बुधबार, वैशाख १२, २०८१

अब फ्रान्समा शव बोक्न विशेष खाले साईकल

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक १५ गते २३:१६

अब फ्रान्सका सडकमा विशेष खाले डिब्बामा शव बोकेर साईकलहरु हिंड्ने भएका छन् ।

एउटा असामान्य देखिने साईकल ‘कार्गो बाइक’ ले फ्रान्समा अन्त्येष्टि व्यवसायलाई हल्लाउने प्रयास गरिरहेको छ ।

उनीहरुले यसलाई ‘कोर्बीसिक्लेत’ नामाकरण गरेका छन् । हिर्स (शब सुताउने डिब्बा) र साइकलका लागि फ्रान्सेली शब्दहरूलाई मिश्रण गरेर बनेको यो इसाबेल प्लुमेरोको दिमागको उपज हो ।

उनले पेरिसमा ‘द स्काई एन्ड द अर्थ’ नामक सानो अन्त्येष्टि गृह चलाउँदै आएकि छन् । उनको नयाँ कार्गो बाइक परम्परागत, मोटरद्वारा संचालित शब राख्ने डिब्बाको ठाउँमा पूर्ण आकारको शबहरू राख्न मिल्नेगरि डिजाइन गरिएको छ।

“कोर्बिसिक्लेत’ परिवारहरूको लागि एउटा नयाँ प्रस्ताव हो जुन म नयाँ सुविधाको प्रस्ताव गर्दै छु । यसबाट विशेष गरी चिहानघर सम्मै पुग्न सहज हुन्छ” प्लुमेरोले भनेकि छन् “यसले ढिलो, सुस्तरि, शान्त जुलुसको पछाडि हिड्ने मानिसहरूको पाइलाको लयमा गुडाउन अनुमति दिन्छ । जुलुस जुन गतिमा जहाँ जसरि हिंड्छ त्यहि अनुसार चलाउन सकिन्छ।”

इसाबेलको कम्पनीले अन्त्येष्टि उद्योगमा दिगो सिद्धान्तहरू एकीकृत गर्ने आशा राखेको छ ।

यसैसित मिल्ने खाले कोर्बिसिक्लेत यस अघि अमेरिका र डेनमार्कलेपनि चलाएका थिए ।

यो साईकल दुई मिटर लामो हुने छ । यसलाई बुद्युतीय सुविधाले चलाउन सकिन्छ जसले गर्दा उकालो सडकमापनि सजिलै लान सकिन्छ । यो कार्गो बाइक फ्रान्समा पहिलो हुनेछ र यसका सेवाहरू अबको शरद ऋतुबाट उपलब्ध हुने छ ।

तपाइँको प्रतिक्रिया