बुधबार, वैशाख १२, २०८१

हलोवीन कहिले र किन मनाइन्छ ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक १५ गते ११:४५

हलोवीन अक्टोबर १ मा पश्चिमी क्रिश्चियन पर्व अल ह्यालोज डेको पूर्वसन्ध्यामा मनाइन्छ। हल्लोवे एन् शब्द स्कटिश रूपको अल हालोज ईभ (अल हालोज दिनको अघिल्लो साँझ) बाट आएको हो ।

हलोवीन एक पुरातन सेल्टिक उत्सव हो जुन युरोपेली देशहरू र अमेरिकामा बालीनाली काट्ने अन्तिम दिन मनाइन्छ । वर्षौंदेखि, हलोवीन भारतमा पनि एक लोकप्रिय उत्सव भएको छ। र फैलिंदै नेपालमा पनि पुगेको छ । अघिल्ला वर्षहरुमा खासै नसुनिएको हलोवीन यो वर्ष अलि बढीनै नक्कल गरेको देखिएको छ ।

हलोविनको रातमा मानिसहरू भोज गर्छन् । साँगै खानपिन गर्छन् । भूत, आत्माहरू, र अँध्यारो सँग जोडिएका जिवजिवात्मा, तन्त्रमन्त्रहरु उत्सव र पार्टीको लागि विषयवस्तु बन्छ । मानिसहरूले हलोवीन मनाउन कलात्मक किसिमले कुँदिएका, काटिएका, कोरिएका फर्सी भित्र बत्ती जडान गर्छन् । फर्सीको बत्ती बाल्छन् । डरलाग्दो, अडमिल्दो कार्टुब बनेजस्तो, रतौलीमा खेल्दा लगाउने झल्लरमल्लर निस्केका पोशाकहरू लगाउँछन् । रमाईलो, ठट्टा, रेला गर्छन् । हलोवीन उत्सव सबै साथीभाई, परिवारसँग मिलेर हाँसखेल गर्ने, भेटघाट गर्ने, भोजसोज गर्ने पर्व हो ।

किन मनाइन्छ हलोवीन ?

हलोवीन मूलतः एक सेल्टिक उत्सव थियो जसलाई साम्हेन भनिन्छ । अमेरिकामा भन्दा पहिले शताब्दीयौंदेखि आयरल्याण्ड र स्कटल्याण्डमा यो पर्व मनाइँदै आएको थियो ।

सामहेनले गर्मीको अन्त्य र जाडोको सुरुवातलाई संकेत गर्छ । सेल्ट (सेल्टिक भाषा समुदाय) हरूले मौसम परिवर्तनलाई संकेत गर्न आगाका धुनीहरु लगाउँथे । एक-अर्कालाई कथाहरू सुनाउँथे । तिनमा भूतप्रेत, बोक्सी, तर्साउने अन्य जिवका कथाहरु कहिन्थ्यो । पशुका अंगहरू पोशाकको रूपमा लगाउँछन् । जनावरहरूको बलि दिन्थे।

पछि गएर अन्तत : कस्तो परम्परा बस्यो भने पोमोना र फेरालियाको रोमन चाडहरूसँग मिल्न गयो वा मिश्रित गरियो जसमा मृतकको पूजा गरिन्छ । रूखहरू र फलहरूलाई देवीको रुपमा मनाइन्छ।

जब आयरिश र ब्रिटिश आप्रवासीहरू एट्लान्टिक समुद्र पार गरे त्यो बेला हलोवीन मनाउने परम्पराको अमेरिकामा बिउ रोपियो । त्यहि बेलादेखि अमेरिकीहरुले मनाउन शुरु गरेका हुन् हलोवीन ।

मानिसहरू किन हलोवीनमा अनौठा लुगा लगाउँछन् ?

मौलिक परम्परामा मानिसहरूले जनावरको छाला र टाउकोलाई भेशभूषाको रूपमा प्रयोग गर्थे । मृतात्मा, भुतप्रेतहरूलाई डराउन, तर्साउनको लागि त्यस्तो लुगा लगाइन्थ्यो । वस्ति, घर वरिपरि घुमफिर गर्ने आत्माहरूले मानिसहरूलाई अनौठो भेषमा देख्छन् र तिनीहरू पनि आत्माहरू हुन् भनी अनुमान गर्नेछन् भन्ने विश्वाश गरिन्थ्यो । अनेक खालका अनौठा वस्त्रमा देखेपछि भुतप्रेतले तिनीहरूलाई स्वतन्त्र हुन छोडिदिन्छन् भन्ने विश्वाश गरिन्थ्यो । आधुनिक समयका मानिसले पहिले भन्दा अलि कम डरलाग्दो तरिकाका लुगा लगाउन थालेका छन् । किनभने आधुनिक युगमा भुतप्रेतको विश्वाश त्रास कम हुँदै गएको छ ।

हलोवीनमा किन कुँदे फर्सी ?

हलोवीन परम्परागत रुपमै फर्सीलाई कलात्मक तरिकाले बिचबिचमा काटेर, दुल्का बनाएर, कलात्मक तरिकाले राख्ने गरिन्थ्यो । स्टिन्जी ज्याकको कथाले परम्परालाई प्रेरित गरेको उल्लेख गरेको पाइन्छ ।

उसले सैतानलाई फर्सीको पासोमा पारे । पछि ज्याकले आफूलाई नरकमा नलग्ने शर्तमा छोडिदिए उक्त शैतानलाई ।

तर जब ज्याकको मृत्यु भयो तब उसले थाहा पायो कि आफ्नो शैतानी व्यवहारको कारण स्वर्ग जान पाउनु त कल्पना बाहिरको कुरा हो । उसलाई पृथ्वीमा भूतको रूपमा सधैंभरि घुम्न निन्दा गरियो। उसले आफ्नो बाटो उज्यालो बनाउनको लागि शैतानद्वारा कुँदिएको फर्सीमा आफूलाई उपहार दिएको जलिरहेको कोइलाको एक थुप्रो बोके ।

जब आयरिश आप्रवासीहरूले ज्याक ओ’ल्यान्टर्नको विचार अमेरिकामा पुर्‍याए तिनीहरूले फर्सीहरू प्रयोग गर्न थाले । किनभने फर्सी शलगम (गाण्टेमूला) भन्दा सस्तो थियो । ठूलो हुनाले कुँदेर बत्ती जडान गर्न सजिलो थियो ।

तपाइँको प्रतिक्रिया